चैत्र १ २०७५ ekhabarnepal
क्राइस्टचर्च न्युजिल्याण्ड फागुन १, न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइ...
फागुन ३० २०७५ ekhabarnepal
काठमाडौ फागुन ३०, अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । एयरलाइन्सको विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सवै उडान ततकालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्...
फागुन २८ २०७५ ekhabarnepal
सिंगापुर फागुन २८, सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घ...
फागुन २८ २०७५ ekhabarnepal
काबुल फागुन २८, अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै सङ्ख्यामा सशस...
फागुन २७ २०७५ ekhabarnepal
वासिङटन-स्वीट्जरल्यान्ड लगातार तेस्रो वर्षमा विश्वकै उत्कृष्ट मुलुक भएको यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टले जनाएको छ । २० हजार भन्दा बढी सहभागीमा गरिएको सर्भेका आधारमा प्रकाशनले यो वार्षिक निश्कर्ष निकालेको हो ।३६ मुलुकका व्यवसायीक नेतृत्व र नागरिकले ८० मुलुकको मूल्यांकन गरेको आधारमा यो निश्कर्ष निकालिएको हो । यसमा जीवनको गुणस्तर, आर्थिक प्रभाव, ...
फागुन २६ २०७५ ekhabarnepal
एजेन्सी फागुन २६, भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ ।भारतको संविधान ...
फागुन २६ २०७५ ekhabarnepal
वार्सा फागुन २६, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ । वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो । युरोपमा रक्ष...
फागुन २६ २०७५ ekhabarnepal
एजेन्सी फागुन २६, मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार...
फागुन २३ २०७५ ekhabarnepal
वासिङटन फागुन २३, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेताव...
फागुन २३ २०७५ ekhabarnepal
नयाँ दिल्ली फागुन २३, भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन्...
फागुन २२ २०७५ ekhabarnepal
एजेन्सी फागुन २२, भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उहाँले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा...
फागुन २१ २०७५ ekhabarnepal
वाशिङ्टन फागुन २१, अमेरिकाले भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अन्त्य गर्ने भएको छ । सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न असफल भएको जनाएका छन् । भारतले भने अमेरिकाको कदमले आफ्नो ...
फागुन २१ २०७५ ekhabarnepal
नयाँ दिल्ली फागुन २१, विश्वका सर्वाधिक प्रदूषित वायु भएका १० सहरमा भारतका ७ परेका छन् । यो भन्दा पहिले धुवाले भरिएको उपाधी पाएका चिनियाँ सहरहरुले भने सुधार गरेका छन् । नयाँ दिल्ली नजिकै रहेको गुरुग्राम विश्वकै सर्वाधिक प्रदूषित सहर भएको ग्रिनपिस र एयर भिजुयलले जनाएका छन् । यो सहरमा २०१८ मा औसत वायुको गुणस्तर सूचक १३५.८ रहेको थियो । यो गुणस्त...
फागुन २० २०७५ ekhabarnepal
अलाबामा,अमेरिका,फागुन २०, अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे ज...
फागुन २० २०७५ ekhabarnepal
एजेन्सी फागुन २०, फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँले भन्नुभयो, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ । ‘कन्जरभेटिभ ...
फागुन १९ २०७५ ekhabarnepal
काबुल फागुन १९, मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको...
फागुन १६ २०७५ ekhabarnepal
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै...
फागुन १६ २०७५ ekhabarnepal
बीबीसी अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ। गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन।...
फागुन १६ २०७५ ekhabarnepal
बीबीसी भारतले आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ। पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ। उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण...फागुन १५ २०७५ ekhabarnepal
काठमाडौं फागुन १५, पाकिस्तानी सेनाले आफ्नो भूमिका प्रवेश गरेका दुई भारतीय वाुयूसेना विमान खसालेको दावी गरेको छ । नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको र एक पाइलटलाई पक्राउ गरेको पाकिस्तानी सेनाले बताएको छ । नियन्त्रण रेखा पार गरेका दुई भारतीय सेनाको जहाज मध्ये एउटा पाकिस्तान नियन्त्रणत्रित कश्मिरम...
फागुन १५ २०७५ ekhabarnepal
बग्दाद फागुन १५, इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ । इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्र...
फागुन १४ २०७५ ekhabarnepal
ढाका फागुन १४, बंगलादेशको बिमान अपहरणको प्रयास गर्ने व्यक्तिसँग खेलौना बन्दुक मात्रै भएको खुलासा भएको छ । २५ वर्षीय व्यक्तिलाई प्रहरीले गोली प्रहार गर्दा निजको मृत्यु भइसकेको छ । बीरमान एयरलाइन्सको उडान नम्बर बीजी १४७ मा १४८ जना यात्रु रहेका थिए । सो बिमानलाई चटगाउँमा सफलतापूर्वक अवतरण गरिएको थियो । अधिकारीहरुले सो व्यक्ति मानसिक रुपले अ...
फागुन १४ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १३, भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्व...
फागुन १२ २०७५ ekhabarnepal
बामाको फागुन १२, मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका ...
