माघ १० २०७५ ekhabarnepal
डाभोस विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मंगलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका...
माघ १० २०७५ ekhabarnepal
बंगलादेश, माघ ९ बंगलादेशमा निजामती सेवाका लागि दिइँदै आएको विवादास्पद आरक्षण व्यवस्थालाई खारेज गरेको छ। आरक्षण व्यवस्थाका विरुद्ध पछिल्लो समय बंगलादेशमाका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। राष्ट्रपति मब्दुल हमिदले हस्ताक्षर गरेलगत्तै बुधबारको क्याबिनेट बैठकले वर्षौंदेखि चल्दै आएको आरक्षण व्यवस्थाको अन्त्य भएको घोषणा गरेको हो। आरक्षण नीतिका क...
माघ ९ २०७५ ekhabarnepal
लण्डन माघ ९, सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो ...
माघ ७ २०७५ ekhabarnepal
एजेन्सी माघ ७, मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर ८५ पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन्।यस घटनामा परी ८५ जनाको मृत्यु हुनुको साथै अन्य ५८ जना घाइते भएका यहाँको स्वास्थ...
माघ ६ २०७५ ekhabarnepal
मस्को-रुसले गत महिना नयाँ एन्टि स्याटलाईट मिसाइल प्रणालीको सफल परिक्षण गरेको अमेरिकी गुप्तचर रिपोर्टसँग जानकार स्रोतले जनाएको छ । उक्त एन्टि स्याटलाईट मिसाइल १७ मिनेटसम्म र १ हजार ८६४ माइल उडेको थियो । यसले लक्षित क्षेत्रमा मार समेन गरेको थियो ।पेन्टागनको १०८ पृष्ठ लामो मिसाइल प्रतिरक्षा समीक्षाकै समयमा यो पछिल्लो खुलासा भएको हो । यो समीक्षाले ...
माघ ६ २०७५ ekhabarnepal
न्यूयोर्क, संयुक्त राज्य अमेरिका माघ ६, चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले ...माघ ५ २०७५ ekhabarnepal
मस्क माघ५, रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले...
माघ ३ २०७५ ekhabarnepal
लन्डन माघ ३, बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । हाउस अफ कमन्समा लामो छलफल पश्च...
माघ २ २०७५ ekhabarnepal
दाभाओ सिटी माघ २, दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९...
माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २ , ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ ईयूबाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको छ। ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २ सय ३० मतले पराजित भएको हो।ब्रिटिश प्र...
पौष ३० २०७५ ekhabarnepal
एजेन्सी । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता...
पौष २९ २०७५ ekhabarnepal
बेइजिङ, चीन पुस २९, चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ । बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पन...
पौष २७ २०७५ ekhabarnepal
खार्तुम,सुडान पुस २७, सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले क...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेद हुने भएको छ । विवाहको २५ वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको हो । दुवैले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनीरुले ट्वीटरमा जारी गरेको साझा बयानमा भनेका छन्, ‘लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केह...
पौष २४ २०७५ ekhabarnepal
विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रूपमा राजीनामा दिनुभएको छ। उहाले आगामी फेब्रअरी १ देखि लागू हुने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। कार्यकाल सकिनु तीन वर्ष अघि नै राजीनामा दिनुको कारण भने केही खुलाइएको छ। उहा सन् २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित हुनुभएको थियो। क...
पौष २३ २०७५ ekhabarnepal
बेइजिङ पुस २३, चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जा...
पौष २३ २०७५ ekhabarnepal
ढाका पुस २३, शेख हसिनाले बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा आज पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट हसिनाको दलले संसदमा बहुमत हासिल गरेसँगै उहाँ पुनः प्रधानमन्त्री हुन लाग्नु भएको हो । शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौँ रासस। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विद...
पौष २० २०७५ ekhabarnepal
वासिङटन पुस २०, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ । संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेल...
पौष १९ २०७५ ekhabarnepal
बेरुत पुस १९, सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम (एचटीएस) र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यि...
