काठमाडौं बैशाख १,
सरकारले आर्थिक वर्ष २०७५ /०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद्ले प्रम केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रम नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।
सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले व्यक्त गरेको जानकारी दिएका छन् ।
प्राप्त प्रतिकृयाहरू