समाज

नेपाल मेडिसिटी अस्पतालबाट चिकित्सक टोली बारामा (फोटो फिचर सहित)

चैत्र १८ २०७५   ekhabarnepal

काठमाडौँ चैत १८, ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले हेलिकप्टरमा चिकित्सक, उपकरणसहितको टोली बारा पुगेको छ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्साको विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भएको छ । बिनासकारी हुरीका कारण ३३ जना भन्दा बढीको मृत्यु भइसकेको र ४ सय भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् । नेपाल मेडिसिटी अस्पतालको चिक...

बारा–पर्सामा भिषण हावाहुरी:उपराष्ट्रपतिका छोरा 'दीपेश पुन उद्धारकार्यमा सक्रिय'

चैत्र १८ २०७५   ekhabarnepal

काठमाडौं चैत १८, बारा–पर्सामा गएराति आएको भिषण हावाहुरले क्षति पु¥याएका स्थानको उद्धारकालागी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन बारा–पर्सा पुग्नु भएको छ । आइतबार राति अकस्मात आएको हावाहुरीले क्षति पु¥याएका स्थानको उद्धार गर्न दिपेश साथीहरूसहित बारा–पर्सा पुग्नु भएका हो ।दीपेशले बिरामीहरूको उपचारका लागि रगत अभाव भएपछि आफैले रक्तदान...

हावाहुरीको वितण्डाबाट कम्तीमा ३४ जनाको मृत्यु

चैत्र १८ २०७५   ekhabarnepal

प्रधानमन्त्री ओली बारा र पर्सा जानुहुँदै काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । ...

'अपहरणको नाटक' गरी फिरौती माग्ने पक्राउ

चैत्र १७ २०७५   ekhabarnepal

काठमाडौंं चैत १७, अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । ...

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चैत्र १७ २०७५   ekhabarnepal

चन्द्रौटा, चैत १७ गते । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको ...

अन्तराष्ट्रिय लगानी सम्मेलनमा १६ वटा परियोजनामा सहमति

चैत्र १६ २०७५   ekhabarnepal

काठमाडौं, चैत १६ अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले सोचेभन्दा बढि परियोजनामा पारम्भिक सम्झौता भएको छ । सरकारले सम्मेलनपूर्व १२ वटामा सहमति हुने बताएपनि सम्मेलनको अन्तिम दिन १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको हो । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ भने १५ वटामा हस्ताक्षर भएको छ । यस्तो छ १५ परियोजना युएईको सर्रा...

केरुङ–काठमाडौँ रेलमार्गको डिपिआर छ महीनाभित्रटुङ्गो लाग्ने

चैत्र १६ २०७५   ekhabarnepal

काठमाडौँ, चैत १६ गते । सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तय...

पहिचानका आधारमा प्रदेशको नाम राख्न माग

चैत्र १५ २०७५   ekhabarnepal

बुटवल, चैत १५ । प्रदेश ५ को नामाकरण मगरात–थरुवान हुनु पर्ने माग गर्दै आदिवासी जनजातिहरुले बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ को अगुवाइमा पहिचानका आधारमा प्रदेशको नाम राख्न माग गर्दै शुक्रबार बुटवलमा शक्ति प्रदर्शन सहित आमसभा गरेका हुन् । सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका के...

अधिकृत अन्सारी '३५ हजार घुस सहित पक्राउ'

चैत्र १५ २०७५   ekhabarnepal

विराटनगर चैत १५, मोरङका एक अधिकृतलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । डिभिजन वन कार्यालय सहायक वन अधिकृत सलाउद्दीन अन्सारीलाई विराटनगरबाट ३५ हजार घुससहित आयोगको टोलीले पक्राउ गरेको हो । उनले मोरङको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गरेका थिए । ल...

दाङमा सकियो 'शपथ कार्यक्रम'

चैत्र १५ २०७५   ekhabarnepal

घोराही चैत १५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । बिहीबार तुलसीपुर र घोराहीका पदाधिकारी एवं सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा पार्टी एकताको काम सकिएको हो । नेकपा जिल्ला कार्यदलका सदस्य टीकाराम खड्काका अनुसार बिहीबार घोराही र तुलसीपुर उपमहानगरका पदाधिकारी एवं सदस्यलाई बेग्लाबेग्लै कार्...

तीन वर्षमा गरीबी एकतिहाइले कम गरिने

चैत्र १५ २०७५   ekhabarnepal

काठमाडौँ, चैत १५ गते । सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ । देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ । सरकारले सन् २०२२ सम्म यसलाई १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीबी न्यूनीकरणका लागि तयार पारेको गरीबी निव...

