बलबहादुर आचार्य
१.पृष्ठभूमि ः
संसारका हरेक बस्तुहरु परिवर्तित हुन्छन् । मेलै यो लेख लेख्न शुरु गरेको बेलादेखि हालसम्ममा संसारमा करोडौ स्थानमा परिवर्तन भइसकेकोछ । संसारमा धेरै दार्शनिकहरुले यस विषयमा लेखेका र भनेका होलान तर मैले बुद्धको जीवनी र माक्र्सवादी ग्रन्थमा यो कुरा भेट्रटाएको छु कि संसारको हरेक क्षण परिवर्तनशील छ र संसारका हरेका बस्तुहरु पनि परिवर्तित छन् तर हामीले यसलाई गहिरो गरी हेर्ने र विश्लेषण गर्ने कार्यमा हामी सामन्य अवस्थामा त्यति लागेका हुदैनौ ।
समाज विकासको इतिहासलाई हेर्दा समाज पनि निरन्तर रुपमा परिवर्तित भई रकेकोछ । हामीले विगतको हाम्रो समाजलाई नियालेर हेर्यो भने उत्पादनका हिसावले मोटामोटी रुपमा समाजलाई जंगली अवस्था, कृषि अवस्था र अहिलेको औधोगिक समाजको रुपमा पाइन्छ भने युगिन रुपले समाजलाई विश्लेषण गर्दा विश्व समाजलाई ६ वटा युगमा विभाजन गर्न सकिन्छ । पहिलो मानव समाजको रुपमा आजभन्दा ४० लाख वर्ष पहिलेको जंगलमा बस्ने पिछडिएको आदीम साम्यवादी युग जाहाँ कुनै भेदभाव तेरोमेरो भन्ने व्यक्तिवादी अवस्था थिएन । यो युग मानव समाज विकासकोे प्रारम्भिक चरण र अति लामो समय रहेको युग हो भने मानव सभ्यताको हिसावले पनि प्रारम्भिक अवस्था हो । यस युगलाई पनि ७ वटा उपचरणमा विभाजित गरेर हेर्ने गरिन्छ । त्यस पछिको आजभन्दा १० हजार वर्ष पहिलाको मालिक तथा दासहरु भएको वर्वर दास युगीन समाज । यो समाज पनि विस्तारै रुपान्तरण हुदै कृषिमा आधारित सामन्ती समाजमा विकास भयो । कृषिको उत्पादकत्व विकास गर्नका लागि र मानिसले आफ्नो आवश्यकताका साधनहरुको विकासको चरणसंगै समाजमा कलकारखानाहरुको विकास भयो । आज भन्दा करिव २३२ वर्ष पहिले फ्रान्सेली राज्य क्रान्ति पछि समाज पूँजीवादी युगमा प्रवेश गरेको मानिन्छ । जव यस पूँजीवादी युगमा चरम शोषण तथा अत्याचारहरु बढदै गए त्यसको विरोध स्वरुप माक्र्स ऐगेल्सको अगुवाईमा समाजवादी सोच सहित समाजवादी समाजको परिकल्पना भयो । यस समाजवादी सोच तथा विचारको रुसमा लेनिनले सन् १९१७ मा प्रयोग गरी कम्युनिष्ट शासनको शुरुवात गरेका थिए । यसै समयलाई हामीले विश्वमा समाजवादी युगको शूरुवातको रुपमा लिएकाछौं । जव बिश्वका सवै देशहरुमा समाजवाद लागु हुन्छ तव फेरी समाज एउटा उन्नत, समृद्ध र भेदभावरहित साम्यवादी समाजमा पुग्नेछ भन्ने माक्र्सको कल्पना रहेकोछ । अहिले विश्वमा कतिपय समाजहरु सभ्य र शून्दर हुदै गएकोले सुदुर भविश्यमा यस्तो समाजको निर्माणको संभावना देखिदै पनि गएको छ ।
