काठमाडाैंपुस १८, २०७६
सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ ।

उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् ।
सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ ।
त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने लगायतका बुँदा उल्लेख गरिएका छन् ।
एक सातादेखि काठमाडौँमा आन्दोलन गरिरहेका किसानहरू सहमतिसँगै खुसी देखिएका छन् ।
प्राप्त प्रतिकृयाहरू