मंसिर २८ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर २८ गते । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भिœयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात...
मंसिर २७ २०७६ ekhabarnepal
भैरहवा,मंसिर २७ युवा व्यवसायी रामबहादुर कोईरीकोे एकल लगानीमा ५० करोडको लागतमा रुपन्देहीमा मौर्या होटल सञ्चालनमा आएको छ। सञ्चालक कोइरीको आमा र प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले होटलको औपचारिक उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै सांसद रायमाझीले केवल व्यवसायिक दृष्टिकोणले भन्दा पनि आर्थिक समृद्धिका लागि दुरगामी महत्व राखेर होटल सञ्चालन ...
मंसिर २३ २०७६ ekhabarnepal
चितवन, मंसिर २३ : कपडामा लगाउने आइरन समेत नचलाउने एक सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख उठ्छ भन्दा जो कोहीलाई पत्याउन त परकै कुरा अचम्मित बनाउछ। चितवनको एक सामान्य घरमा त्यस्तै असामान्य विद्युत महसुल उठेको छ। जसले सवैलाई अचम्मित बनाएको छ। चितवनको भरतपुर महानगरपालिका १३ श्रृजना चोककी मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १...
मंसिर १४ २०७६ ekhabarnepal
रासस काठमाडौँ, मङ्सिर १४ गते । तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत् आउने समयका आधारमा नै आफ्नो काम कारवाहीको योजना बनाउँथे । मोबाइल फोन चार्ज गर्नेदेखि, पानी तान्ने, टिभी हेर्ने वा अन्य कामसमेत प्राधिकरणको तालिकामा...मंसिर १३ २०७६ ekhabarnepal
भैरहवा, १३ मंसिर । कृषिप्रधान देश मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । कार्यक्रममा सहभागि किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाइ पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले कृषिको विकास बिना मुलुक समृद्ध हुन नसक्ने कुरा सबैलाई अवगत हुँदाहुँदै पनि कृषि क्षेत्रमा सरकारको खासै...
मंसिर १३ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर १३ गते । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्त...
कार्तिक २५ २०७६ ekhabarnepal
बुटवल,कात्तिक,२५ । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १० अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश...
कार्तिक २५ २०७६ ekhabarnepal
चिनियाँ ई कमर्श समूह अलिबाबाको अनलाइन प्लेट फर्ममा १४ घण्टामैं २८ अर्ब २६ करोड डलर (करिब रु. ३२ खर्ब) को कारोबार भएको छ । गत मध्यरातिदेखि २४ घण्टाका लागि सिंगल्स डे अफर शुरु भएसँगै रेकर्ड परिमाणमा कारोबार भएको हो । लत्ता कपडा, घरायसी र विद्युतीय सामानदेखि विलासिताका सामानसम्म ठूलो छूट दिइएको छ । बेइजिङको मध्यराति १२ बजे कारोबार शुरु भएको ९६ स...
कार्तिक १४ २०७६ ekhabarnepal
बीबीसी काठमाडौं, कात्तिक १४ यस वर्ष नेपालमा धानको उत्पादन घट्ने प्रारम्भिक प्रक्षेपण कृषि विभागले गरेको छ। विगत केही वर्षदेखि धानको उत्पादन वृद्धि हुँदै गइरहेको भए पनि यसपालि विविध कारणले घट्ने देखिएको विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार धान रोप्ने समयमा पर्याप्त वर्षा नहुनु, पछि मलको अभाव हुनु र केही स्थानमा रोपिएको धानमा बाला नलाग...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक ८ ग्लोबल आईएमई बैक र जनता बैंक नेपाल मर्जर भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरे। दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात ...
कार्तिक ७ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक ७ गते । नेपाल–बङ्गलादेश व्यापारसम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालले बङ्गलादेशसम्म जलमार्ग सञ्चालनको सम्भावनामा विषयमा प्रस्ताव अगाडि बढाएको छ । बङ्गलादेशसँग प्रत्यक्ष सम्पर्क बढाउने उपायका रूपमा जलमार्गको विषयलाई समेत नेपालले प्रस्तावमा राखेको हो । बङ्गलादेशसँग जलमार्ग सञ्चालनको सम्भावना विषयमा बैठकमा छलफल भएको हो, नेप...