पूर्वराज्यमन्त्री साहसहित सात जनालाई जन्मकैद

चैत्र १४ २०७५   ekhabarnepal

जनकपुर, चैत १४ ५ जनाको ज्यान जानेगरी जनकपुरमा भएका बम काण्डमा तत्कालिन सांसदसहित सात जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ६ वर्ष अगाडिको सो काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इ...

'प्रधानमन्त्रीको रोजगार कार्यक्रम':बेरोजगारको तथ्याङ्क सङ्कलन कार्य शुरु

चैत्र १४ २०७५   ekhabarnepal

म्याग्दी चैत १४, म्याग्दीका पाँच स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका कूल ३८ वडाबाट बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु...

खाँनको हत्यारा साझसम्म पक्राउ गरिनेछ: प्रहरी उपरिक्षक थापा

चैत्र १४ २०७५   ekhabarnepal

बुटवल चैत्र १४, बुटवल मैनाबगरमा हिजो साझ हत्या गरीएका फिरोज खाँनको हत्यामा सम्लग्नहरु आज साझसम्म पक्राउ गर्ने दाबी प्रहरीले गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले घटनामा सम्लग्नको करिव नजिक प्रहरी पुगिसकेको र साझ सम्ममा पक्राउ पर्ने बताउनु भएको छ ।प्रहरी प्रमुख थापाले गोली हान्नेको पहिचान भइसकेको र केही प्रमाण भेटिएको ...

दुई किशोरलाई 'जन्मकैदको फैसला'

चैत्र १४ २०७५   ekhabarnepal

गाईघाट चैत १४, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अ...

लुम्बिनी संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

चैत्र १३ २०७५   ekhabarnepal

काठमाडौँ,चैत्र १३ विश्व सम्पदामा सूचीकृत लुम्बिनी संरक्षण गर्न माग माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणमा प्रतिकूल असर गर्ने गरी निजी उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै बुधबार रिट दर्ता भएको हो । केही व्यक्तिको स्वार्थपूर्तिको लागि प्रदूषणयुक्त निजी उद्योगलाई ...

बन्द फिर्ता लिन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

चैत्र १३ २०७५   ekhabarnepal

(रासस) काठमाडौँ, चैत १३ गते । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ...

अपाङ्गता भएका व्यक्तिलाई 'परिचयपत्र वितरण'

चैत्र १३ २०७५   ekhabarnepal

बुटवल चैत १३, बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण शुरु गरेको हो । उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गर...

जापानमा रोजगारी: भाषाको पछि नलाग्न आग्रह

चैत्र १३ २०७५   ekhabarnepal

बीबीसी नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका लागि नयाँ बजार खुलेको छ। तर जापानले नेपाली कामदार लैजाने गाइँगुइँ चलेदेखि नै निजी क्षेत्रले केही महिना पहिलेदेखि धमाधम जापानी भाषा सिकाउने संस्था खोलेका थिए। कतिपय युवाले भाषा सिकेको प्रमाणपत्र बोकेर कामदारका रूपमा जापान जाने पर्खाइमा रहेको बताउने गरेका ...

हावाहुरीका कारण 'भत्कियो त्रिशुलीनदी माथीको पुल'

चैत्र १२ २०७५   ekhabarnepal

धादिङ चैत १२, हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका वडा नं १ र नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं ५ मा जोड्ने त्रिशुलीनदीमाथी को निर्माणाधीन पक्की पुल भत्किएको छ । धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नको लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्र...

आजदेखि 'लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन' शुरु

चैत्र १२ २०७५   रासस

रुपन्देही चैत १२, लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेला...

गेसोद्वारा ३ महिने आन्दोलनको घोषणा

चैत्र ११ २०७५   ekhabarnepal

काठमाडौं,चैत ११ काठमाडौं– गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पेन्सनलगायतका सेवा, सुविधा समान रुपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वा...

श्रम सम्झौतामा 'दुई देशबीच हस्ताक्षर'

चैत्र ११ २०७५   ekhabarnepal

काठमाडौ चैत ११, जापानमा नेपाली कामदार लैजाने बिषयमा श्रम सम्झौता भएको छ। सोमबार कामदार आपूर्तिबारे सहकार्यको समझदारीमा दुई देशबीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीमा हस्ताक्षर भएको हो।नेपाली कामदारलाई सरकारी संयन्त्रबाटै लैजाने गरी सम...

आज मौसम बदलीसँगै वर्षाको सम्भावना

चैत्र ११ २०७५   ekhabarnepal

काठमाडौं चैत ११, पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना...

चार घर जलेर नष्ट:रु१२ लाख बराबरको क्षति

चैत्र ११ २०७५   ekhabarnepal

इनरुवा चैत ११, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै ...

उजुरीको तुलनाले हेर्दा प्रदेश ५ मा 'बढ्यो भ्रष्टाचार'

चैत्र १० २०७५   ekhabarnepal

बुटवल चैत्र १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा उजुरी परेको तुलनामा निकै कम मुद्दाहरुमात्र फच्र्यौट हुने गरेको देखिएको छ । अख्तियारको बुटवल कार्यालयमा परेको १ हजार १ उजुरी परेकोमा ४ सय ९२ उजरीको मात्र फच्र्यौट भएको पाईएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुटवलमा गरेको अन्तरक्रियामा कार्यालयले प्रस्तुत...

निर्मला हत्या प्रकरण:'एसपी विष्टलाई धरौटीमा रिहा'

चैत्र १० २०७५   ekhabarnepal

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । विष्टलाई अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा स...

एसईई दिने 'एक किशोरीले गरिन आत्महत्या'

चैत्र १० २०७५   ekhabarnepal

पाल्पा चैत१०, आज देखिको सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.६ यम्घा गुँगा भुटेकेकी १६ वर्षकी मनिषा विकले काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।स्थानीय गुंगा माध्यमिक विद्यालयबाट एसईई परिक...

आजबाट शुरु भएको 'एसईई परीक्षामा सांसद, कलाकारदेखि वृद्धासम्म'

चैत्र १० २०७५   ekhabarnepal

काठमाडौं चैत १०, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई) आजदेखि शुरु भएको छ । एसईई परीक्षामा नेकपा सांसद शान्ता चौधरी जेष्ठ वृद्धा युग माया कार्की र चलचित्रकर्मी करिश्मा मानन्धर सहभागी हुनुभएको छ । सांसद चौधरीले महेन्द्र मावि तुल्सीपुरबाट परीक्षा दिइरहनुभएको छ । ६७ वर्षीया युग माया कार्की काठमाडौंको सिद्धेश्वर मावि केन्द्रबाट परीक्ष...

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगराैँ - सञ्चारमन्त्री बाँस्कोटा

चैत्र ९ २०७५   ekhabarnepal

काठमाडौँ, चैत ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो ः नीतिगत बहस’ कार्यक्रममा आज उहाँले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समा...

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

चैत्र ९ २०७५   ekhabarnepal

भक्तपुर, चैत ९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा...

अनलाइनबाटै बुझाउन सकिन्छ 'कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर'

चैत्र ८ २०७५   रासस

काठमाडौँ चैत ८, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस क...

शिक्षामन्त्री 'पोखरेल अस्पतालमा भर्ना'

चैत्र ८ २०७५   ekhabarnepal

काठमाडौ चैत ८, शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना हुनभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना हुनु भएको हो । मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आउनु भएको थियो । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो ।मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार गरिरहेको र उहाँ...

यस्तो वन्दैछ बुटवल–नारायणगढ सडक

चैत्र ८ २०७५   ekhabarnepal

बुटवल, चैत्र ८ पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणघाट खण्डको सडक विस्तारको उद्घाटन आजै प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । राष्ट्रिय गौरवका आयोजना अनतर्गत यो सडक विस्तार हुन लागेको हो । दुई लेनबाट ६ लेनमा विस्तार गर्न लागिएको बुटवल–नारायणगढ खण्डको निर्माणका लागि सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले चाइना स्टेट कन्स्ट्रक्सन ...

सभ्य तरिकाले होली मनाउन सुझाब

चैत्र ६ २०७५   ekhabarnepal

बुटवल, चैत ६ ः फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनिहरुले पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले होली मनाउन सुझाब दिए । सञ्चारिका समुह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको होलीको मौलिकता र विकृति विषयक अन्तर्किया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी...

तिलोत्तमाले रगतको सेवा शुल्क भुक्तानी दिने

चैत्र ६ २०७५   ekhabarnepal

तिलोत्तमा, चैत्र ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई चाहिने रगतको सेवा शुल्क भुक्तानी गर्ने भएको छ । ५८ औं नगर कार्यपालिका बैठकले रक्तसञ्चार सेवा केन्द्रहरुबाट नगरबासीले लिने रगतको ‘ल्याव चार्ज’ भुक्तानी गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नगरबासीहरु बिरामी भएर रक्तसञ्चार केन्द्रबाट रगत लिँदा त्यसबापत लाग्ने सेवा शुल्कको बिल नग...

होली मनाउन जाने क्रममा मृत्यु!

चैत्र ६ २०७५   ekhabarnepal

धादिङ चैत ६, होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा म...

'दक्षिण एशियाकै लामो र अग्लो झोलुङ्गे पुल'को निर्माण कार्य शुरु

चैत्र ६ २०७५   रासस

पर्वत चैत ६, लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणको काम शुरु भएको हो । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ...

१५ सरकारी गाडी सहित ३०० सवारी साधन नियन्त्रणमा

चैत्र ६ २०७५   ekhabarnepal

काठमाडौं । होलीको सुरक्षार्थ खटिएको ट्राफिक प्रहरीले अहिलेसम्म ३ सय बढी सवारी साधन नियन्त्रणमा लिएको छ । जस अन्तर्गत अनुमतिपत्र बिना चलाइएका १५ सरकारी गाडी नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर चलाइएका १४, लापरवाही गरी चलाइएका १५, कागजपत्र बिना चलाइएका १ सय ८६ सवारी साधन नियन्त्रणमा लिएको छ । त्यस्तै बिना हेलमेट चलाईएका १७, दुई पांग्रेम...

होलीमा जबरजस्ती गरे १०० मा फोन गर्नुहोस; तुरुन्त हिरासतमा लिइनेछ

चैत्र ६ २०७५   ekhabarnepal

बुटवल चैत्र ६, प्रहरीले बुधबारको होली पर्वलाई लक्षित गर्दे विशेष सुरक्षा योजना लागु गरेको छ । प्रहरीले कसैले इक्ष्छा बिपरित रङ दलेमा या लोला हानेमा कारबाही गर्ने गरी सुरक्षा योजना लागु गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले कसैले जबरजस्ती गरे प्रहरी कन्ट्रोल रूम १०० मा फोन गर्न आग्रह गरे ...

'नक्कली नोटको कारोबार' गर्दै आएका दुई जना पक्राउ

चैत्र ६ २०७५   ekhabarnepal

काठमाडौ चैत ६, काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर...

समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह

चैत्र ६ २०७५   ekhabarnepal

काठमाडौँ, चैत ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गर्नुभएको छ । ‘देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुप...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

चैत्र ५ २०७५   ekhabarnepal

काठमाडौं,चैत ५ (रासस) । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आ...

यसकारण क्रान्तिकारीद्धारा 'त्रिभुवन विश्वविद्यालयको कार्यालयमा तालाबन्दी'

चैत्र ५ २०७५   रासस

काठमाडौँ चैत ५, विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका...

होली पर्व लक्षित 'विशेष सुरक्षा': 'इच्छा विपरित' लोला हानेमा सार्वजनिक मुद्दा

चैत्र ५ २०७५   ekhabarnepal

काठमाडौं चैत ४, सरकारले होली पर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरेको छ । काठमाडौं प्रहरी परिसरले बुधाबार मनाइन लागिएको होलीको अवशर लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको बताएको छ । सुरक्षा तयारी अनुशार, कसैको इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारी समेत छ । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले होली पर्व...

निर्मला हत्या प्रकरण:एसपी विष्ट जिल्ला अदालतमा हाजिर

चैत्र ५ २०७५   ekhabarnepal

काठमाडौं चैत ५, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको आरोप लागेका पूर्व एसपी दिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा हाजिर हुनुभएको छ । अदालत उपस्थित हुनुपर्ने भन्ने खालको सूचना पाएर अदालतमा उपस्थित भएको हुुँ।’ विष्टले भन्नुभयो ।गत साउन १० गते बालिका पन्तको बलात्का...

ट्रक खोलामा खस्दा एकको मृत्युु

चैत्र ५ २०७५   ekhabarnepal

चितवन चैत ५, चितवनमा ट्रक खोलामा खस्दा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एकजनाको ज्यान गएको हो । ज्यान गुमाएका पुरुषको पहिचान नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते २ महिला र...

सहकारी संस्थाद्धारा 'घरबास निर्माण कार्य शुरु'

चैत्र ४ २०७५   रासस

भद्रपुर चैत ४, स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सो सहकारीलाई चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन...

हाइस दुर्घटना हुँदा १० जना घाइते,२ को अवस्था गम्भीर

चैत्र ४ २०७५   ekhabarnepal

डडेल्धुरा चैत ४, डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेत मा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो । घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बर...

च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्कमा क्षय हुने जोखिम घट्न सक्छ

चैत्र ३ २०७५   ekhabarnepal

बीबीसी सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ। मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्र...
To Top