माघ ८ २०७४ ekhabarnepal
वाशिङटन डिसी माघ ८, अमेरिकामा काम गर्दै आएका मनिष पाण्डेको हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०१...
माघ ७ २०७४ ekhabarnepal
अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले अमेरिकाको प्रतिरक्षा नीति अब आतंकवादमा नभइ ठूला शक्तिहरूसँगको प्रतिस्पर्धामा केन्द्रित हुने बताएका छन्।राष्ट्रिय प्रतिरक्षा नीति सार्वजनिक गर्दै उनले संयुक्त राज्य अमेरिकाले चीन र रूस जस्ता परस्पर फरक संशोधनवादी देशबाट बढ्दो खतराको सामना गर्नुपरेको बताए। रूसलाई प्रत्यक्ष रूपमा इंगित गर्दै म्याटिसले प्रजातन...
माघ ६ २०७४ ekhabarnepal
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाको रणनीतिक परिवर्तनमा जोड दिएका छन् । अमेरिकी सेनाको प्राथमिकता अब चरपन्थीसँग लड्नुको साटो रुस र चीन जस्ता प्रतिस्पर्धीको तुलनामा शक्तिशाली बन्न तर्फ हुनुपर्नेमा उनले जोड दिएका हुन। रक्षा मन्त्री म्याटिसले अमेरिकाको रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत गर्दै चरमपन्थी भन्दा रुस र चीन अमेरिकाको सुर...
माघ ५ २०७४ .
बीबीसी दिल्ली, माघ ५ भारतको राजधानी दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठामा हेर्न पाउने छन्। एउटा मोबाइल फोनको एप प्रयोग गरेर उनीहरूले आफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन्। दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताएका हुन...
माघ ४ २०७४ ekhabarnepal
काठमाडौं माघ ३, अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोगमा कटौती गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता कोष मार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर अमेरिकाले रोकेको हो । प्यालेस्टाइनलाई दिने एक सय २५ अर्ब डलरमा अमेरिकाले अब जम्मा ६० अर्ब डलर मात्र दिने बिबिसीले जनाएको छ । राष्ट्रसंघका अधिकारीले भने अमेरिकाको पछिल्लो कदमले हजा...
माघ ३ २०७४ ekhabarnepal
राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारेको अनुसन्धान अन्तर्गत एउटा बृहत् जुरीसमक्ष बयान दिन आदेश दिइएको छ।अनुसन्धानको नेतृत्व गरिरहेका रोबर्ट मलरका प्रवक्ताले त्यसबारे कुनै प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन्। यदी उक्त विषय पुष्टि भए मलरले ट्रम्पका निकटवर्तीबाट जानकारी ...
माघ २ २०७४ ekhabarnepal
माघ २ , अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राख्ने आमा बुवालाई प्रहरीले पक्रेको छ । दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाउने ५७ वर्षका डेविड एलेन तुर्पिन र ४९ वर्षकी लुइस एना तुर्पिनलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बनाइएका मध्ये केहीलाई उनीहरुले बिस्तारामा चेन त...
माघ १ २०७४ .
सामाजिक सुधारको घोषणा एएफपी/बीबीसी ट्युनिस,माघ १ ट्युनिसियाको सरकारले एक साता लामो विरोध प्रदर्शनपछि आइतबार सामाजिक सुधारको घोषणा गरेको छ । स्वास्थ्य सेवासम्बन्धी बजेट बढाउने र विभिन्न सरकारी सेवामा सुधार गरी सामाजिक पुन:संरचना गर्ने घोषणा गरिएको हो । ट्युनिसियामा एक साता लामो आन्दोलन अन्त्य गर्न राजनीतिक दल, ट्ेरड युनियनकर्मी तथा रो...
माघ १ २०७४ .
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन्। रमल्लाहमा विभिन्न राजनीतिक गुटहरुको दुई दिने बैठकको शुरूमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। प्यालेस्टाइनको केन्द्रीय परिषद्ले अघिल्लो महिना जेरूसलेमलाई इजरेली राजधानीको मान्यता दिने ट्रम्प प्र...