पौष १९ २०७५ ekhabarnepal
चाङ्शा पुस १९, चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र...
पौष १८ २०७५ ekhabarnepal
बीबीसी चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानका जनतालाई चीनसँग "एकीकृत हुनैपर्ने"को लागि आग्रह गरेका छन्। ताइवानसँग सम्बन्ध सुधार भएको ४०औँ वर्षगाँठको अवसरमा दिइएको सम्बोधनमा सिले दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक-देश-दुई-व्यवस्थाको नीतिमा बेइजिङ प्रतिबद्ध रहेकोबारे दोहोर्याएका छन्। तर आवश्यक परे बल प्रयोग गर्ने अधिकार चीनसँग सुर...
पौष १८ २०७५ ekhabarnepal
बेरुत पुस १८, उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्ज...
पौष १६ २०७५ ekhabarnepal
सेजोङ पुस १६, दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप...
पौष १६ २०७५ ekhabarnepal
एजेन्सी पुस १६, बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ । निर्...
पौष १० २०७५ ekhabarnepal
ईभा ओन्टिभेरोस बीबीसी विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाले व्यापारिक युद्धलाई एक कदम अगाडि बढाएका छन् र प्रविधिको क्षेत्रमा अबका दिनमा कसले अगुवाइ गर्ने भन्ने विषय पेचिलो बनेको छ जुन ''नयाँ शीतयुद्ध हो''। केही हप्ता अघिसम्म चिनियाँ कम्पनी ह्वावेइ विश्वकै सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित थियो। उक्त कम्पनीस...
पौष ८ २०७५ ekhabarnepal
पुस ८ सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्यान गुमाउनेको संख्खया ६२ नाघेको छ । अहिलेसम्म कम्तिमा ६२ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । पानीमुनि पहिरो गएका कारण सुनामी आएको हो । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा...
पौष ६ २०७५ ekhabarnepal
काठमाडौं पुस ६, अमेरिकाका रक्षामन्त्री जिम म्याटिसले पदबाट अवकास लिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको भोलीपल्ट नै राष्ट्रपति ट्रम्पले रक्षामन्त्रीको अवकास घोषणा गर्नुभएको हो । आगामी फेब्रुअरीबाट म्याटिसले पद छाड्ने ट्रम्पले स्पष्ट पार्नुभएको छ । उमेरका कारण म्याटिसले राजिनामा दिने...
पौष ६ २०७५ ekhabarnepal
मड्रिड पुस ६, स्पेनको दक्षिणी क्षेत्रमा भएको भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो । “दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना ज...
पौष ४ २०७५ ekhabarnepal
वासिङ्टन पुस ४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत...
पौष ३ २०७५ ekhabarnepal
भारत पौष ३, भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु छ भने १३० जना भन्दा बढी घाइते भएका छन्। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो। गए राती भएको आगलागी दमकल पुग्दासम्म ठूलो क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन्। अस्पतालमा आगलागी भएपछि ज्यान जोगाउन छतबाट हाम फाल्दा धेरै व्यक्ति घाइते भएका ब...
पौष २ २०७५ ekhabarnepal
सोल पुस २, उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन...
पौष १ २०७५ ekhabarnepal
कोलम्बो पुस १, श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभए...
मंसिर २८ २०७५ ekhabarnepal
बेइजिङ,चीन मङ्सिर २८, चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ । यसै शिलशिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस...
मंसिर २७ २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका "खराब कार्यहरू"को आलोचना गरेका छन्। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा आरोपित रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका क्रममा जेल पुग्ने कोहेन राष्ट्रपति ट्रम्पको भित्री समूहका पहिलो सदस्य हुन्।उनले कंग्रेसलाई झूट बोलेको...
मंसिर २७ २०७५ ekhabarnepal
नयाँ दिल्ली । भारतका ५ वटा राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले लज्जाजनक हिसाबले चुनाव हारेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १० बजे ट्वीटरबाट कांग्रेस आईलाई जितका लागि बधाइ दिए । उनी सामाजिक सञ्जालमा निरन्तर आइरहने भएपनि मंगलबार भने दिनभरी मौन रहेका थिए । उनले ट्वीटरमा सन्देश दिँदै कांग्रेसका अतिरिक्त तेलंगनामा विजयी हुने क्षेत...
मंसिर २७ २०७५ ekhabarnepal
काठमाडौँ मंसिर २७, ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसद्मा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन् । उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ । जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर...
मंसिर २६ २०७५ ekhabarnepal
अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ । यो आवाज सुनेर वैज्ञानिकहरु उत्साहित छन् । उनीहरुले मंगल सतहमा भएको हावालाई पहिलो पटक सुनेको दाबी गरेका छन् । ‘इन्साइट’को सेन्सरले उत्तर–पश्चिमदेखि दक्षिण पूर्वसम्म १० देखि १५ माइल प्रतिघन...
मंसिर २५ २०७५ ekhabarnepal
एजेन्सी मङ्सिर २५, भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उहाँले राजीनामा दिनुभएको बताइएको छ ।राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपर...
मंसिर २४ २०७५ ekhabarnepal
मस्को मङ्सिर २४, रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको ...
मंसिर २१ २०७५ ekhabarnepal
इन्डोनेसिया मङ्सिर २०, इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरी...
मंसिर २० २०७५ ekhabarnepal
एजेन्सी मङसिर २०, जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले विमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । आकाशमा एउटा लडाकू विमानमा अर्को सैनिक विमानबाट तेल भर्ने क्रममा दुबै विमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले ...
मंसिर २० २०७५ ekhabarnepal
एजेन्सी। ओटावा २०, मंसिर क्यानडाले टेलिकम्युनिकेसन कम्पनी हुवावेका ग्लोबल चिफ फाइनान्सीयल अफिसर मेङ वान्झूलाई भ्यान्कुभरमा पक्राउ गरेको छ । इरानमाथि अमेरिकाले गरेको नाकाबन्दीको उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको र अमेरिकालाई सुपुर्दगी गर्ने सम्भावना रहेको क्यानडाका आधिकारीहरुले बताएका छन् । उनी हुवावेका संस्थापक चिनियाँ नागरिक रेन झे...
मंसिर १९ २०७५ ekhabarnepal
पेरिस मङ्सिर१९, फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार बताउनुभएको छ । फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि यहाँको सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लि...
मंसिर १८ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर १८, चीनले २५० किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने रेल गाडी निर्माण गरेको छ । यस रेल गाडीले पूर्वी प्रान्त झेजियाङका दुई शहरहरू निगम्बो र झोउसानबीचको दूरीलाई डेढ घण्टाबाट घटाएर आधा घण्टामा सीमित पारिदिनेछ । यसका लागि चीनले समुद्रमुनिबाट रेलवे लाइनको बिस्तार गर्दैछ । चिनियाँ समाचार एजेन्सी सिन्हुआले जनाए अनुसार चीन यसका लागि ...
मंसिर १७ २०७५ ekhabarnepal
एजेन्सी मङ्सिर १७, चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको छ । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । राष्ट्रपति सी र उहाँका श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस...
मंसिर १६ २०७५ ekhabarnepal
काठमाडौं मङसिर १६, फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा निरन्तरजस्तै प्रदर्शनहरु भइरहेका छन् । चम्किलो पहेँलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेका छन् । उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले...
मंसिर १५ २०७५ ekhabarnepal
एजेन्सी मङसिर १५, अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर छैन । भूग...
मंसिर १४ २०७५ ekhabarnepal
एजेन्सी मङसिर १४, दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताउनुभयो ।तिजुआनमा आयोजित पत्रकार सम्...
मंसिर १४ २०७५ ekhabarnepal
काठमाडौं मंसिर १४, अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन ।...