पोखरा,कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।
भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन्। पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते रविन्द्र अधिकारीको हेलिकप्ट दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्यको समेत चर्चा थियो।
भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोश्रो पार्टी बनेको छ। गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो।
कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
प्राप्त प्रतिकृयाहरू