काठमाडौं,कात्तिक २०
नेपाली भूमिलाई मिचेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा सत्तारुढ नेकपाको भातृ संगठन अखिल सडकमा उत्रेको छ ।
नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभागमा पारेर भारतले नक्सा सार्वजनिक गरेको विरोधमा अखिलले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो ।
काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट शुरू भएको जुलुस रत्नपार्कमा गएर कोणसभामा परिणत भएको हो । सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरा, सहसंयोजक रञ्जित तामाङ लगायतले नेपाली भूमि फिर्ता नभए सडक आन्दोलन तताउने चेतावनी दिए ।
विद्यार्थीले ‘गो ब्याक इण्डिया’को नारा लगाएका थिए । नेपाली भूमि मिचिएकोमा बुधवार नै भक्तपुरमा नेमकिपाले प्रदर्शन गरेको छ ।
यसैबीच, नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा बुधवार धनगढीमा प्रदर्शन भएको छ ।
सत्तारुढ दल नेकपा सम्वद्ध युवा संघ र विद्यार्थी संगठनले धनगढीमा ‘गो ब्याक इन्डिया’को प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा युवाले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।
प्राप्त प्रतिकृयाहरू