काठमाडौं साउन ३०,
अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल भारतको खाद्य उत्पादक कम्पनी ब्रिटानिया इन्डस्ट्रिज लिमिटेडले नेपालमा पनि लगानी गर्ने भएको छ।भारतका अग्रणी कम्पनीमध्ये एक ब्रिटानियाले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा यस्तो घोषणा गरेको हो।
इन्डस्ट्रिजका अन्तरष्ट्रिय व्यापार उपाध्यक्ष अनिन्द्रय दत्तले एक कार्यक्रमका बीच नेपालमा लगानीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए।सन् १९१८ मा स्थापना भएको ब्रिटानियाले आगामी एक वर्ष भित्र नेपालमा पनि आफ्नो उत्पादन सुरु गर्ने जनाएको छ।सय वर्ष पुरानो विरासत भएको ब्रिटानियाको उपस्थिति विश्वका ६० भन्दा बढी देशमा छ। ब्रिटानिया सबैभन्दा विश्वासिलो खाद्य ब्रान्डमध्ये एक मानिन्छ। ब्रिटानिया नेपाली बजारको पनि प्रमुख बान्ड हो।
यसले उत्पादन गर्दै आएका ब्रान्डहरू गुड डे, टाइगर, न्युट्रिच्वाइस, मिल्क विकिस र मारी गोल्ड लोकप्रिय छन्। यस्तै यसले बिस्कुट, ब्रेड, केक, रस्क, चिज, दूध, दहीजस्ता दुग्धजन्य पनि उत्पादनहरू पनि गर्ने गर्छ। यसले वर्षमा १ खर्ब ५१ करोड ३६ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गर्छ।
ब्रिटानियाका उद्योग युएई र ओमानमा पनि छन्। युएईमा दोस्रो ठूलो र अन्य खाडी देशहरूमा पनि ब्रिटानियाको उपस्थिति उस्तै छ।भविष्यमा ब्रिटानियाले अफ्रिका र दक्षिण पुर्व एशियामा स्थानीय उत्पादन गर्ने लक्ष्य लिएको छ।ब्रिटानियाले आफ्नो प्रमुख ब्रान्ड गुड डे को टेलिभिजन विज्ञापनमा चर्चित नेपाली नायिका प्रियंका कार्कीलाइ ब्रान्ड दूतको रूपमा प्रस्तुत गरेको छ।
प्राप्त प्रतिकृयाहरू