पौष ३० २०७४ ekhabarnepal
गिर्जाघरको घोषणा->चौथो बच्चाका लागि चार हजार,पाँचौँका लागि पाँच हजार रूपैयाँ, सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ। भारतको उत्तर-पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ। त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कद...
पौष २८ २०७४ ekhabarnepal
गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। ३१ वटा भूउपग्रह सहितको पीएस्एल्वी-सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो। नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्।भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्...
पौष २८ २०७४ ekhabarnepal
आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध प्रहार गरेको खबर सार्वजनिक भएको छ । बिहीबार मात्र पनि सांसदसँगको छलफलमा राष्ट्रपति ट्रम्पले कामै नलाग्ने देशबाट आएका आप्रवासीलाई हामिले किन स्यार्ने भन्दै आक्रोस पोखेको र हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेक...
पौष २८ २०७४ ekhabarnepal
काठमाडौं पौष २८ , स्थलमार्गबाट हुने इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा नेपाल चीनसँग जोडिने भएपछि भारतिय एकाअधिकार तोडिने भएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिन लागेको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उदघाटन आज शुक्रवार भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूर...
पौष २७ २०७४ ekhabarnepal
श्रीलंकाले ६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको छ। महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको छ।बुधवार उक्त कानुनमा परिमार्जन गर्न लागिएको घोषणा गरिएको थियो।त्यसको अर्थ अब महिलाहरूले पूर्वस्वीकृति विनै मदिरालयबाट काम ग...
पौष २६ २०७४ ekhabarnepal
काठमाडौं पुस २६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै उनले फेरी अर्को आलोचनाको सामना गर्नुपरेको छ । ट्रम्पलाई राष्ट्रियगान भुलेको आरोप लागेको छ । अटलान्टामा एक क्याम्पसमा ...
पौष २६ २०७४ ekhabarnepal
एकजना जापानी अन्तरिक्षयात्रीले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएको तीन हप्तायता आफ्नो उचाइ साढे तीन इञ्च बढेको भन्ने गलत तरिकाले दिएको विवरणप्रति माफी मागेका छन्।नोरिसिगे कनोएले नापमा गल्ती भएको भन्दै आफू खासमा दुई सेन्टिमिटर बढेको बताएका छन्। जापानी भाषामा ट्वीट गर्दै उनले लेखेका छन्, "त्यस्तो गलत समाचारबारे ट्वीट गरेकोमा म क्षमा चा...
पौष २५ २०७४ ekhabarnepal
काठमाडौं पुस२५ , उत्तर-दक्षिण कोरियाबीच करीब दुर्इ वर्षपछि उच्च स्तरीय वार्ता सुरु भएको छ। सिन्हवाका अनुसार सीमा क्षेत्रको पानमुनजोम गाउँमा वार्ता सुरु भएको दक्षिण कोरियाका मेलमिलापमन्त्रीले बताएका छन् । दक्षिण कोरियाका तर्फबाट 'चो म्योङ गियोन'को नेतृत्वमा रहेको पाँच सदस्यीय वार्ता टोली र उत्तर कोरियाकातर्फबाट री सोन गउनको नेतृत्वमा रहेको प...
पौष २४ २०७४ ekhabarnepal
काठमाडौं पुस २४, अमेरिकामा नयाँ भिसा नीतिका कारण त्यहाँ रहेका ठूला आईटी बहुराष्ट्रीय कम्पनीहरु समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा रहेका कम्पनीहरुमा आफ्ना नागरिकलाई पहिलो प्रथमिकता दिने बताए पछि आइटी कम्पनीहरुलाई समस्या भएको हो । अमेरिकाको ठुला बहुराष्ट्रिय कम्पनीहरु गुगल, माइक्रोसफ्ट, आइबीएम जस्ता कम्पनीमा ...
पौष २४ २०७४ ekhabarnepal
पुस २४, सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्मथा सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै ...
