काठमाडौं, मंसिर १०
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि चिकित्सकहरूले आजै शल्यक्रिया गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको हो।
ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ।
यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन्।
प्राप्त प्रतिकृयाहरू