असोज ४ 2077 ekhabarnepal
काठमाडौं, असोज ४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकको निर्णय अनुसार सचिवालयले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । २०७५ जेठ ३ ग...
असोज ३ 2077 ekhabarnepal
बुटवल, असौज ३ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ को कारण ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले यसपटकको संविधान दिवसको कार्यक्रममा घर घरमा दिपावली गरेर भव्य रुपमा मनाउन अनुरोध गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेको सन्दर्भ उल्लेख ग...
असोज २ 2077 ekhabarnepal
बुटवल, असौज २ ५ नं. प्रदेश सरकार, मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । ती अस्पतालहरुमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा,...
भाद्र ३० 2077 ekhabarnepal
काठमाडाैं, भदौ ३० सरकारले डा. युवराज खतिवडा मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका...
भाद्र २५ 2077 ekhabarnepal
बुटवल, भदौ २५ भोलि शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो कार्यविभाजनसहितको सहमतिको प्रस्ताव तयार पारेका छन् । पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनको कार्यान्वयन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विव...
भाद्र १८ 2077 ekhabarnepal
बुटवल, भदौ १८ प्रदेश ५ को बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुप...
भाद्र १८ 2077 ekhabarnepal
काठमाडौं, भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बहुचर्चित बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम पार्टी निर्णयअनुरुप राष्ट्रियसभा सदस्यमा सिफारिश हुने जानकारी गराउनु भएको छ । ‘बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष बामदेव गौतम कमरेडलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि ...
भाद्र ९ 2077 ekhabarnepal
बुटवल, भदौ ९ मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ का प्रमुख जिल्ला अधिकारीहरुसंग गर्नुभएको भर्चुअल वैठकमा कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले दिएका मुख्य निर्देशनात्मक ...
भाद्र ४ 2077 ekhabarnepal
काठमाडौँ, भदौ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरी गठन गरेको कार्यदलको आज एक साता पुगेको छ । गत साउन ३० गते गठन भएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयको निर्देशनमा विवादको निरुपण गर्नेगरी गृहकार्य गरिरहेको छ । आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक जारी छ । गत असार १० गतेदेखि शुरु भएको स्थायी...
भाद्र ४ 2077 ekhabarnepal
काठमाडौं, भदौ ४ नेपाली कांग्रेसले निषेधाज्ञा वा लकडाउनको अवधिलाई लामो समयसम्म राख्न नहुने बताएको छ। नेपालको विगत अनुभवबाट पाठ सिक्दै निषेधाज्ञा लामो समयसम्म नराख्न र यो समयको अत्यधिक उपयोग गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ। बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा सँगै नरहेपनि आफूहरु सरकारसँगै मिले...
भाद्र १ 2077 ekhabarnepal
काठमाडौं, भदौ १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ...
साउन ३२ 2077 ekhabarnepal
काठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ । शुक्रबार गठन भएको कार्यदलले शनिबार पहिलो बैठक बसेर समस्याको पहिचान गर्ने काम गरेको छ । यसैबीच दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदलको औचित्यमाथि वरिष्ठ नेताहरूले...
साउन ३० 2077 ekhabarnepal
काठमाडौं,श्रावण ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । पार्टीभित्र देखिएका समस्या पार्टीभित्र...
साउन २२ 2077 ekhabarnepal
काठमाडौंँ, साउन २२ गते । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरे...
साउन २० 2077 ekhabarnepal
बुटवल, साउन २० माननीय मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उहाँले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिनुभएको हो । “बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष...
साउन १३ 2077 ekhabarnepal
काठमाडौँ, साउन १३ अनिश्चितकालका लागि स्थगित भएको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए। प्रचण्डल...
साउन १३ 2077 ekhabarnepal
काठमाडौँ – सत्तारुढ नेपाल कम्युष्टि पार्टीका उपाध्यक्ष बामदेव गौतम पार्टीमा देखिएको हालको संकट समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएका छन् । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर पार्टी अघि बढाउन आग्रह गरी मध्यमार्गी प्रस्ताव ल्याएका हुन् । नेता गौतमले ओली पार्टीको एकता महाधि...
साउन १० 2077 ekhabarnepal
काठमाडौं, साउन १० । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढ...
साउन ९ 2077 ekhabarnepal
डी.आर. घिमिरे २०४७ सालको कुरा हो । महिना र दिन याद भएन । सो दिन राती गुल्मीको शान्तिपुरमा जिवराज आश्रितसंगै उनी वसेका थिए । भर्र्खरै वहुदल आएको थियो । पञ्चायतको अन्त्य पश्चात् छुट्टै प्रकारको वातावरण थियो । सवैमा उत्साह थियो । अव चुनाव होला र सरकार वन्ला भन्ने पनि थियो । त्यत्तिकैमा उनी अर्थात् डा. वद्री गौतमले आश्रितसंग एउटा जिज्ञासा राखे । ...
साउन ७ 2077 ekhabarnepal
बलवहादुर आचार्य यो हप्ता नेपालको राजनीतिका दुई शिर्ष व्यक्तित्वहरु पुष्पलाल र बि.पि.कोइरालाको जन्म दिन परेकोले देशै भरी उहाँहरु र उहाँका विचार बैज्ञानिक समाजवाद र प्रजातान्त्रिक समाजवादका बारेमा चर्चाहरु भएका छन् । कतिपय मानिसहरु अव नेकपा र नेपाली कांग्रेस दुवै प्रजातान्त्रिक प्रणालीवाट राज्य संचालन गर्ने ठाउँमा पुगेकोले केही फरक भएन यी द...
साउन ६ 2077 ekhabarnepal
काठमाडौं, साउन ६ सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ...
साउन ३ 2077 ekhabarnepal
डी.आर.घिमिरे यतिवेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न किचलो वार कि पारको अवस्थामा पुगेको छ । कैयौं दिनदेखि वसेका सचिवालयका वैठक तथा स्थायी कमिटीका वैठकले पनि समाधानको सूत्र पहिल्याउन सकेको छैन । विडम्वना के छ भने सचिवालयमा नभएका स्थायी कमिटीमा भएकाहरुले स्थायी कमिटीको वैठकवाट टुंगो लगाइयोस् भन्दैछन् भने केन्द्रीय कमिटीमा रहेका र स...
साउन ३ 2077 ekhabarnepal
नेकपाको समस्या शीर्ष नेतृत्वको व्यवस्थापन प्रदीप ज्ञवाली नेता कमरेडहरु विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी नेकपा मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युन...
साउन २ 2077 ekhabarnepal
काठमाडाँँै, साउन २ गते । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो । छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस ...
साउन १ 2077 ekhabarnepal
बुटवल, साउन १ प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क मिनाहा गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ का कारण भएको लकडाउनका कारण सवारी र लाईसेन्स नवीकरण गर्न नपाएका गाडी धनी र चालकलाई आउँदो असोज मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको हो। यो निर्णयवाट व्यवसायीलाई थोरै भएपनि राहत मिल्ने विश्वास प्रदे...
असार ३० 2077 ekhabarnepal
काठमाडौँ,असार ३० रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा छ साताअघि भएको घटना नियोजित रुपमा भएको निष्कर्ष संसदीय विशेष समितिले निकालेको छ । नवराज विक प्रकरणमा बञ्चरोले हानेर ६ जनाको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्ष समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । घटनाबारे छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले मृतक युवाहरुलाई ...
असार २९ 2077 ekhabarnepal
काठमाडौँ, असार २९ गते । भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका य...
असार २६ 2077 ekhabarnepal
दलभित्र हुने बहस र विवाद नेताहरूले छलफलबाटै सुल्झाउने असार २६, आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु। केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको जानकारीले मल...
असार २३ 2077 ekhabarnepal
काठमाडौं, असार २३ संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ। ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्। पार्टी ह्वीपको उ...
असार १९ 2077 ekhabarnepal
काठमाडौं ,असार १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत दिइरहेकै वखत् दोस्रो पुस्ताका दुवै पक्षका नेताहरु एकै ठाउँमा भेला भएर पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । आज शुक्रबार दुबैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेर पार्टी एकता जोगाउन जोड दिएका छन् । जनार्दन श...
असार १९ 2077 ekhabarnepal
काठमाडौं, असार १९ नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) भएका मुलुकहरू न्य...
असार १८ 2077 ekhabarnepal
बलवहादुर आचार्य कार्यक्रमलाई सफलतामा पुराउन का लागि कार्यनीतिको महत्वपूणृ भूमिका हुन्छ । कार्यक्रम एउटा कार्यनीति अर्को प्रयोग गर्ने हो भने या त बस्तुको अवस्थामा स्थिरता आउछ या त दुर्घटना नै हुन्छ । अहिलेको अवस्था ठिक यस्तै भएको छ । जवजको कार्यनीति शक्ति संचयको कार्यनीति हो शक्ति क्षयको कार्यनीति होइन । शक्ति संचयका लागि विचार र कार्यक्रममा प...
असार १७ 2077 ekhabarnepal
बुटवल, असार १७ नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेकाे निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ । आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’ राखिएको छ । नाममा कतै पनि कमा, फुलस्टप नरहेको आय...
असार १५ 2077 ekhabarnepal
डा.युवराज संग्रौला १. अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे। अर्थतन्त्र ध्वस्त भयो। जब युद्ध समाप्त भयो, उनीहरुले उत्पादनको अभियान चलाए। छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो। सम्पूर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो। कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो। एक समय भारतको कटन बजारले बिश्वको ८५ प्रतिसत माग पूरा ग...
असार १४ 2077 ekhabarnepal
रासस काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय ल...
असार १३ 2077 ekhabarnepal
रतन भण्डारी यतिबेला नेपाल चीनबीच सीमा विवाद रहेको भन्दै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास भएको छ । "सीमासम्बन्धी प्रमाण खोज्ने सरकारी समिति"का सदस्य रमेश ढुंगेल नै २०१७ सालसम्म नेपालकै रहेको गोरखाको रुई र तेघागाउँ विना सम्झौता फँसेर तिब्बततिर परेको भन्दै बोलिरहेका छन् । नेपाल चीनबीच बिगतमा भएका सीमा सन्धि सम्झौताको अध्ययन न...
असार १० 2077 ekhabarnepal
बुटवल ,असार १० । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । उप प्रमुख रानाले प्रस्तसत गरेकी बजेट अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्य...
असार १० 2077 ekhabarnepal
बुटवल, असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि दुई अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो । संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुद...असार ९ 2077 ekhabarnepal
बुटवल, असार ८ । बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगर...
असार ८ 2077 ekhabarnepal
काठमाडौं,असार ८। कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि ‘अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिए...
असार ६ 2077 ekhabarnepal
काठमाडौं,६ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।
असार ५ 2077 ekhabarnepal
काठमाडौं, असार ५ सरकारले लकडाउनलाई व्यवस्थित बनाउनका लागि भन्दै अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई राति हिँड्न समेत रोक लगाएको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति पैदल हिँड्न समेत रोक लगाएको हो। सो सुरक्षा मापदण्डअनुसार राति १० बजेदेखि बिहान...
असार ५ 2077 ekhabarnepal
काठमाडौँ, असार ५, गते । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु ...
असार ४ 2077 ekhabarnepal
काठमाडौँ,असार ४ लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन्। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो। विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामु...
असार १ 2077 ekhabarnepal
बुटवल, असार १ आज प्रदेश सरकारले पेश गरेको वजेटमा अर्घाखाँचीले निम्न अनुसारका कार्यक्रम प्राप्त गरेको सांसद रामजी प्रसाद घिमिरेको फेसवुक वालमा उल्लेख गरिएको छ । १. अर्घाखाँची जिल्ला अस्पताललाइ ५० सैयामा स्तर उन्नती गर्ने। २. कृषिमा अर्घाखाँचीलाइ बाख्रा र कफि खेतिको श्रोत जिल्ला छनोट गरिएको। ३. चाक्ला— सन्धिखर्क— भगवती, ढुङ्ग्रेखोला— सन...
असार १ 2077 ekhabarnepal
बुटवल,असार १ । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् । बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिश...
जेठ ३१ 2077 ekhabarnepal
काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हु...
जेठ ३१ 2077 ekhabarnepal
काठमाडौं ,जेठ ३१ नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने तयारी भएको छ। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गरेकी थिइ...
जेठ ३१ 2077 ekhabarnepal
काठमाडौँ, जेठ ३१ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्काम...
जेठ ३१ 2077 ekhabarnepal
काठमाडौँ, जेठ ३१ गते । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित ...