समाचार / अर्थ

टुरिजम् डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल गाभिने पक्का, स्वाप रेसियो ९५ बराबर १०० हुने

कार्तिक १२ २०७४     .

   
काठमाडौं। टुरिजम् डेभलपमेन्ट बैंकले मेगा बैंक नेपालसँग गाभिन मंसिर ४ गते सातौ वार्षिक साधारणसभा बोलाएको छ। टुरिजम् डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभ्ने प्रयोजनकालागि तयार पारिएको सम्पत्ती तथा दायित्व मुल्याङकन (डिडिए) रिपोर्ट अनुसार कायम भएको स्वाप रेसियो ९५ बराबर १०० तय गरेको बताइएको छ।

यसका आधारमा प्रतिशेयर रकम एक सय रुपैयाँको टुरिजम् डेभलपमेन्ट बैंकको ०.९५ कित्ता बराबर मेगा बैंकको एक सय हुने तय भएको छ।
साधारणसभाले मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिने संझौतालार्इ समेत अनुमोदन गर्ने छ।

बैंकले साधारणसभा प्रयोजनकालागि कार्तिक १९ गते एक दिन करोबार रोक्का हुने जनाएको छ। तर बैंकको दोस्रो बजारमा २०७३ माघ ७ गते देखि  नै कारोबार भएको छैन।

बैंकको संचालक समितिले १५ करोड ५८ लाख रुपैयाँको बोनस शेयर प्रस्ताव गरेको छ। त्यस्तै साधारणसभाले बैंकसँग गाभिएका साविकका मातृभूमि विकास बैंकले प्रस्ताव गरेको ७४ लाख ६२ हजार रुपैयाँ, कालिन्चोक डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको ७८ लाख रुपैयाँ  गरी जम्मा १७ करोड १० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top