हामीले हाम्रो नेपाली समाजलाई नियालेर हेर्यौ भने यतिवेला नेपाली समाज युगिन रुपले सामन्ती समाजको अन्त्य तिर र विकासवान पँुजीवादी समाजको अवस्थामा रहेको छ माक्र्सवादका अनुसार कुनै पनि बस्तु रुपान्तरण हुँदा बस्तु पूर्ण रुपमा नष्ट र पूर्ण रुपमा नयाँ हुदैन । कुनै पनि बस्तुमा रुपान्तरण हुँदा उक्त बस्तुका काम नलाग्ने केही पक्ष लोप भएर जान्छन केही निरन्तरताका पक्षहरु हुन्छन् जो दुवैलाई जोडने संयोजक तत्वको रुपमा रहेको हुन्छ भने केही नयाँ परिस्थितिलाई संम्बोधन गर्ने नवीनतम पक्षहरु हुन्छन् जसले नयाँ परिस्थितिको नेतृत्व गर्दछन् । माक्र्सवादको यो रुपान्तरणको सार्वभौम नियम समाजको रुपान्तरणमा पनि लागु हुन्छ । अव हामीले यो नेपालको पूँजीवादी समाजलाई यहाँका संपूर्ण साधन श्रोतहरुलाई समुचित रुपमा परिचालन गरी एउटा विकसीत पूँजीवादी समाजमा रुपान्तरण गर्नु हाम्रो कन्द्रिय कार्यभार हो । यसरी हामीले निर्माण गर्ने पुँजीवादी समाजको आधार तथा गन्तव्य भने बैज्ञानिक समाजवादी समाज तर्फ उन्मुख भएको हुनेछ । अथवा हामीले निर्माण गर्ने पूँजीवादी समाजमा समाजवादका आधारहरु समेत रहनेछन् जसलाई हामीले विगतमा पूँजीवादी जनवादीसमाजको रुपमा व्याख्या गरेका थियौं ।
२.वर्तमान नेपाली समाजको अवस्था ः
यतिबेला नेपालको राजनीतिक आन्दोलनले एउटा उचाइ प्राप्त गरेको छ विगतका आन्दोलनहरुले सामन्ति समाजको राजनैतिक पक्षलाई संबैधानिक रुपमा अन्त्य गरेकोछ । यसका विकृत सामाजिक तथा साँस्कृतिक पक्षहरु भने रुपान्तरण गर्न बाँकी नै छन् ।
नेपाली समाज यतिबेला सक्रमणकालिन पुँजीवादी युगमा हिडीरहेकोछ । कुन विचारको दलले सरकारको नेतृत्व गर्दछ सोही अनुसार नेपाली समाज अगाडी बढ्दछ । यतिवेला नेपाल सरकारमा कम्युनिष्ट पार्टीको नेतृत्व भएकोले यस सरकारले नेपाली समाजलाई समाजवाद उन्मुख अर्थव्यवस्था हुदै बैज्ञानिक समाजवादी समाज तर्फ डोर्याउन लक्ष्य तय गरेकोछ ।
३.नेपाली समाज रुपान्तरणका समस्या तथा चुनौतीहरु ः
नेपाल यतिबेला नेपाल इतिहासको ज्यादै महत्वपूर्ण मोडमा उभिएकोछ । अझै पनि नेपाली समाज सक्रमणकालवाट माथि उठन सकेको छैन् । हामीले यो समाजका अन्तरविरोधहरुलाई ठिक किसिमले व्यवस्थापन गर्न सक्यौ भने यस समाजले छोटो समयमा ज्यादै ठुलो फड्को मार्नेछ भने मुस्किलले अगाडी बढाउनु पर्ने परिस्थिति रह्यो भने हिज भन्दा विकासका कार्यहरु केही सुस्त गतिमा अगाडी बढ्नेछ र यदि हामीले वर्तमान अवस्थाका चुनौतीहरुलाई सामना गर्न सकेनौ भने यो नेपाली समाज फेरी विकासको भुमरीमा नाँची रहनेछ । अहिले नेपाली समाजको आमूल रुपान्तरणमा देखिएका चुनौतीहरु यस प्रकार रहेकोछ भन्ने मलाई लागेको छ ।
४.नेपाली समाज रुपान्तरणमा संभावनाहरु ः