पौष २३ २०७४ ekhabarnepal
पुस २३, फरक प्रतिभाको पहिचान गरी उनीहरुबाट काम लिनको लागि चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ । त्यसका लागि उसले प्रतिभावान विदेशीलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको बीबीसीले जनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार मल्टी (एण्ट्री भीसा अर्थात पटक/पटक प्रवेश पाउने) ...
पौष २२ २०७४ ekhabarnepal
वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर...
पौष २१ २०७४ ekhabarnepal
अमेरिकाले पाकिस्तानले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै उसलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने बताएको छ।अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको हो। यो साताको शुरुमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अरबौ...
पौष २० २०७४ ekhabarnepal
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले उनको सरकारले चुनावी अभियानका क्रममा आउन सक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन्।पत्रकारहरूलाई सम्बोधन गर्दै उनले प्रायोजित रूपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरूको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताए। नयाँ कानूनले न्यायाधीशहरूलाई झुट्टा समाचार दिने वेबसाइटहरू बन्द गराउने र व...
पौष १९ २०७४ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन "धेरै ठूलो" र "झन् बढी शक्तिशाली" रहेको बताएका छन्। दुई पारमाणविक शक्तिसम्पन्न राष्ट्रका नेताबीच बढ्दो व्यक्तिगत आरोप-प्रत्यारोपको सिलसिलामा ट्रम्पको पछिल्लो ट्वीट आएको छ।किमले यो हप्ताको सुरुमा पारमाणविक अस्त्रको बटन सधैँ आफ्नो टेबलमा रहेको ध...
पौष १९ २०७४ ekhabarnepal
स्पेन जनवरी ३, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन् ।एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै ढकालले ऐन ड्राफ्ट भइरहेको बताएका हुन्।परराष्ट्र अधिकारीहरुको टोलीलाई नेतृत्व गर्दै गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ...
पौष १८ २०७४ ekhabarnepal
महँगी र भ्रष्टाचार लगायतका विषयलाई लिएर इरानका कैयौँ शहरमा केही दिनयता सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।इरानको सरकारी सञ्चारमाध्यमका अनुसार केही हिंसात्मक प्रदर्शनमा हालसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ। राष्ट्रपति हसन रुहानीले प्रदर्शनकारीलाई सरकारको विरोध गर्ने अधिकार भए पनि शान्तिसुरक्षा खल्बल्याउने छुट नभएको बताएका छन्।यसबीचमा अम...
पौष १७ २०७४ ekhabarnepal
पुस १७, उत्तर कोरियाका नेता किम जोङ–उनले परमाणु परीक्षणको स्वीच आफ्नो डेस्कमा रहेको बताएका छन् । नेता किमले परमाणु परीक्षणको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने बताए । नयाँ वर्षको अवसरमा टेलिभिजन मार्फत प्रशारण गरिएको सन्देशमा पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको नेता किमल...
पौष १७ २०७४ ekhabarnepal
नयाँ वर्ष सन् २०१८ को स्वागतमा विश्वभर भव्य आतसबाजी, प्रदर्शनी र कार्यक्रमहरु भइरहेका छन्। मर्मतको काम भइरहेको लण्डनको बिग बेनमा पनि आतसबाजी गरिएको थियो। प्यारिसको आइफेल टावरलाई सुनौलो रंगको पारे नयाँ वर्षको स्वागत गरियो। स्कट्ल्याण्डको एडिनवारा शहरमा पनि भव्य आतसबाजी गरिएका थिए। चीनको बेइजिङल...
पौष १६ २०७४ ekhabarnepal
संशोधित पर्वतारोहण नियमावली अनुसार अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरिएको एक अधिकारीले बताए।पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको अधिकारीहरुको भनाइ छ। नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी हिमाली चुचुराहरु आरोहणक...
पौष १५ २०७४ ekhabarnepal
थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ।३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए।आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइए...
पौष १४ २०७४ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू 'निकै स्तब्ध' भएको बताएका छन्।सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन 'रङ्गे हात' पक्राउ परेको लेखेका छन्।प्योङयाङलाई तेल निर्यात गरिए समस्याको कहिल्यै 'मैत्रीपूर्ण समाधान' हुन नसक्ने ट्रम्पले उल्लेख गरेका छन्।यसअघि चीनले उत्तर कोरियासँगको तेलसम्बन्धी प्रतिबन्धलाई आफू...
