न्युयोर्क,पुस २३
बुटवल निवासी हाल न्युयोर्कमा वसोवास गर्दै आउनुभएका पुरुषोत्तम पन्थीलाई पुत्र शोक परेको छ ।
न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्र्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको हो ।
मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारकै क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको थियो ।
न्युयोर्कमा सामाजिक व्यक्तित्वको रुपमा स्थापित लाइन्स क्लब अफ क्वीन्स् नेपलिजका अध्यक्ष तथा क्वीन्स् लाइब्रेरी बोर्डका सदस्य पुरुषोत्तम पन्थी नेपालमा प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो ।
प्राप्त प्रतिकृयाहरू