काठमाडौं,चैत्र ११
संवैधानिक परिषदले दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।
आइतबारदेखि प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले उमेर हदका कारण अवकास पाएपछि सरकारले थपलियालाई पठाउन लागेको हो । आइतबार आयोगबाट आयुक्त इला शर्माले समेत अवकास पाएकी छिन् ।
त्यस्तै परिषदले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरेको छ । दुवै जनालाई संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुनेछ ।
प्राप्त प्रतिकृयाहरू