पौष १३ २०७४ ekhabarnepal
इजरेलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएकोमा सम्मान व्यक्त गर्न उक्त अवधारणा ल्याइएको जानकारी दिए। यसै महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी...
पौष १२ २०७४ ekhabarnepal
अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीहरुले आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको भन्दै उनीहरुमाथि प्रतिबन्धहरु लगाएको छ।यी दुवै अधिकारीहरुको नाम गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्धहरु लगाउन प्रस्तुत गरेको प्रस्तावमा सूचिकृत थियो।संयुक्त राष्ट्रसंघले शुक्रबार १६ जना उत्तर कोरियालीमाथि प्रतिबन्धहरु लगाएको थ...
पौष ११ २०७४ ekhabarnepal
पुस ११ – दक्षिण अमेरिकी देश पेरुमा पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई क्षमा दिएको विरोधमा प्रदर्शन चर्किएको छ । पेरुका नागरिकले लगातार दोश्रो दिन पनि राजधानी लिमामा प्रदर्शन गरेका छन् । क्रिशमसको पूर्व सन्ध्यामा पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुस्जेन्सकीले फुजिमोरीलाई माफी दिनुभएको थियो । मानवअधिकारको हनन् गरेको आरोपमा २५ वर्षको जेल सजाय ...
पौष १० २०७४ ekhabarnepal
मध्यपूर्वमा एकातिर इजरेल र मुस्लिम मुलुकहरुबीच टकराव छ भने अर्कोतर्फ शिया मुस्लिम बहुल इरान र सुन्नी बहुल साउदी अरेबियाबीच शत्रुता छ।सोही शत्रुताको जगमा इजरेल र साउदी अरेबियाबीच मित्रता बढिरहेको बताइँदैछ।पछिल्ला वर्षहरुमा साउदी अरेबिया र इरानबीच शत्रुता बढ्दै गएको बताइन्छ।ती दुई देशका निम्ति अहिले यमन युद्ध मैदान बनेको छ। स्वरुप यमनमा एकात...
पौष ९ २०७४ ekhabarnepal
भेनेजुएलाले ब्रजिलका राजदूत र क्यानेडाका कार्यवाहक राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ।भेनेजुएलाको शक्तिशाली संविधानसभाकी प्रमुखले क्यानेडाले भेनेजुएलाको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरेको र आफ्नी पूर्व राष्ट्रपति जिल्मा रुसेफविरुद्ध महाभियोग लगाउँदा ब्रजिलले कानून मिचेको आरोप लगाएकी छन्।ब्रजिलले उक्त कदमले भेनेजुएलाका राष्ट्रपति निक...
पौष ८ २०७४ .
पुस ८ बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ। राँचीस्थित एक विशेष सिबिआइ अदालतले यादवलाई चारा घोटालामा दोषी ठहर गरेको हो। अदालतले लालुसहित अन्य १५ जनालाई दोषी प्रमाणित गरेपछि उनलाई अदालत परिसरबाटै पक्राऊ गरिएको छ। यद्यपि उनको सजायको घोषणा भने जनवरी ३ २०१८ मा अदाल...
पौष ६ २०७४ ekhabarnepal
राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका छन्।राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन्।अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्य...
पौष ४ २०७४ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गरेका छन् जसले 'अमेरिका फर्स्ट' वा पहिले अमेरिका भन्ने उनको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ।उक्त रणनीतिले आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिँदै कडा सीमा नियन्त्रण र बलियो सेनाको पक्ष लिएको छ।आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई विश्व मञ्चमा चुनौती दिइरहेक...
पौष २ २०७४ ekhabarnepal
पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा केही मानिस मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन्।उक्त घटना क्वेटा शहरमा भएको थियो। क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ।एएफपी समाचार संस्थाले प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै जनाएअनुसार कम्तीमा पाँच जनाको ज्यान गएको छ भने अन्य १५ जना ...
