समाचार / अर्थ

‘स्विफ्ट ह्याक’ भएको ९० प्रतिशतभन्दा बढी रकम फिर्ता

कार्तिक ८ २०७४     .
Nepal rastra bank.

काठमाडौं । ‘स्विफ्ट ह्याक’ भएको आशंका गरि बाहिरिएको अधिकांश रकम फिर्ता भएको बताइएको छ । राष्ट्र बैंकले अधिकांश रकम फिर्ता भएको जनाएको छ ।

बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले ९० प्रतिशतभन्दा बढी रकम फिर्ता भएको जानकारी दिए । उनका अनुसार ४० करोड रुपैयाँभन्दा बढी ‘स्फ्टि ह्याक’ भएको अनुमान गरिएको छ । 

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक’ गरेर करिब ४० करोड रकम बाहिरिएको अनुमान गरिएको थियो । त्यसमध्ये ९० प्रतिशत रकम फिर्ता भैसकेको राष्ट्रबैंकले जनाएको छ ।

 
कारोबार प्रणाली नै ह्याक गरेर रकम अन्यत्रै स्थानान्तरण गरिएको थियो । यस विषयमा राष्ट्र बैंकले अनुसन्धान जारी राखेको जनाएको छ । त्यस्तै एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बाहिर बजारमा आएजस्तो समस्या बैंकमा नभएको बताए । उनले स्विफ्ट (अन्तर्राष्ट्रिय कारोबार गर्न बैंकहरुले अपनाउने एक सफ्टवेयर) ह्याक भएको आशंका मात्र गरिएको बताए । “आशंका गरिएको सबै रकम आइसकेको छ,” उनले भने “एक रुपैयाँ पनि तलमाथि भएको छैन ।”


एनआईसी बैंकका अनुसार क्रस बोर्डर ट्रान्सफर (अन्तर्राष्ट्रिय कारोबार) मा समस्या देखिएका कारण आइतबार सर्भर डाउन गरिएको थियो भने सोमबारबाट सञ्चालन आएको थियो ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top