फागुन १२ २०७५ ekhabarnepal
विश्वका सर्वाधिक ५ सय धनीको सूचीमा भारतबाट १९ परेका छन् । तर, शीर्ष १० को सूचीमा भारतका कोही पनि परेका छैनन् । ब्लुमबर्ग अर्बपतिको सूचीमा रिलायन्स इन्ड्रस्ट्रिजका मुकेश अम्बानी १२ औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ४८ अर्ब डलर छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.२ अर्ब डलर छ । उनी अर्बपतिको सूची...
फागुन १२ २०७५ ekhabarnepal
प्योङयाङ फागुन १२, उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि रेलमार्गबाट भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी स्थानीय समयअनुसार शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् । ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनाममा हुँदैछ । पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापु...
फागुन ९ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ९, बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिक...
फागुन ९ २०७५ ekhabarnepal
मस्को । विश्वका दुई ठूला शक्तिशाली मुलुक अमेरिका र रुसबीचको तनाव झनै बढ्दै गएको छ । यसैबीच यदी अमेरिकाले युरोपमा कुनै पनि किसिमबाट परमाणु हतियार तैनाथ गर्ने कोशिश गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भनेका छन् । यस किसिमको अवस्थामा रुसले अमेरिकाका साथसाथै हतियार तैनाथ गरिएका मुलुकमाथि पनि हमला गर्न...
फागुन ८ २०७५ ekhabarnepal
बीबीसी भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि उनले जेल सजायको सामना गर्नु पर्ने भएको छ। एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत...
फागुन ६ २०७५ ekhabarnepal
काठमाडौं फागुन ६, नया दिल्ली । भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् । यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्...
फागुन ५ २०७५ ekhabarnepal
जम्मू फागुन ५ , काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको...
फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं फागुन ३, भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ । आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लि...
फागुन १ २०७५ ekhabarnepal
भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ । यसको परिक्षण अप्रिल अगावै सुरु हुने छ । यो परिक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र...
फागुन १ २०७५ ekhabarnepal
थाईल्यान्डका राजाकी दिदीले प्रधानमन्त्रीको निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद सिर्जना भएका कारण आफू दु:खित भएको बताएकी छन्। निर्वाचन आयोगले सोमवार उनलाई सो निर्वाचनका लागि अयोग्य घोषित गरिदिएपछि राजकुमारी उबोन्रत महिडोनले "आजको दिन र युगमा त्यस्तो समस्या हुनु नहुने" भन्दै दु:ख मनाउ गरेकी हुन्। उनले निर्वाचनका लागि मनोनयन गर्दा थाई राज...
माघ २९ २०७५ ekhabarnepal
नयाँ दिल्ली माघ २९, दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् । करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बा...
माघ २८ २०७५ ekhabarnepal
सियोल माघ २८, दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ । दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर को...
माघ २७ २०७५ ekhabarnepal
कोलकाता माघ २७, भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । पश्चिम बङ्गाल राज्यको राजधा...
माघ २५ २०७५ ekhabarnepal
बीबीसी विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजस्ले न्याशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल अर्थात जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका छन्। बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्यो भन्ने विषयमा अन...
माघ २३ २०७५ ekhabarnepal
ब्रसेल्स,बेल्जियम माघ २३, यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ । यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको...
माघ २३ २०७५ ekhabarnepal
एजेन्सी माघ २३, अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानी...
माघ २२ २०७५ ekhabarnepal
काठमाण्डौं माघ २२, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो देश दृढ रहेको बताउनु भएको छ । सन् १९४७ मा कश्मीरमा भारतीय सैनिकको आक्रमणमा परि मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा ब...
माघ २२ २०७५ ekhabarnepal
एजेन्सी माघ २२, एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाम...
माघ २० २०७५ ekhabarnepal
अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै एक नक्कली विश्वविद्यालय खडा गरे जसमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले "पे-टू-स्टे" भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित फर्मिङ्टन विश्व...
माघ १८ २०७५ ekhabarnepal
काठमाडौं माघ१८, अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् । उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । पररा...
माघ १७ २०७५ एएफपी
सिकागो माघ१७, अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । घरभित्रै बस्न सरकारको अनुरोध : हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरक...
माघ १७ २०७५ ekhabarnepal
सिङ्गापुर माघ १६, व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०...
माघ १६ २०७५ ekhabarnepal
काठमाडौँ माघ १६, भेनेजुएलाको सर्वोच्च अदालतले विषक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइ दिएको छ।भेनेजुएलाका महान्यायाधीवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ। गत साता गुआइदोले आफूलाई देशको निमित्त नेता घोषणायता भेने...
माघ १५ २०७५ ekhabarnepal
कोलम्बो माघ १५, श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । प्रभ...
माघ १३ २०७५ ekhabarnepal
मनिला माघ १३, फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिनुभयो । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिल...
माघ १३ २०७५ ekhabarnepal
काठमाडौं माघ १३, अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटक...