काठमाडौं, पुष १८
नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो ।


प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कपिलवस्तु सहइन्चार्ज बिमला घिमिरे र ५ नं. प्रदेश कमिटीका कार्यालय सदस्य गोपाल भट्टराईलाई हुनुहुन्छ।
घोषित उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना उम्मेदवार बन्नुभएको छ । १८ सदस्यीय सिटका लागि हुने निर्वाचनमा नेकपाले १६ उम्मेदवारमात्र चयन गरेको छ । पूर्व सहमति अनुसार प्रदेश–२ मा राजपासँग चुनावी तालमेल गरेकाले त्यहा दुई सिट छाडेको छ ।
प्रदेश नम्बर १
इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश नम्बर २
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश नम्बर ३
गंगा वेल्वासे (महिला)
डा. वेदुराम भुषाल (अन्य)
गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)
कर्णाली प्रदेश
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)
सुदूरपश्चिम प्रदेश
तारामान स्वार (अन्य)
शारदा भटट (महिला)
प्राप्त प्रतिकृयाहरू