समाचार / अर्थ

पेट्रोलियम व्यवसायी पुन आन्दोलनको तयारीमा

कार्तिक १२ २०७४     .
Petrol


माग पुरा नभए बुधबारबाट लोड अनलोड ठप्प पार्ने चेतावनी

काठमाडौं, कात्तिक १२

पटक पटक आन्दोलन गर्दै आएका पेट्रोलियम ब्यवसायी पुन आन्दोलनमा उत्रिने तयारी गर्दैछन् । कहिले के माग त कहिले के माग ते¥साउदै आन्दोलन गरिरहेका नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुन २ बुदे माग अघि सारेका छन् ।

महासंघले खारेज गरिएको ट्याङकर पुन सञ्चालनमा आएकाले ति ट्याङ्करलाई तत्काल खारेज गर्नुपर्ने र ढुवानी नियमावली पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग सरकारसमक्ष राखेको छ । सरकारले आफ्ना दुई सूत्रिय माग पूरा नगरे आगामी बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड नगर्ने चेतावनी दिएको छ । महासंघका दुई सूत्रिय माग सरकारले पूरा नगरे बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड अनिश्चितकालागि बन्द गरिने महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताउनुभयो । उहाँका अनुसार सरकारले बिगतमा खारेज गरेका ट्याङकर हाल पुनस् सञ्चालनमा आएपनि कारबाहीमा बेवास्ता गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top