बुटवल,कात्तिक,२५ । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १० अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।
प्राप्त प्रतिकृयाहरू