कार्तिक १९ २०७५ ekhabarnepal
भैरहवा,कार्तिक १९ चालू आर्थिक वर्षको साढे तीन महिनामा भैरहवा नाका हुँदै ६० हजार ६ सय ५४ किलो काजु (प्रशोधित तथा तयारी) नेपाल भित्रिएको छ । भैरहवा (बेलहिया) नाका हुँदै भाइमसलाका रूपमा प्रयोग हुने अन्य सामग्रीको आयात अघिल्लो वर्षको तुलनामा घटे पनि काजुको आयात भने अत्यधिक बढेको छ । चालू वर्षको साढे तीन महिनामा ६० हजार ६ सय ५४ किलो काजु आ...
कार्तिक १७ २०७५ ekhabarnepal
रासस सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार एवं विकास गर्न लाग...
कार्तिक ९ २०७५ ekhabarnepal
रासस काठमाडौँ,कार्तिक ९ विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग ...
कार्तिक ८ २०७५ ekhabarnepal
माधव ज्ञवाली सैनामैना ८, कार्तिक व्यापार व्यावसायबाट आएको आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्न सके समाजको आर्थिक स्तर सुदृढ हुने प्रदेश नं. ५ का माननिय मुख्य मन्त्री शंकर पोख्रेलले बताउनु भएको छ । सैनामैना व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले द...
कार्तिक ८ २०७५ ekhabarnepal
सैनामैना ७ कार्तिक सैनामैना व्यापार संघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । कार्तिक ८ गते दखि सुरु हुने मेलाको सम्पूर्ण तयारी पूरा भएकोे बुधवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो । मेलाको उद्घाटन प्रदेश नं ५ का माननीय मुख्य मन्त्री शंकर पोखरेलले गर्नु हुने कार्य...
कार्तिक ४ २०७५ ekhabarnepal
विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने कार्तिक ४ बीबीसी सरकारी लक्ष्य अनुरूप विद्युत् उत्पादन भएमा केही वर्षभित्रै नेपालले विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने हुन्छ। नेपाल र बांग्लादेशबीच भएको ऊर्जा सम्झौता अनुरूप बांग्लादेशसँग जोडिनका लागि प्रशारण लाइनको निर्माणलाई तीव्रता दिइएको नेपाली अधिकारीहरूले बताएका छन्। बांग्लादेश...
असोज ३० २०७५ ekhabarnepal
बुटवल । दशैंमा देशैभरका प्राय सबै डेभलपमेण्ट बैक बन्द भइरहेपनि बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैकले मुख्य चार वटा शाखा कार्यालयबाट ग्राहकलाई नियमित सेवा दिएको छ ।बैकले बुटवलको टाफिक चोक स्थित बुटवल शाखा कार्यालय, गुल्मिको तम्घास, अर्धाखाचीको सन्धिखर्क र प्युठानको बिजुवार शाखा कार्यालयबाट नियमित सेवा प्रवाह गरेको हो । नेपालभरी...
असोज ३० २०७५ ekhabarnepal
कुश्मा, असोज ३० गते । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ४ वर्षअघि अलैँची खेती गर्दै आएक...
असोज २९ २०७५ ekhabarnepal
काठमाडौं आश्विन २९ नेपाल टेलिकमले आफ्ना ग्राहकका अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज विज्ञप्ति जारी गर्दै सो अफर आज देखि लागू हुने जनाएको छ । आजबाट लागू हुने सो अफर आगामी २०७५ पौष २८ गते सम्म लिन सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक जीएसएम/सीडीएमए प्रिपेड/...
असोज २५ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ग्रामीण स्वावलम्बन कोष’ मा रहेको ५७ करोड रुपैयाँ लगानी गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागले सञ्चालन गरेको ग्रामीण स्वावलम्बन कोषमा रहेको उक्त परिमाणबराबरको रकम लगानी गर्न प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार उक्त रकम तो...
असोज २२ २०७५ ekhabarnepal
नयाँदिल्ली असोज २२, भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको...
असोज २१ २०७५ ekhabarnepal
काठमाडौं असोज २१, आउदैं गरेको दसैं र तिहारका लागि राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेद...
असोज १२ २०७५ ekhabarnepal
रासस काठमाडौं,असोज १२ । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच शुक्रबार राजधानीमा भएको मो...
असोज ९ २०७५ ekhabarnepal
रुपन्देही व्यापार संघको १७ औं साधारणसभा सम्पन्न बुटवल असोज, ८–मुलुकको आर्थिक विकासका लागि आत्मनिर्भरतामा आधारित अर्थतन्त्रको विकास गर्न गाउदेखि शहरसम्मको व्यापार विस्तार गर्नु जरुरी रहेको बताइएको छ । मुलुकको आर्थिक विकास वास्तविकता र व्यवहारिकतामा आधारित योजना र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र हुने हुदा समृद्धीको यात्रा तय गर्न राज्य र न...
असोज ८ २०७५ ekhabarnepal
बुटवल असोज ८, रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्न थालेका छन् । शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि शेयर कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि शेयर बजारमा ...
असोज ७ २०७५ ekhabarnepal
काठमाडौं असोज ७, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आजबाट लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ । अर्थ मन्त्रालयले आज एक सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । ...
असोज ७ २०७५ ekhabarnepal
काठमाडौं,अशोज ७ सरकारले आइतबारबाट लागू हुने गरी यातायातको भाडा बढाउने भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिको छलफलले आइतबारबाट लागू हुने गरी १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो। २०७२ सालदेखि भाडा नबढेको भन्दै इन्धनमा भएको मूल्यवृद्धिलाई मूख्य आधार मानी हाल कायम...
असोज ४ २०७५ ekhabarnepal
काठमाण्डौ,असौज ४ । अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । एकैदिन ६० पैसाले उक्लिँदै ११७ रुपैयाँ ०७ पैसामा पुगेको छ । डलरको अचाक्ली वृद्धिसँगै नेपाली रुपैयाँको इतिहासकै सबैभन्दा बढी अवमूल्यन भएको छ । यसले यसपटकका नेपालीहरुको ठूला चाडपर्व महङ्गिने र दैनिक भान्साको बजेट समेत नराम्ररी प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्रबैंकले...
असोज ३ २०७५ ekhabarnepal
काठमाडौँ अशोज ३ , त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/ ७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्र...
असोज २ २०७५ ekhabarnepal
काठमाडौं,असोज २ । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाटका क्रममा ती मेगा प्रोजेक्टहरुका लागि लगानीको श्रोत जुटाईसकेको घोषणा गरेका हुन् । ‘पूर्व पश्चिम राजमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, पूर्वपश्चिम रेलमा...
असोज १ २०७५ ekhabarnepal
बुटवल, असोज, १ रुपन्देही व्यापार संघले आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा आयोजना गर्न लागेको लुम्बिनी एक्स्पो २०५७लाई कसरी व्यवस्थित र नौलो बनाउन सकिन्छ त्यसको कार्ययोजना बनाउन एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । संघका पदाधिकारी, कार्य समिति, बस्तुगत उपसमितिका संयोजक र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा मेला आयोजनाको औचित्य, मे...
असोज १ २०७५ ekhabarnepal
काठमाडौं,असौज १ । सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको छ।आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यो वर्षमा एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो। चिनी उत्पादक संघ र उखु उत्पादक महासंघको आग्रहमा सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएको हो।विदेशमा उत्पादन बढेपछि सस्तो चिनी भित्रिएर स्वदेशी उत्पादन बिक्री हुन सकेको छैन।दुर्इ...
असोज १ २०७५ ekhabarnepal
६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन बुटवल ,आश्विन १ सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो । पुनरावलोकन ग...
भाद्र २३ २०७५ रासस
काठमाडौँ, २१ भदौ | नेपाललाई कृषिप्रधान मुलुक भन्न, अकमकाउनु पर्ने अवस्था आयो । यसै वर्षको असार महिनामा दुई लाख ७६ हजार ४११ प्रतिशतले दैनिक आवश्यक पर्ने खाद्यान्न आयातमा वृद्धि भएको छ । असार एक महिनामा रु तीन अर्ब ५६ करोड २९ लाख ३८ हजारको खाने खाद्यान्न आयात भएको हो । जबकी सोही अनुपातमा आयात हुने हो भने एक वर्षमा रु ४२ अर्ब ७५ करोड ५२ लाख ५६ ह...
भाद्र २२ २०७५ ekhabarnepal
काठमाडौँ भाद्र २२, अब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनको लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर (पान) लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले एक करोड वा सोभन्दा बढी एकमुष्ट तथा छुट्टाछुट्टै कर्जा लिने ऋणीले अनिवार्य पान नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । अब यदि ऋणी कुनै समूहमा आवद्ध भएर त्यस्तो समूहबाट ऋण लिन चाहेम...
भाद्र २१ २०७५ ekhabarnepal
ढाका। बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने योजना सार्वजनिक गरेको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन बंगलादेश भ्रमणमा रहेका बेला बंगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो। उसले सन २०४० भित्र ९ हजार मेगावाट विद्युत नेपालबाट खरिद गर्ने योजना अघि सारेको हो। बंगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन...
भाद्र २० २०७५ ekhabarnepal
काठमाडौं भाद्र २०, नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी ...
भाद्र १८ २०७५ ekhabarnepal
‘रोजगारीको हक सम्बन्धी विधेयक,स्वीकृत काठमाडौ,भदौ १८ प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्र...
भाद्र १८ २०७५ ekhabarnepal
काठमाडौं,भदौ १८ चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो । टोलीका सदस्य एवं अन्तरदेशीय प्रस...
भाद्र १५ २०७५ ekhabarnepal
बुटवल,भदौ १५ प्रदेश आर्थिक मामिला योजना मन्त्रालयले बजेट र राजस्व सम्बन्धी व्यवस्थाका सम्बन्धमा स्थानीय तहहरुसंगका अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । शुक्रवार रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय तहसंग अन्तरक्रिया सम्पन्न भयो । स्थानीय तहको प्रस्तुति सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो—कर नतिर्न परेहुन्थ्यो भन्ने मनोविज्ञानलाई तोड्...
भाद्र ४ २०७५ ekhabarnepal
काठमाडौं भाद्र ४, वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडाँै महाबौद्ध बिक्री स्थलमा स...
साउन ३१ २०७५ ekhabarnepal
काठमाडौं । अर्थ मन्त्रालयले उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको बताइएको छ । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको थियो । कार्यविधि बनाउने कामलाई अन्तिम चरण...साउन ३० २०७५ ekhabarnepal
काठमाडौं साउन ३०, अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल भारतको खाद्य उत्पादक कम्पनी ब्रिटानिया इन्डस्ट्रिज लिमिटेडले नेपालमा पनि लगानी गर्ने भएको छ।भारतका अग्रणी कम्पनीमध्ये एक ब्रिटानियाले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा यस्तो घोषणा गरेको हो। इन्डस्ट्रिजका अन्तरष्ट्रिय व्यापार उपाध्यक्ष अनिन्द्रय दत्तले एक कार्यक्रमका बीच नेपालमा ...
साउन ३० २०७५ ekhabarnepal
डलरको भाउ बढ्दा हुने तीन फाइदा र तीन बेफाइदा बीबीसी अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्। देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्याउने सम्भावना रहे पनि...
साउन २९ २०७५ ekhabarnepal
सन् ९० को दशकपछि त्यो हिजोको प्रकारको उपनिवेश युगमा हामी छैनौँ। अहिले नव प्रकारको उपनिवेश त भन्न सकिन्छ। तर पुँजी खुलारुपमा लगानी भइरहेको अवस्था छ। हिजो मार्क्सवादी कोणबाट विश्लेषण गरिरहेकाहरुले पनि बाह्य लगानीलाई शंकाको दृष्टिकोणबाट हेर्न जरुरी छैन। त्यसको नोक्सान हामीलाई नै हुन्छ। पण्डितहरुले किताबको भाण्टा खानु हुँदैन फलेको भाण्टा खानु हुन्...
साउन २९ २०७५ ekhabarnepal
‘नागरिकको तिर्न सक्ने क्षमताभन्दा बढी कर लगाउनु गलत’ काठमाडौं,साउन २९ संसदको अर्थ समितिले दोहोरो र अस्वभाविक हुनेगरी लगाइएका कर खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबारको बैठकले यस्तो निर्देशन दिएको हो। केही प्रदेश र मुख्यगरी स्थानीय तहले आफूखुसी करका दर निर्धारण गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यसको विरोध हुँदै आए...
साउन २९ २०७५ ekhabarnepal
काठमाडौँ साउन २९, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अ...
साउन २८ २०७५ ekhabarnepal
अर्घाखाँची – बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् । अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन । तेजपत्ताबाट पनि राम्रो आम्दानी हुने भएपछि किसानले विकल्प खोजेका छन् । बाँदर लखेट्न बजेट छुट्याएका स्थानीय तहले यो वर्ष तेजपत्ता रोप्न बजेट बिनियोजन गरेका छन् । गएको वर्ष सन्धिखर्क ...
साउन २७ २०७५ ekhabarnepal
काठमाडौं साउन २७, अर्थमन्त्री डा. युवराज खतिवडाले तीर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो । उहाँले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण ग...
साउन २५ २०७५ ekhabarnepal
काठमाडौं साउन २५, नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर भएको छ। अब बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ। साथै नेपालको विजुली समेत बंगलादेशले किन्ने भएको छ। समझदारीमा नेपालबाट बंगलादेशले विद...
साउन १२ २०७५ ekhabarnepal
काठमाडौैं । ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदाले युक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । विदुर–५, देवीघाटका समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा यही साउन २ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएको ...
साउन ११ २०७५ ekhabarnepal
धनगढी साउन ११, कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख ४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार ४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२...
साउन १० २०७५ ekhabarnepal
बुटवल । भैरहवा भन्सार कार्यालय बेलहियाले गत आर्थिक वर्ष ०७४÷०७५ मा ७० अर्ब ८ करोड २४ लाख रुपैया राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्षको पहिलो साउन महिनामा ५ अर्ब २१ करोड ११ लाख, भदौमा ६ अर्ब १४ करोड १४ लाख, असोजमा ६ अर्ब ४३ करोड, कार्तिकमा ५ अर्ब ३० करोड ६१ लाख, मंसिरमा ४ अर्ब ९७ करोड र पुसमा ४ अर्ब ९८ करोड २१ लाख राजश्व संकलन गरेको छ ...
साउन ५ २०७५ ekhabarnepal
रुपन्देही,बुटवल, असार ५। प्रदेश ५ सरकारले नयाँ करको दर कार्यान्वयनमा ल्याएको छ।सरकारले चालु आर्थिक वर्षमा २ अर्ब ४० करोड राजस्वको लक्ष्य पूरा गर्न करका दर हेरफेर गरेको हो। सामूहिक खेतीका लागि र उत्पादनमूलक उद्योगका लागि जग्गा खरीद गर्दा ७५ प्रतिशत छुट दिने भएको छ। भूमिहीन, मुक्त कमैया हलिया परिवारलाई घरजग्गा रजिष्टेशन, सेवा र रोक्का शुल...
साउन ५ २०७५ ekhabarnepal
सरकारको खर्च संरचनामा सुधार काठमाडौँ,साउन ४ अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत बचत हुने भनेको जम्मा चार/साढे चार खर्बको हाराहारीमा हो। त्यसमा १ सय ७२ अर...
साउन ४ २०७५ ekhabarnepal
काठमाडौँ साउन ४, वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तार गरिरहेकाले हजारौंलाई रोजागारीको मौका मौका आइरहेको हो । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ । वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ व...
साउन २ २०७५ ekhabarnepal
काठमाडौं २, साउन नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ । २०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अ...
साउन १ २०७५ ekhabarnepal
आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गतजेठ १५ गते बजेटमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आजदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा अटेरी गर्नेलाई जर...
साउन १ २०७५ ekhabarnepal
काठमाडौं १, साउन साउन १ गतेदेखी सरकारले देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् ।आजमङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रत...
असार २९ २०७५ ekhabarnepal
काठमाडौं २९,असार मानव संशाधन विकासका लागि जापान सरकारले नेपाललाई २७ करोड ४१ लाख रुपैया अनुदान उपलब्ध गराउने भएको छ ।उक्त अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको हो । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्...