असार १६ २०७४ रासस
दाङ -बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा ९माओवादी केन्द्र०का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी हुनुभएको हो । विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला स...
असार १६ २०७४ .
काठमाडौं– बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ । ७ स्थानको नतिजा आउँदा कांग्रेसले तीन स्थानीय तह जितेको छ । यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...
असार १५ २०७४ रासस
पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...
असार १५ २०७४ .
काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०,...
असार १५ २०७४ .
बुटवल । प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डेयको पक्षमा ६०३ मत परेको छ। यसैगरी एमालेका शि...
असार १५ २०७४ .
गुल्मी । गुल्मीमा दुई गाउँका वडा अध्यक्षमा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ । गुल्मीको रुरु गाउँपालिकाको वडा नम्वर एकमा माओवादीकेन्द्र र काग्रेसको तालमेललाई तोड्दै एमालेका उम्मेदवार रामवहादुर विक बिजयी हुनुभएको छ । त्यस्तै गुल्मी दरवार गाउँपालिकाको वडा नंम्वर एकमा पनि एमाले उम्मेदवार रामवहादुर पल्ली विजयी हुनुभएको छ । यी गाउँपालिका प्रमुख र...
असार १५ २०७४ .
दाङ । काँग्रेसको किल्ला मानिने दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरी प्यानलसहित विजयी हुनु भएको छ । त्यसैगरी उक्त वडामा एमालेकै महिला सदस्यमा नन्दाकुमारी बस्नेत, दलित महिला सदस्य अमृता विक र सदस्यमा जानकी चौधरी, उमेश चौधरी विजयी हुनु भएको छ ।
असार १५ २०७४ .
काठमाडौं।दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गढानामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ । वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोक...
असार १५ २०७४ .
रोल्पा असार,१५ । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले सुकिदह विजयी भएको छ । गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।
असार १५ २०७४ .
नवलपरासी असार १५। नवलपरासीको प्रतापपुर १ बाट काँग्रेसले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका मानबहादुर चौधरी विजयी भएको निर्वाचन अधिकृत माधव ढुंगानाले जानकारी दिए । उनले ५ सय ६१ मत ल्याएका छन् । वडा अध्यक्षमा एमालेका उम्मेदवार गोमन प्रसाद थारुले ३ सय २६ मत ल्याए। त्यस्तै, महिला सदस्यमा कल्पना चौधरी, दलित महिला सद...
असार १४ २०७४ .
रुपन्देही, असार १४ । ५ नं प्रदेशमा पर्ने तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र नवलपरासीमा चुनाव शान्तिपूर्ण रुपमा चलिरहेको छ । चुनाव बहिस्कार गरेको राजपाले केही अवरोध गर्नसक्ने आशंका गरिएको यी तीनजिल्लाका सबै मतदानकेन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् । त्यहाँ राजपा लगायतका चु...
असार १४ २०७४ .
रोल्पा,असार १४ रोल्पा नगरपालिका वडा नम्बर १० दबाङस्थित भनभने मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतपेटिकामा प्रज्वलनशील पदार्थ खसाल्दा एउटा मतपेटिका जलेको छ। त्यहाँ एसिड खसालिएको थियो। प्रहरीले कसले यस्तो गर्यो भन्ने खुल्न नसकेको बताएको छ। अहिले सो केन्द्रको मतदान स्थगित भएको छ। एसिडले चार वटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हा...
असार १४ २०७४ .
बुटवल असार १४ । बुटवल उपमहानगरपालिकामा अझै सम्म पनि मतदान सुरु हुन सकेको छैन । वर्षात्का कारण अझैसम्म पनि मतदान सुरु हुन नसकेको हो । पानीका कारण डिभिजन कार्यालयको मतदानस्थल लगायतका अधिकांश मतदानस्थलमा मतदान सुरु हुन नसकेको हो । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मतदान गर्ने मतदान केन्द्रमा पानीका कारण उनले अझैसम्म पनि मतदान गर्न नपाएको गुनासो ...
असार १४ २०७४ .
रोल्पा असार,१४ । सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् । रोल्पामा १० स्थानीय तह छन् । रोल्पामा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा चुनावी प्रतिस्पर्धामा छन् ।
असार १४ २०७४ .
तम्घास ,असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेताहरु उत्साही भएर मतदान गरेका छन् । यसै क्रममा प्रदेश नम्बर ५ अन्तर्गत गुल्मी जिल्लाबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बिहानै मतदान गरेका छन् । उनले रुरु गाउँपालिका ४ बम्घा निमावि मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् । उनले निकै उत्साही हुँदै फेसबुक र ट्वीटरमा फोटोसमेत पोष्ट ग...
असार १४ २०७४ .
बुटवल असार १४ । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ । ५ बजेभित्र मतदान...
असार १३ २०७४ .
काठमाडौं असार १३ –स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका ह...
असार १३ २०७४ रासस
काठमाडौँ, असार १३-आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभि...
असार १३ २०७४ .
काठमाडौं असार १३ – गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन मार्गचित्र सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् । गृहमन्त्र...
असार १३ २०७४ रासस
रामपुर असार १३ । नेपाली काँग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ । काँग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । उनीहरुले पार्टी...
असार १३ २०७४ .
काठमाडौं असार १३– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा...
असार १३ २०७४ .
