काठमाडौं, असोज ३–
नेपाली बजामा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतिताला २ सय रुपैयाँ घटेको थियो ।
आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ३ सय र तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेपछि भने सुनको भाउ घट्दै गएको हो ।
आज बजामा चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ७ सय ६० रुपैयाँ छ ।
प्राप्त प्रतिकृयाहरू