क्यालिफोर्निया÷अमेरिका, कार्तिक ३
क्यालिफोर्नियाको युकिहामा रहेको टेन थाउजेंड बुद्व टेम्पलमा बुद्व उत्तरी भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । बुद्व भारतमा जन्मिएका हुन् भनेर गरिएको प्रचार देखेर हरेक नेपालीका मन कुँडिएर आउँछ । यस्तै मन कुँडिएर थाम्न नसकेपछि बुद्व नेपाल पिस फÞाउंडेशनको रोड सहकार्यमा सो कुरालाई सच्चाउनका लागि अनुरोध गरिएकोे छ ।
लामो समय देखि सो मंदिरको म्यूजियिममा बुद्व, उत्तर भारतमा जन्मेका हुन् भन्ने वाक्यांश देखेपछि उत्तरी कयालिफोर्नियाको यो संस्थाले अमेरिका भ्रमणमा रहेका पत्रकार चेतन पंत संगको सहकार्यमा मन्दिरका प्रशासक जोन चिउसंग सच्चाउन अनुरोध गरेका हुन् । उक्त संस्थाका अध्यक्ष चिनकाजी र सल्लाहकार डा.टिका लंम्साल हुनुहुन्छ ।
बुद्व नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने वाक्यांश राख्नुपर्छ भनेर मंदिरका प्रशासक चिउलाई अनुरोध गरिएको छ । सो अवसरमा मायादेवी मंदिर को पोष्टर र लुम्बिनीको महत्वसम्वन्धी उल्लेखित पुस्तकसमेत प्रदान गरियो !
मंदिरका प्रशासक जोन चिउले यसलाई सच्चाउनेबारे समितिमा कुरा राख्ने र पहल गर्ने बताएका छन् ।
१० हजÞार स—साना बुद्वको मूर्ति राखिएको हुनाले सो मंन्दिरको नाम “टेन थाउजेंड बुद्व टेंम्पल”राखिएको हो । मंदिर सन् १९७६ देखि संचालित छ । यहाँ दैनिक सयौको संख्यामा पर्यटक आउने गर्छन् ।
मंन्दिर प्रशासक जोन चिउले ‘आफुहरुले अन्य मंन्दिरमा लेखिएको आधारमा यो वाक्यांश लेखेको र सच्चाउनेबारे समितिमा कुरा राखेर पहल गर्ने वताउनुभयो । उहाँले मायादेवी मंन्दिरको फोटोलाई स—सम्मान म्युजÞियममा राखिने बताउनुभयो ।
प्राप्त प्रतिकृयाहरू