समाचार / अर्थ

डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

कार्तिक १५ २०७४     .
Pump

 


 काठमाडौं,कात्तिक १५  । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टतिेल ग्यासको मूलय बढाएइको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।


यस्तै डिजेल र मटितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा पर्ने प्रवक्ता गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।

त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ ।

निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।

0 प्रतिकृयाहरू प्राप्त

To Top