पौष १ २०७४ ekhabarnepal
व्यापारी शेरम्यान विशाल औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष थिए।प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ।एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। परोपकारी व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए।प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको ...
मंसिर २९ २०७४ ekhabarnepal
महिनौंको बहसपछि संयुक्त राज्य अमेरिकाका नियमनकारी निकायहरुले इन्टरनेट सेवा प्रदायकहरुले सबै ट्राफिकलाई बराबर ढंगले व्यवहार गर्नुपर्ने नियम खारेज गरेका छन्।संघीय सञ्चार आयोगका प्रमुख अजित पाइले 'नेट न्युट्रालिटी' भनिने उक्त व्यवस्थाको अन्त्यपछि नवीनता बढ्ने बताए।तर उक्त परिवर्तनको विपक्षमा मत व्यक्त गरेका उनका एक सहकर्मीले पछिल्लो निर्णयले इन्टरन...
मंसिर २८ २०७४ ekhabarnepal
म्यानमारमा गत अगष्ट महिनामा हिंसा मच्चिँदा कम्तीमा ६,७०० मारिएको सहायता संस्था मेडसाँ साँ फ्रन्तियर (एमएसएफ)ले जनाएको छ।हिंसाका कारण भागेर बांग्लादेश पुगेका कैयौं मानिसहरुसँग गरिएको कुराकानीमा तथ्यांक आधारित छ।तथ्यांक सरकारी अनुमानभन्दा करिब सत्र गुणा बढी छ। रोहिंज्या संकट: 'नरसंहार अस्वीकार गर्न सकिन्न' सरकारले ४०० को मृत्यु भएको जनाएको ...
मंसिर २७ २०७४ ekhabarnepal
एजेन्सी । अमरिकाको न्यूयोर्क शहरको बस विसौनीमा बम आक्रमण हुन अघिनै अकायद उल्लाहले फेसबुक मार्फत आक्रमणको चेतावनी दिएको खुलासा भएको छ ।न्यूयोर्कको बस टर्मिनलामा बम बिस्फोट गर्नु केही घण्टा पहिले बिस्फोटनकारी अकायद उल्लाहले फेसबुक मार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए । २७ बषीय बंगलादेशी नागरी अकायदले इस्लामिक स्टेट समूह के समर्थनम...
मंसिर २७ २०७४ ekhabarnepal
मंसिर २७ - संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले आफूसँगको कुराकानीमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको बताएको जनाएका छन्।प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीबीच आठ वर्षयता भएको पहिलो गम्भीर राजनीतिक वार्तामा उनीहरुले यस्तो धारणा प्रकट गरेको उनको भनाई छ।उनले उत्त...
मंसिर २६ २०७४ ekhabarnepal
नयाँ दिल्ली, २६ मङसिर - एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरिएको छ । उहाँहरुले यसका लागि यी तीन वटै देशले रणनैतिक सञ्चारको विकास र विस्तार गरी समन्वयात्मक रुपमा काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका पनि सो समाचारमा जनाइएक...
मंसिर २६ २०७४ ekhabarnepal
मंसिर २६, कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन्।चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठाइएपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन्।लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुक...
मंसिर २६ २०७४ रासस
नयाँदिल्ली, २५ मङसिर (एएफपी) : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित हुनुभएको छ । पुर्वानुमान अनुसार नै उहाँ अध्यक्षमा मनोनित हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को प...
मंसिर २६ २०७४ .
न्यू योर्क प्रहरीले म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएका छन् । न्यू योर्क शहरमा सोमबार बिहान भएको एक विष्फोटको सिलसिलामा प्रहरीले एक २७ वर्षीय बाँग्लादेशी युवालाई पक्राउ गरी सोधपुछ गरिरहेका छन्। उनको नामा अकायाद उल्लाह भएको र उनी कैयौं वर्ष अघि अमेरिका आएको समाचारहरुमा जनाइएको छ। ...
मंसिर २५ २०७४ ekhabarnepal
अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् (आइएस)का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर...