काठमाडौँ,भाद्र १६
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन्।
गौतम र पौडेल मंगलबार सिंगापुरतर्फ उड्ने भएका हुन्।
नेकपा स्रोतका अनुसार नेकपाभित्रको आन्तरिक राजनीति गर्माइरहेका बेला गौतम र पौडेल सिंगापुर जाने भएका हुन्।
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओली शुक्रबार फर्किने बताइएको छ।
प्राप्त प्रतिकृयाहरू