सुरक्षा वन्दोवस्तीमा प्रश्नः कसरी देखाए कालोझण्डा

राजनीति बैशाख ७ २०७६ ekhabarnepal
1633042288black flag for pm.3

बुटवल, बैशाख ७

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो बुटवलस्थित कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालीकको अनावरण गरिसकेपछिको विशेष समारोहलाई सम्वोधन गर्दै गर्दा एक युवाले कालो झण्डा देखाए । 
 ओलीले बोल्न सुरु गरेको ३ मिनेट नहुदै सुरक्षाकर्मीको घेरा ताड्दै अर्धाखाचीका रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा गएर कालोझण्डा देखाएका थिए । ‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै  घिमिरेले कालो झण्डा केहीबेर देखाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सञ्चाकर्मीलाई समेत सुरक्षाजाँच गरी कार्यक्रमस्थलमा जान दिईएकोमा बिभिन्न तहको सुरक्षा घेरा तोडी मञ्च अगाडी पुगेर करिव एक मिनेट घिमिरेले कसरी कालो झण्डा देखाउन सके भन्ने प्रश्न यो प्रकरणले उठाएको छ । उनले कालो झण्डा देखाईरहदा  केहीबेर उनलाई कसैले रोकेको थिएन ।   बिशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पुर्ण कदको शालीकको अनावरण गरी त्यही नजिकै  राखिएको बिशाल राष्टिय झण्डाको झण्डोलोत्तन गर्नु भएको छ ।
बिशेष समारोहमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव बिष्णु पौडेल, काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सभासद् घनश्याम भुसाल लगायत प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top