भाद्र ५ २०७४ .
काठमाडौं, भदौ ५– गत पुस तेस्रो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके युएईबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको एसपी मीरा चौधरीले जानकारी दिइन् ...
भाद्र ४ २०७४ .
भैरहवा, भदौ ४ । चालु आर्थिक वर्षकोलागी सिद्धार्थनगरपालिका भैरहवाले प्रथम नगरसभा मार्फत १ अरब ३८ करोड १५ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । जसमध्ये चालु खर्चतर्फ २८ करोड २४ लाख ९० हजार र पुजिंगत तर्फ १ अरब ९ करोड ९० लाख २९ हजार बराबरको रकम नगरका मेयर हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्ष २०७४।०७५ कोलागी बजेटको स्रोत ...
भाद्र ४ २०७४ .
काठमाडौं, भदौ ४ । अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो। तर, १२ प्...
भाद्र २ २०७४ .
भैरहवा, भदौ २ । भन्सारमा हुने अवैध कृयाकलाप रोक्न भन्दै भन्सार विभागको छानबिन समितिले भन्सारका कर्मचारी, एजेण्ट संघ, उद्योगी व्यवसायीबाट सुझाव संकलन गरेको छ । सुझाव संकलनमा व्यापारीहरुको प्रलोभन र भन्सार कार्यालयको खुकुलो नितीले भष्टाचार मौलाएको एजेण्टहरुले दावी गरे । भन्सारको नियम अनुसार भारततर्फबाट चोरी गरेर ल्याएको सामानपनि जाँचपाच हुने हुँद...
भाद्र २ २०७४ .
पाल्पा, भदौ २ - रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार...
भाद्र १ २०७४ .
बुटवल, भदौ १ । ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले गौतम वुद्ध अन्तराष्टिय विमानस्थल निर्माण आयोजनाका बारेमा रुपन्देहीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आज बुटवलमा सार्वजनिक सुनुवाईको तयारीका क्रममा छलफल कार्यक्रम सम्पन्न भएको छ । लेखा समितिले यही भदौ महिनामा विमान स्थल र यहा निर्माणाधिन ६ लेन सडकका बारेमा सार्वजनिक सुनुर्वा गर्ने जनाएको ...
भाद्र १ २०७४ .
सैनामैना ,१, भदौ । कञ्चन गाँउपालिकाको प्रथम गाउँसभा वैठकमा आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सुकुम्वासी समस्या र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने नीतिलाई प्रमुख महत्वका साथ लिईएका छ । गाउँपालिकाकी...
भाद्र १ २०७४ .
तिलोत्तमा, भदौ १। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४–७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले बुधबार एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गरेका हुन् । मंगलबार नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट बुधबार बैठकम...
साउन २८ २०७४ .
भैरहवा,साउन २८ । भैरहवाभन्सार कार्यालयले एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाहक ट्रक बाहिर पठाउने गरेको कालो कर्तुतको पर्दाफाशभएको छ । देशलाई लाखौ राजस्व घाटा लगाउदै भन्सार कर्मचारीहरु आफ्नो खोल्टी भर्ने गरेको तथ्य फेला परेको छ । भन्सार कार्यालयलाई “सियो देखाएर हात्ती छिराउने ” गरेको आरोप यस अघि पनि लाग्दै आएको थियो । ब्यापारी, भन्सार एजेण...
साउन २७ २०७४ रासस
लुम्बिनी, साउन २७-पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको अनुसारकै परिमाण प्राप्त हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका का...
साउन २५ २०७४ .
काठमाडौं । भारतीय भन्सार विन्दूबाट नेपाली भन्सार विन्दूमा आउने सवारीहरु दशगजामा नै हराउने समस्याको समाधानको लागि वाणिज्य मन्त्रालयले नयाँ योजना ल्याएको छ । भारतबाट नेपाल जान भनेर हिँडेका कन्टेनरहरु नेपाल नआई हराउने गरेको समस्यालाई समाधान गर्ने एक मात्रै उपाय कन्टेनरमाथिको निगरानी रहेको ठहर गर्दै मन्त्रालयले अब भारत तथा तेस्रो मुलुकबाट सामान बोके...
साउन २४ २०७४ .
काठमाडौं । राज्यका निकायहरु नै कमजोर भयो भने जस्ता सुकै व्यवसायीहरु पनि राज्यलाई ठग्न माहिर हुन्छन् भन्ने दृष्टान्त राज्यका केही अंगहरुको गतिविधिले देखाउने गरेको छ । लामो समयदेखि वाणिज्य विभागको सुस्त गतिविधिका कारण गैर नेपाली व्यवसायीहरुले वाणिज्य विभागमा दर्ता नै नगरी पनि अन्तराष्ट्रिय व्यापार गर्ने गरेको बुझिन आएको छ । नेपाल बाहिरबाट आएर न...
साउन २३ २०७४ रासस
निमदत्त सुवेदी पोखरा, साउन २३। पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९०...
साउन २३ २०७४ रासस
काठमाडौं, साउन २३–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४ पैसा रहेको छ ।
साउन २२ २०७४ .
तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ते व्यापारीहरुलाई प्रवेशमा रोक लगाईने जनाएको छ । विशेषगरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारीहरुले गर्दै आएको कारोवारलाई पूर्ण रुपमा रोक लगाइएको संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिए । अध्यक्ष रावतका अनुसार तुलसीपुर क्षेत्रमा घ...
साउन २० २०७४ .
काठमाडौं, साउन २०– पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगमले किनेको जग्गामा आर्थिक हिनामिना भएको ठहर संसदको लेखा समितिले गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रकरणमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको हो । समितिका सभापति डोप्रसाद उपाध्यायले आर्थि...
साउन १९ २०७४ .
काठमाडौं,साउन १९– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिनुभएको थियो । उपाध्यक्षमा नियुक्त हुनु अघि उहाँ आयोगको सदस्य हुनुहुन्थ्यो । कां...
साउन १४ २०७४ रासस
काठमाडौँ साउन ,१४। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर रु चार अर्ब ७३ करोड ८२ लाख ७६...
साउन १४ २०७४ .
काठमाडौं साउन, १४–एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३५.५४ प्रतिशत बढी हो । ब्याज आम्दानीमा भएको प्रगतिका कारण बैंकको नाफा बढेको हो । बैंकको कुल सञ्चालन मुनाफा भने एक अर्ब ९८ करोड रुपैयाँ छ । बैंकले गत आवमा ७३ अर्ब २२ करोड निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण प्रव...
साउन ११ २०७४ .
परासी साउन, ११–नवलपरासीको सदरमुकाम परासी बजारको विकासका लागि रामग्राम नगरपालिकाकाले विभिन्न सडक तथा भौतिक पुर्वाधारहरुको विकास गर्न ५० करोड रुपैयाँ खर्चिने भएको छ । सरकारले तराईका जिल्लाहरुको सदरमुकाम विकासका लागि बिनियोजन गरेको ५० करोड रुपैयाँले उक्त सदरमुकाम परासीको विकास गर्न लागिएको हो । रामग्राम नगरपालिका जिल्लाको सदरमुकाम परासीमा पर्दछ । ...
साउन १० २०७४ .
काठमाडौं साउन, १०–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि ...
साउन ९ २०७४ .
काठमाडौं साउन, ९–नेपालको पुँजी बजार सोमबार ६.४८ अंकले ओरालो लागेको छ । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेच भएको बजारमा एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको छ । बैक, होटल, बिकास बैंक, जलविद्युत समूहको सूचक ओरालो लागेको आज फाइनान्स, बीमा उत्पादनमुलक समूहका मात्र सूचक बढेको छ । आज बैकिङ समूहको स...
साउन ९ २०७४ .
काठमाडौं साउन ९–नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज पनि बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साउन ७ २०७४ रासस
काठमाडौं साउन, ७– विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर नि...
साउन ७ २०७४ .
काठमाडौँ, साउन ७ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४...
साउन ७ २०७४ .
काठमाडौं साउन ७–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही ढाँचा बमोजिम बजेट बिनियोजन गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयगत कार्...
साउन ७ २०७४ .
परासी साउन ७–महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले एक वर्षमा करिब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७३÷०७४मा विभिन्न शिर्षकबाट गरि कुल ५ करोड, ८९ लाख, ६२ हजार ८ सय ७८ रुपिया राजस्व संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार कार्यालयबाट हुने भन्सार पैठारी दस्तुर तर्फ २ करोड, ८४ लाख...
साउन ६ २०७४ .
काठमाडौं साउन ६–नेपाली बजारमा सुनको भाउ ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५३ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा एक सय रुपैयाँ घटेको सुनको भाउ भने उक्लिएको हो । आज बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ...
साउन ५ २०७४ .
काठमाडौं साउन ५, –नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रतितोला ५३ हजार ७ सय रुपैयाँ छ । यस्तै आज वजारमा चाँदीको भाउ तोलाको ७ सय २५ रुपैयाँ रहेको छ ।
साउन ५ २०७४ .
काठमाडौं । भन्सार विभाग अन्तर्गत्को त्रिभुवन अन्तराष्ट्यि विमानस्थल भन्सार कार्यालयमा स्वचालित भन्सार (आशिकुडा) प्रणालीको सुरुवात गरिएको छ । उक्त प्रणालीको बिहीबार अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले उद्घाटन गरे । यस अघि पनि ६ वटा भन्सार कार्यालयमा लागू गरिसकिएको आशिकोडा वर्ड विभिन्न मुलुकबाट सामान आउने अन्तराष्ट्रिय विमानस्थलमा भने पहिल...
साउन ४ २०७४ .
काठमाडौं साउन ४–चालु आर्थिक बर्षको ११ महिना अवधीमा नेपालले करिव ९ खर्ब रुपैयाँको आयात गेको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा ३०.९ प्रतिशत बढी हो । चालु आवमा ८ खर्ब ९६ अर्ब ५७ करोडको वस्तु तथा सेवा आयात भएको हो । यो अवधीमा भारतवाट हुने वस्तु तथा सेवा आयात ३९ प्रतिशतले बढेको छ भने चीनवाट हुने आयात १० प्रतिशत अन्य मुलुकवाट हुने आयात २३.४ प्र...