बुटवल | निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीको बेस बुटवलमा स्थापना भएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा स्थापना भएको बेसबाट यस क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक समन्वय, निर्देशन र अनुगमन गरिने समितिले जनाएको छ । बुटवलमा समितिले आयोजना गरेको सम्मेलनमा नेपा...
असार १३ २०७४ रासस
चितवन असार १३ । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मंगलबार काठमाडौं पठाएका छन् । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद ...
असार १२ २०७४ .
असार १२ । काठमाडौं–सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पहिलो चरणको निर्वा...
असार १२ २०७४ .
काठमाडौँ, असार १२– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा सञ्चारकर्मीहरुलाई विशेष पासको व्यवस्था नगर्ने भएको छ । आयोगले मतदान तथा मतगणनाका लागि सञ्चाकर्मीको परिचयपत्रका आधारमा नै समचार संकलन गर्न दिने ब्यवस्था मिलाएको जनाएको छ । तर, आयोगले समचार संकलन तथा छायाङकनका लागि सम्बन्धित निर्वाचन अधिकृतको अनुमति भने लिनुपर्ने जना...
असार १२ २०७४ .
काठमाडौं असार १२– असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुने छ भने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतद...
असार १२ २०७४ रासस
काठमाडौँ, असार १२– दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको...
असार ११ २०७४ .
बुटवल ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोध...
असार ११ २०७४ रासस
भैरहवा असार ११,-दोस्रोचरणको स्थानीय निकाय निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । मुख्य शक्तिको रुपमा राप्रपा देखिएको यस नगरमा नेपाली काँग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र० र मधेसवादी दल पनि प्रतिस्पर्धाम...
असार ११ २०७४ .
काठमाडौं ,असार ११,– असार १४ मा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सरकारलाई नेपाली सेना परिचालन गर्ने बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा आइतबार निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी हुन् । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुर...
असार ११ २०७४ .
नवलपरासी, असार ११ । नवलपरासीको सुनवलमा चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा परी १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाले बताउनुभयो । सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल ...
असार ११ २०७४ रासस
भोजपुर, असार ११ - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे । महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एम...
असार ११ २०७४ .
नवलपरासी असार ११, – चुनाव प्रचार प्रसार गर्दा मोटरसाइकल, कार र बस प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरित भएपनि नवलपरासीका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन नवलपरासीको सुनवलका विभिन्न स्थानमा नेपाली कांग्रेसले आचारसंहिता विपरित सयौको संख्यामा मोटरसाइकल र कार चुनाव प्रचा...
असार ११ २०७४ .
काठमाडौ असार ११– दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन ...
असार ११ २०७४ .
असार ११ । काठमाडौ– दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा आज गतेदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र असार ११ ,१२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ जना मतदाताहरुलाई ...
असार ११ २०७४ .
काठमाडौँ । नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा...
असार ११ २०७४ .
कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलबस्तु नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्न...
असार ११ २०७४ .
धनगढी असार ११–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधि...
असार १० २०७४ .
मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन । देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । ओ...
असार १० २०७४ .
भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए । एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी न...
असार १० २०७४ .
सैनामैना,असार १० । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो । रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभाला...
असार १० २०७४ .
भैरहवा असार १० । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्य सबै पदको जित सुनिश्चित रहेको पूर्वमन्त्री दीपक बोहोराले दावीे गर्नु भएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरि राप्रपाले सिद्धार्थनगरमा मेयरले जित्ने आधार भनेको ३ पटक सम्म सिद्धार्थनगरको प्रमुख भई लामो अनुभव बटुलेका सागरप्रताप राणाले अहिले ...
असार १० २०७४ रासस
कञ्चनपुर,असार १० -प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् । कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद...
असार १० २०७४ .
कपिलवस्तु ,असार १० । विपक्षी दलहरुले आफ्नो पार्टीको गलत प्रचार गरेकोप्रति नेकपा एमाले शिवराज नगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । अन्य पार्टीहरुले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा भ्रामक, गलत र निराधार प्रचार गरेको भन्दै विपक्षी दलहरुको अफवाहप्रति प्रेस विज्ञप्तीमार्फत घोर भ्रत्सना गरेको हो । पार्टी कार्यालय चन्द्रौटामा पत्रका...
असार १० २०७४ .
कपिलवस्तु,असार १० । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् । यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...
असार १० २०७४ .
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् । बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले मा संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्ड एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान ...
असार १० २०७४ रासस
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबा...
असार १० २०७४ रासस
तुलसीपुर - यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर त...असार १० २०७४ रासस
भीमदत्तनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल...
असार १० २०७४ .
बुटवल,असार १०। प्रायः दलहरुले कृषि,शान्ति सुरक्षा,भाषा,संस्कृति,सञ्चार जस्ता निकै महत्वपूर्ण क्षेत्रहरुका बारेलाई महत्वका एजेण्डा बनाएको पाईदैन् । हरेक दलहरुले बिकास र पूर्वाधारका हवाई सपना मात्र बांड्ने गर्दछन् । उनीहरुका चुनावी घोषणापत्रहरु हेर्दा स्पष्ट हुन्छ । तर स्थानीय निर्वाचनमा एमाले बुटवलका एजेण्डा धेरै अर्थमा अरुभन्दा फरक छन् । अरुले ...