नेपाली समाजका अन्तरविरोधहरुको ठिक किसिमले पहिचान र परिचालन गर्न सकियो भने यो नेपालको इतिहासको ज्यादै स्र्विर्णम अवस्था हो । नेपालीहरुको बलिदान र नेपालको राजनीतिक पार्टी तथा यसको नेतृत्वको कारण विगतमा हामीले गर्न सकिदैन कि भनेका धेरै कार्यहरु सफलताकासाथ सम्पन्न गरेकाछौं । विगतमा राणा शासनको बारेमा बोल्नु भनेको ज्यानको बाजी लगाउनु हुन्थ्यो र त्यस अवस्थामा नेपालवाट राणा शासनको अन्त्यका बारेमा सोच्नु ज्यादै ठूलो विषय थियो तर नेपाल आमाका केही सपुतहरुको अगुवाइ र नेपाली जनताको सहभागीतामा नेपालवाट राणा शासनको अन्त्य भयो । पंचायती शासनकालमा पनि पंचायत र राजातन्त्रको विरोध गर्नु पाहाडलाई कुहिनोले भत्काउनु जस्तै हो भन्ने भनाई हाम्रो समाजमा थियो त्यस समयलाई पनि नेपालका राजनैतिक दल र जनताको बलिदानीपूर्ण आन्दोलनले परास्त गर्यो र राजासहितको बहुदलीय शासन प्रणाली लागु भयो । जव यस व्यवस्थामा पनि राजाले जनताको अधिकारमाथि कुठाराघात गरी एकलौटी शासन चलाउन थाले त्यसबेला जनताको शान्तिपूर्ण र शसस्त्र संघर्षको संयूक्त अभियानले नेपालमा राजतन्त्रको समूल रुपमा अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुन पुग्यो । यसरी नेपालमा जव जव नेपाली समाजको रुपान्तरणको कुरा आउछ तव तव यसका विरोधी तत्वहरुले नेपाली जनतामा अविश्वासी र भ्रमपूर्ण संदेशहरु पुर्याउने र केही समयका लागी अन्यौल र अस्थिरता श्रृजना गर्ने गरेकाछन् तर नेपालका राजनीतिक दलहरुको सुझबुझपूर्ण नेतृत्वले समाजलाई एउटा ठिक दिशामा अगाडी बढाउदै आएकोले अव समृद्ध नेपाल र सुखि जनताको लक्ष्य पनि पुरा हुनेछ । माथि उल्लेखित चुनौतीहरुलाई ठिक किसिमवाट व्यवस्थापन गर्न सकिएमा नेपाल एउटा समृद्ध राष्ट्रको रुपमा अगाडी आउने कुरामा दुइमत नहोला । तसर्थ बर्तमान अवस्था नेपाली समाजलाई अहिलेको सरकारले ठिक किसिमवाट संचालन गर्दा निम्न लिखित संभावनाहरु रहेको देखिन्छ ।
५.निश्कर्ष ः
हामीले विगतका आन्दोलनहरुवाट प्राप्त गरेका उपलव्धिहरुको रक्षा र विकास गर्दै हामीसंग भएको साधन श्रोतहरुको अत्यधिक रुपमा सदुपयोग गरेर मात्र हामीले हाम्रो देशलाई विकासको बाटोमा अगाडी डोर्याउन सक्नेछौं । दलाल पूजीवादका विरुद्ध व्यापका रुपमा औधोगिकरण गर्ने र राष्टलाई आत्मनिर्भर बनाउदै नोकरशाही पूँजीवादका विरुद्ध सुशासन कायम गर्न दृढताको साथमा उभिन आवश्यकछ । समृद्ध नेपाल सुखि नेपालीको सपना पुरा गर्नका लागि अव नेकपाका नेता तथा कार्यकर्ताहरुले आआफ्नो कार्यक्षेत्रमा इमानदार, प्रतिबद्ध र अगुवा भई लाग्नु पर्ने अवस्था रहेकोछ भने नेतृत्व तथा कार्यकर्ताहरु समाजवादी सोच तथा कार्यशैलीमा रुपान्तरण भई अनुशाशित, एकताबद्ध हुदै समाजवाद निर्माणको अभियानमा आफु पनि स्वयम उदाहरणीय रुपमा जनताको वीचमा स्थापित बन्दै लाग्न आवश्यकछ । यसो भयो भने मात्र नेपाली जनताले बिगतका आन्दोलनमा हाम्रो आव्हानलाई आत्मसाथ गर्दै बलिदानी भावनाले लागेको कार्यको मुल्याकन हुनेछ । यो नै यतिबेला नेपालको राजनीतिको बर्तमान अवस्थाको चूनौती र संभावना हो भने इतिहासले हाम्रा काँधमा सुम्पिएको गहन जिम्मेवारी पनि हो ।
प्राप्त प्रतिकृयाहरू