साउन ४ २०७४ .
काठमाडौं । तपाईँलाई लाग्छ काठमाडौंमा महंगी एकदमै न्यून भएको छ भन्नेमा ? लाग्दैन भने पनि अब विश्वास गर्नै पर्छ । किनभने केन्द्रीय बैंकले यो वर्षको पहिलो ११ महिनाको विश्लेषणको आधारमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । उक्त प्रतिवेदनले पहिलो ११ महिनामा पहाडी भेगमा सबैभन्दा बढी महंगी बढेको देखाएको छ । उपभोक्ताहरुको हकमा मूल्यबृद्धिदर पहाडमा चार,...
साउन ३ २०७४ .
कपिलवस्तु साउन ३– कपिलवस्तुमा आर्थिक बर्ष २०७३/०७४ मा १ अर्व ८ करोड बढि रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि एक अर्व भन्दा बढी रकम फ्रिज भएको हो । जिल्लामा गत आर्थिक बर्ष २०७३/०७४ मा चालु खर्च तर्फको ८५ करोड ९५ लाख ९५ हजार ४ सय ३ तथा पुंजीगत ...
साउन २ २०७४ .
गुल्मी, साउन २ । गुल्मी जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ मा पूँजीगत खर्च ८८ प्रतिशत भएको छ । जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्व ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको थियो । जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ । गत बर्ष एक अर्व १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुजीगत बज...साउन २ २०७४ .
काठमाडौं । नयाँ जनप्रतिनिधिहरु आएपछि काठमाडौं महानगरपालिकाको राजश्व संकलन तर्फ देखिएका सानातिना समस्याहरु समेत सुल्झाउन सक्नेगरी आर्थिक ऐनमा केही व्यवस्थाहरु परिवर्तन गरिएको छ । महानगरपालिकाको गत ३१ असारमा पारित आर्थिक ऐनमा केही यस्ता व्यवस्थाहरु गरिएका छन् जसले महानगरपालिकाको राजश्व संकलनमा देखिएका केही समस्याहरुलाई समेत सम्बोधन गर्ने विश्वास ...
साउन २ २०७४ रासस
चितवन साउन,२ । चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ । आगामी वर्षका लागि रु ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । ज्येष्ठ...
साउन २ २०७४ नागरिक दैनिक
काठमाडौं साउन, २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो। निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो। निगमले सातै...
साउन १ २०७४ .
भैरहवा साउन, १ । रुपन्देहीमा गत आर्थिक वर्ष ०७३/०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको छ । आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजश्व तथा खर्च सार्वजनिक गरेको छ । जसमा करिब ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको देखिएको छ । पुँजिगत तर्फ ठूलाठूला विकासे...
असार ३१ २०७४ रासस
काठमाडौँ असार ३१ - धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ ह...
असार ३१ २०७४ .
काठमाडौं असार, ३१ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा ३ अर्बको वार्षिक वजेट प्रस्ताव गरेको छ । शनिबार महानगरपालिका कार्यालयमा सम्पन्न पहिलो नगरसभाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको लागि...
असार ३० २०७४ कान्तिपुर दैनिक
काठमाडौं ,असार ३०। १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक अ...
असार ३० २०७४ .
काठमाडौं असार २९,– अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव...
असार २९ २०७४ रासस
पोखरा असार २९ । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४-७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको ...
असार २९ २०७४ .
स्याङ्जा, असार २९ । पहिलो पटक जनताबाट चुनिएका जनप्रतिनिधिहरुले भीरकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०७४-०७५ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले नगरपालिकाको सम्मुन्नत विकासका ल...
असार २९ २०७४ .
काठमाडौं असार २९ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिना भित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिको विहिबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा निर्धारण गरिदिएको हो । एनसेलले अझै करिव ३५ अरव पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकि छ ।...
असार २८ २०७४ .
काठमाडौँ असार २८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४–०७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको वुधबार बसेको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा ...
असार २८ २०७४ .
काठमाडों असार २८–नागरिक लगानी कोषले २३ प्रतिशत लाभाशं घोषणा गरेको छ । गत आर्थिक बर्षको नाफावाट कोषले २१.८५ प्रतिशत बानस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभाशं प्रस्ताव गरेको हो । कोष सञ्चालक समितिको वैठकले मंगलबार घोषणा गरेको लाभांश आगामी साधारणसभामा अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । अहिले कम्पनीको सेयर मूल्य ३ हजार ९ सय ५० रुपैया...
असार २८ २०७४ .
काठमाडौं असार २८–नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ५२ हजार ८ सय रुपैयाँ थियो । मंगलबार पनि सोही भाउमा...
असार २५ २०७४ .
काठमाडौं असार २५–नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो पनि पुर...
असार २५ २०७४ .
काठमाडौ असार २५– अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका असार ३० गतेसम्म ब...