कार्तिक ६ २०७६ ekhabarnepal
काठमाडौं, कात्तिक ६ : चालु आर्थिक वर्षको दोस्रो महिना पनि शोधनान्तर नाफामा देखिएको छ। पहिलो महिना पाँच अर्ब रुपैयाँ नाफामा देखिएको शोधनान्तर नाफा (देशबाट बाहिरिनेभन्दा भित्रिने धेरै रकम) दोस्रो महिना थप साढे अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति र वित्तीय स्थिति प्रतिवेदनले ...
कार्तिक ६ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक ६ अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका हुन्। बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजो...
कार्तिक ५ २०७६ ekhabarnepal
कार्तिक ५, अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रमार्फत् जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमासमेत लगानी गर्न आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन वोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डले ...
कार्तिक ३ २०७६ ekhabarnepal
शोभाखर पन्थी अर्घाखाँची /कार्तिक - ३ पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा बिकास र समृद्धिको युगको सुरुवात भएको बताउनु भएको छ । उहाँले सहकारीको माध्यम बाट जनतालाई रोजगारी दिलाउने बताउनुभयो । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाणिनि -५ मैदानको ८ औं साधारणसभामा मन्तव्य राख्दै उहाँले गाउँ गाउँमा सहकारी र घरघरमा भकारीको अभि...
असोज ३० २०७६ ekhabarnepal
बुटवल, ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले कालगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहट्ने बताउनु भएको छ । उहाँले भन्नुभयो–‘कत्रा कत्रा परिवर्तन त हामीले गरेका छौं भने कालिगण्की डाईभर्सन गर्न नसकिने भन्ने होईन ।’ कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भईरहेको बताउँदै महासचिव पौडेलल...
असोज २८ २०७६ ekhabarnepal
काठमाडौँ,आश्विन २८ नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल-गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको बैठकले नेपालले प्रस्ताव गरे अनुरुपको सहमति जुटाएको हो । ‘आधा-आधा स्वपूँजी रहने कम्पनी स्थापना गरी व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउन सहमति जुटेको छ,’ ऊर्जाम...
असोज २७ २०७६ ekhabarnepal
काठमाडौँ, असोज २७ गते । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा ब...
असोज २७ २०७६ ekhabarnepal
काठमाडौँ, असोज २७ गते । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तल...
असोज १३ २०७६ ekhabarnepal
भैरहवा, १३ असोज । सिद्धार्थनगरमा थप परियोजना संचालन गर्नका लागि लगानी सम्भाव्यता खोजी गर्न सुरु गरिएको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा संचालित जीआईजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी सुरु गरेका हुन् । जीआईजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना...
असोज १३ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १३ गते । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उहाँले भन्नुभयो, ‘अन्य कुनै प्राव...
असोज ९ २०७६ ekhabarnepal
बुटवल,असोज ९। केही समयअघि राजधानीको रिङ्गरोडमा बिजुली बस संचालनमा ल्याएको सुन्दर यातायातले अब बिक्रीका लागि पनि बुकिङ खुल्ला गरेको छ। सुन्दर यातायात ट्रेडर्स प्रालिले दसैंतिहारको अवसरमा ७५ प्रतिशत फाइनान्सको सुविधा सहित बिएके ब्रण्डका बिजुली बसको बुकिङ खुल्ला गरेको हो। कम्पनीले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ ...
भाद्र २९ २०७६ ekhabarnepal
काठमाडौँ,भाद्र २९ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुलाई बहालमा बस्नेसँग विद्युत्को बढी शुल्क नलिन चेतावनी दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीहरुले बहालमा बस्नेसँग प्रतिनियुनिट शुल्क बढी लिने गरेको गुनासो आएपछि घिसिङले यस्तो ट...
भाद्र २६ २०७६ ekhabarnepal
रमेश लम्साल काठमाडौं, भदौ २६ बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकालसम्म मात्र कायम रहने भएको छ। सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहन...
भाद्र २३ २०७६ ekhabarnepal
काठमाडौं,भाद्र २३ । दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको हो । वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसहरु सञ्चालन गर्न...
भाद्र ९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ९ नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गरेका हुन्। प्रध...
भाद्र ९ २०७६ ekhabarnepal
नवलपुर, भदौ ९ गते । गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयबाट फलाम खानी स्थापना गर्न स्वीकृति दिइएको हो । सरकारको यो निर्णयसँगै फलामको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढ्नेछ । सङ्घीय मन्त्रिपरिषद्को भदौ पहिलो हप्ता बसेको बैठकले त्यहाँ ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने...
साउन ८ २०७६ ekhabarnepal
काठमाडौँ, साउन ८ गते । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्ता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका निम्ति आज जारी भएको उक्त नीतिले आर्थिक तथा वित्तीय स्थायित्व हासिल गर्ने, वित्तीय पहुँच अभिवृद्धि, वित्तीय सेवा...
साउन ६ २०७६ ekhabarnepal
काठमाडौँ,श्रावण ६ नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ । सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलव्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएकाले थप ५० करोड रुपैयाँ माग गरिएको जानकारी दिए । सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी...
साउन ५ २०७६ ekhabarnepal
काठमाडौं,साउन ५ सरकारले ‘माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाइ हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आईतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्य दल गठन गर्ने घोष...
असार ३१ २०७६ ekhabarnepal
प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य बुटवल,असार ३१ । प्रदेश ५ को योजना आयोगले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेर आवधिक योजना बनाएको छ । पञ्चवर्षीय आवधिक योजनाको मुख्यमन्त्री शंकर पोखरेलले आज बुटवलमा सार्वजनिक गर्नु भयो। योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले कृषि, उद्योग, पर्यटनको क्षेत्रको...
असार २० २०७६ ekhabarnepal
काठमाडौँ, असार २० गते । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम्...
असार १९ २०७६ ekhabarnepal
रासस फिक्कल,असार १९ इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि। विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन। उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ। यसबाट घर फोहर हुँदैन। महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ। कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्...
असार १९ २०७६ ekhabarnepal
काठमाडौं,असार १९ सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग व...
असार १६ २०७६ ekhabarnepal
असार १६ सहकारीका सदस्यहरूले अब संस्थामा गरेको कारोबारका आधारमा प्रतिफल पाउने भएका छन् । सेयर लगानीका आधारमा मात्र प्रतिफल वितरण गर्दै आएका सहकारीहरूलाई सहकारी ऐन—२०७४ तथा नियमावली—२०७५ ले संरक्षित पुँजी कोषमार्फत कारोबारका आधारमा पनि नाफा वितरण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो । यसले गर्दा अब संस्थामा थोरै सेयर भएपनि बचत तथा ऋण कारोबार या...
असार १६ २०७६ ekhabarnepal
बर्दिया,असार १६ यस वर्षको १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ कृषि विभागको आयोजनामा धान दिवस तथा रोपाई महोत्सव राजापुर ८ धोविनपुरमा मनाइएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले राइसप्लान्टर (धान रोप्...
असार १३ २०७६ ekhabarnepal
काठमाडौं, असार १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकको आयातमा लाग्ने करलाई ज्ञानमा लगाइने करको रुपमा नलिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पुस्तक व्यापारको नाममा ठूलो अवैधानिक रकम परिचालन हुने दाबी गरे । उनले भने, “यसरी पुस्तक आयातमा कर लगाउँदा विदेशमा लगेर पुस्तक छाप्ने र नेपालमा बेचेर मनग्य नाफा कमाउने कार्यमा अंकु...असार ८ २०७६ ekhabarnepal
काठमाडौँ, असार ८ गते । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रति...
असार २ २०७६ ekhabarnepal
बुटवल,असार २ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले ल्याएको बजेट लक्षित समूदायतर्फ केन्द्रीत रहेको दावी गरेका छन् । मुख्यमन्त्री पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा पनि कुनै शंका नगर्न आग्रह गर्नु भएको छ । प्रदेश सरकारले हिजो सार्बजनिक गरेको बजेटका सम्वन्धमा आज ...
असार १ २०७६ ekhabarnepal
काठमाडौं, प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३६ अर्व ४१ करोड ६८ लाख बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्रालय समेत सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिँदै बजेट ल्याउनुभएको छ । कुल बजेटको चालु खर्च तर्फ १३ अर्व ४५ करोड छुट्याइएको छ जुन ३६.९४ प्...
जेठ ३१ २०७६ ekhabarnepal
काठमाडौं जेठ ३१ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको ...
जेठ २४ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २४ गते । विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैङ्कका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र सात ...
जेठ २३ २०७६ ekhabarnepal
'बजेट समाजवाद उन्मुख' काठमाडौं जेठ २३ अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को वर्ष पनि लक्ष्य अनुसार पूँजीगत खर्च गर्न नसकिने बताएका छन्। संसदमा बजेट माथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन्। ‘पूँजीगत खर्च लक्ष्य अनुसार गर्न सकेका छैनौँ। यो दशकौँको इतिहास हो। हामीले पूँजीगत खर्चलाई चा...
जेठ २३ २०७६ ekhabarnepal
काठमाडौं, जेठ २३ अर्थमन्त्री युवराज खतिवडाले फराकिलो हुँदै गएको व्यापार घाटाबाट धेरै चिन्तित हुनु पर्ने कारण नभएको बताएका छन्। देशमा आर्थिक गतिविधिमा भएको विस्तारले आयात बढेको र त्यस्तो आयातको मूल्य केही समयपछि देशले पाउने भएकाले यसबाट आत्तिन नहुने उनको भनाइ छ। विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट बुलेटिन सार्वजनिक कार्यक्रमलाई सम्बोध...
जेठ २२ २०७६ ekhabarnepal
काठमाडौं,जेष्ठ २२ निर्यातजन्य वस्तु उत्पादन गर्ने विभिन्न संघ संथाले नयाँ उद्योग सञ्चालन भएदेखि ५ वर्षसम्म आयकर छुटको माग राखेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल गार्मेन्ट उद्योग संघ,नेपाल पस्मिना उत्पादन संघ, नेपाल कार्पेट उद्योग संघ, नेपाल हस्तकला महासंघ, नेपाल फेल्ट उद्योग संघ र नेपाल सिल्क एसोसियसन र नेपाल तयारी पोशा...
जेठ २२ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २२ नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँले घटाएको छ। बुधबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ घटाए पनि अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत रहेको नपाल आयल निगमले जनाएको छ। साथै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि यथावत रहेको नेपाल आयल निगमले जनाएकाे छ। मूल्य घटे...
जेठ २० २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २० लगानी बोर्डले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न फिलिपिन्सको ग्रिनइनर्जी सोलुसन इन्कर्पोरेसनलाई अनुमति दिएको छ । सातै प्रदेशमा करिब ५ सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सम्बन्धी अध्ययनका लागि अनुमति पत्र दिने निर्णय भएको बोर्ड कार्यालयले जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो...
जेठ १६ २०७६ ekhabarnepal
काठमाडौं,जेठ १६ । सरकारले आगामी आर्थिक वर्षको लागि करका केही दर हेरफेर गरेको छ । राजस्व संकलनको दायरा बढाउने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीमाथि केही फेरबलल गरेका हुन् । सरकारले सरोकारवालाले सुझाव दिएअनुसार कर संरचना कायम गरेको छ । विशेष गरी निजीक्षेत्रले बजेटपूर्व दिएको सुझावअनुसार कयौं व्यवस्था गरेको छ । करको दर र कर प्र...
जेठ १५ २०७६ ekhabarnepal
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षसम्म २ दर्जन वस्तुमा आत्मनिर्भर हुने घोषणा गर्दै स्वदेशी वस्तु तथा उत्पादनको उपभोगलाई अभियानको रुपमा चलाइने बताएका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले बढी भन्दा बढी वस्तु तथा उत्पादनमा आत्मनिर्भर बन्नका लागि बन्द र रुग्ण उद्योग संचालनमा...
जेठ १५ २०७६ ekhabarnepal
काठमाण्डौ । संभवत इतिहासमै पहिलोपटक सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरको सीमा घटाएका छन् भने बजार तथा लगानीकर्ता प्रोत्साहित हुने अन्य थुप्रै कार्यक्रम समेटेका छन् । बजेट प्रस्तुत गर्दै उनले त्यस्तै बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभ...