चैत्र २५ २०७५ ekhabarnepal
एजेन्सी चैत २५, अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फ...
चैत्र २५ २०७५ ekhabarnepal
मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बर्दियाका रामु...
चैत्र २४ २०७५ ekhabarnepal
एजेन्सी चैत २४, दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबा...
चैत्र २४ २०७५ ekhabarnepal
चीन । चैत २४, करिब ३० बर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ । प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रममार्फत सहयोग पु¥याएको सं...
चैत्र २२ २०७५ ekhabarnepal
वासिङ्टन चैत २२, रासस । अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा ...
चैत्र २१ २०७५ ekhabarnepal
अल्जियर्स् चैत २१, अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको रा...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौँ चैत २०, अल्जेरियाका राष्ट्रपति अब्दुलअजीज बूतेफ्लीकाले आफ्नो पदबाट राजिनामा दिएका छन् । अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि त्यहाँका राष्ट्रपति बतेफ्लिकाले राजीनामा दिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ। २० वर्षदेखि सत्तामा आसिन ८२ वर्षे राष्ट्रपति बतेफ्लिका गत महिना पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएसँगै प...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौं चैत २०, अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् । भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।जिमले ...
चैत्र १८ २०७५ ekhabarnepal
टोकियो चैत १८, विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा...
चैत्र १७ २०७५ ekhabarnepal
बेइजिङ चैत १७, पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टे...
चैत्र १७ २०७५ ekhabarnepal
एजेन्सी चैत १७, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ । मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको ...
चैत्र १५ २०७५ ekhabarnepal
एजेन्सी चैत १५, बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं ...
चैत्र १३ २०७५ ekhabarnepal
काठमाडौं चैत १३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नाममा सम्बोधन गर्दै भारत अन्तरिक्षको महाशक्ति बन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले भने, ‘केही समयअघि मात्र भारतले अभूतपूर्व सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । विश्वका तीन देश अमेरिका, रुस, चीनले यो उपलब्धि हासिल गरेका थिए, अब यो...
चैत्र १२ २०७५ ekhabarnepal
बीबीसी चीनले विमान निर्माण गर्ने कम्पनी एअरबससँग तीन सयवटा जेट किन्ने सहमति गरेको छ। तीन विमानको मूल्य अर्बौँ अमेरिकी डलर पर्नेछ। चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्यारिस भ्रमणका बेला दुई पक्षबीच ए३२० र ए३५० एक्सडब्ल्यूबी विमान खरिदबारे एउटा सम्झौतामा हस्ताक्षर भएको हो। सीले आफ्नो युरोप भ्रमणमा अरू सहमति पनि गरेका छन्। इन्डोनेशिया ...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत ११, नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी'मा आज हस्ताक्षर हुने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापान सरकारका प्रतिनिधिबीच सम्झौता हुन लागको हो। केही दिनअघि बसको मन्त्रिपरिषद् बैठकले श्रम सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो। जापान सरकारले पहिलो पटक आप्रवासी कामद...
चैत्र ८ २०७५ ekhabarnepal
सियोल चैत ८, संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्र...
चैत्र ८ २०७५ ekhabarnepal
काठमाडौँ चैत ८, चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्। चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो। बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २।२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।
चैत्र ५ २०७५ ekhabarnepal
वासिङ्टन चैत ५, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ ।उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले...
चैत्र ४ २०७५ ekhabarnepal
वासिङटन चैत्र ४, अमेरिकाले बिहीबार पहिले प्रतिबन्धित नयाँ वर्गको मिसाइल अगस्टमा पुन परिक्षण गर्ने घोषणा गरेको छ । तर अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन यो मामिलामा धेरै अगाडि पुगिसकेको छ । अमेरिकाको नयाँ मिसाइल मध्यम दुरीमा अर्थात ३०० देखि ३ हजार माइलको निशानामा मार हान्न सक्ने किसिमको छ । १९८७ मा रुससँग गरिएको सन्धीले मध्यम दुरीको मिसाइ...
चैत्र ३ २०७५ ekhabarnepal
एजेन्सी,३ चैत । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैग...
चैत्र ३ २०७५ ekhabarnepal
जाकार्ता चैत ३, इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भए...
चैत्र १ २०७५ ekhabarnepal
क्राइस्टचर्च न्युजिल्याण्ड फागुन १, न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइ...
फागुन ३० २०७५ ekhabarnepal
काठमाडौ फागुन ३०, अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । एयरलाइन्सको विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सवै उडान ततकालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्...
फागुन २८ २०७५ ekhabarnepal
सिंगापुर फागुन २८, सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घ...
फागुन २८ २०७५ ekhabarnepal
काबुल फागुन २८, अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै सङ्ख्यामा सशस...
फागुन २७ २०७५ ekhabarnepal
वासिङटन-स्वीट्जरल्यान्ड लगातार तेस्रो वर्षमा विश्वकै उत्कृष्ट मुलुक भएको यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टले जनाएको छ । २० हजार भन्दा बढी सहभागीमा गरिएको सर्भेका आधारमा प्रकाशनले यो वार्षिक निश्कर्ष निकालेको हो ।३६ मुलुकका व्यवसायीक नेतृत्व र नागरिकले ८० मुलुकको मूल्यांकन गरेको आधारमा यो निश्कर्ष निकालिएको हो । यसमा जीवनको गुणस्तर, आर्थिक प्रभाव, ...
फागुन २६ २०७५ ekhabarnepal
एजेन्सी फागुन २६, भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ ।भारतको संविधान ...
फागुन २६ २०७५ ekhabarnepal
वार्सा फागुन २६, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ । वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो । युरोपमा रक्ष...
फागुन २६ २०७५ ekhabarnepal
एजेन्सी फागुन २६, मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार...
फागुन २३ २०७५ ekhabarnepal
वासिङटन फागुन २३, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेताव...
फागुन २३ २०७५ ekhabarnepal
नयाँ दिल्ली फागुन २३, भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन्...
फागुन २२ २०७५ ekhabarnepal
एजेन्सी फागुन २२, भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उहाँले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा...
फागुन २१ २०७५ ekhabarnepal
वाशिङ्टन फागुन २१, अमेरिकाले भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अन्त्य गर्ने भएको छ । सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न असफल भएको जनाएका छन् । भारतले भने अमेरिकाको कदमले आफ्नो ...
फागुन २१ २०७५ ekhabarnepal
नयाँ दिल्ली फागुन २१, विश्वका सर्वाधिक प्रदूषित वायु भएका १० सहरमा भारतका ७ परेका छन् । यो भन्दा पहिले धुवाले भरिएको उपाधी पाएका चिनियाँ सहरहरुले भने सुधार गरेका छन् । नयाँ दिल्ली नजिकै रहेको गुरुग्राम विश्वकै सर्वाधिक प्रदूषित सहर भएको ग्रिनपिस र एयर भिजुयलले जनाएका छन् । यो सहरमा २०१८ मा औसत वायुको गुणस्तर सूचक १३५.८ रहेको थियो । यो गुणस्त...
फागुन २० २०७५ ekhabarnepal
अलाबामा,अमेरिका,फागुन २०, अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे ज...
फागुन २० २०७५ ekhabarnepal
एजेन्सी फागुन २०, फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँले भन्नुभयो, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ । ‘कन्जरभेटिभ ...
फागुन १९ २०७५ ekhabarnepal
काबुल फागुन १९, मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको...
फागुन १६ २०७५ ekhabarnepal
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै...
फागुन १६ २०७५ ekhabarnepal
बीबीसी अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ। गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन।...
फागुन १६ २०७५ ekhabarnepal
बीबीसी भारतले आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ। पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ। उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण...फागुन १५ २०७५ ekhabarnepal
काठमाडौं फागुन १५, पाकिस्तानी सेनाले आफ्नो भूमिका प्रवेश गरेका दुई भारतीय वाुयूसेना विमान खसालेको दावी गरेको छ । नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको र एक पाइलटलाई पक्राउ गरेको पाकिस्तानी सेनाले बताएको छ । नियन्त्रण रेखा पार गरेका दुई भारतीय सेनाको जहाज मध्ये एउटा पाकिस्तान नियन्त्रणत्रित कश्मिरम...
फागुन १५ २०७५ ekhabarnepal
बग्दाद फागुन १५, इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ । इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्र...
फागुन १४ २०७५ ekhabarnepal
ढाका फागुन १४, बंगलादेशको बिमान अपहरणको प्रयास गर्ने व्यक्तिसँग खेलौना बन्दुक मात्रै भएको खुलासा भएको छ । २५ वर्षीय व्यक्तिलाई प्रहरीले गोली प्रहार गर्दा निजको मृत्यु भइसकेको छ । बीरमान एयरलाइन्सको उडान नम्बर बीजी १४७ मा १४८ जना यात्रु रहेका थिए । सो बिमानलाई चटगाउँमा सफलतापूर्वक अवतरण गरिएको थियो । अधिकारीहरुले सो व्यक्ति मानसिक रुपले अ...
फागुन १४ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १३, भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्व...
फागुन १२ २०७५ ekhabarnepal
बामाको फागुन १२, मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका ...
फागुन १२ २०७५ ekhabarnepal
विश्वका सर्वाधिक ५ सय धनीको सूचीमा भारतबाट १९ परेका छन् । तर, शीर्ष १० को सूचीमा भारतका कोही पनि परेका छैनन् । ब्लुमबर्ग अर्बपतिको सूचीमा रिलायन्स इन्ड्रस्ट्रिजका मुकेश अम्बानी १२ औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ४८ अर्ब डलर छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.२ अर्ब डलर छ । उनी अर्बपतिको सूची...
फागुन १२ २०७५ ekhabarnepal
प्योङयाङ फागुन १२, उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि रेलमार्गबाट भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी स्थानीय समयअनुसार शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् । ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनाममा हुँदैछ । पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापु...
फागुन ९ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ९, बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिक...
फागुन ९ २०७५ ekhabarnepal
मस्को । विश्वका दुई ठूला शक्तिशाली मुलुक अमेरिका र रुसबीचको तनाव झनै बढ्दै गएको छ । यसैबीच यदी अमेरिकाले युरोपमा कुनै पनि किसिमबाट परमाणु हतियार तैनाथ गर्ने कोशिश गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भनेका छन् । यस किसिमको अवस्थामा रुसले अमेरिकाका साथसाथै हतियार तैनाथ गरिएका मुलुकमाथि पनि हमला गर्न...
फागुन ८ २०७५ ekhabarnepal
बीबीसी भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि उनले जेल सजायको सामना गर्नु पर्ने भएको छ। एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत...