बैशाख १७ २०७५ ekhabarnepal
वैशाख १७, अफगानस्तानको राजधानी काबुलमा दुईवटा बम विष्फोट हुँदा चार पत्रकारसहित कम्तीमा २१ जनाको ज्यान गएको छ । मोटरसाइकलमा आएका आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका समाचार संस्था एएफपीका मुख्य फोटो पत्रकार शाह मराईको ज्यान गएको हो । एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेका बेला पत्रकारलाई नै लक्षित गरि गराइएको अर्को ...
बैशाख १७ २०७५ ekhabarnepal
बेइजिङ बैशाख १७, चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ ।उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी द...
बैशाख १६ २०७५ ekhabarnepal
वासिङ्टन, -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्ने...
बैशाख १४ २०७५ ekhabarnepal
बैशाख १४ एजेन्सी–उत्तर कोरियाका नेता किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपतिको पनमुनजोममा भेटघाट भएको छ। धेरै वर्षको धम्कीपूर्ण र चिसो सम्बन्ध पछि अहिले यस्तो समय आएको छ जसलाई केहि समय अगाडि कल्पना पनि गर्न सकिदैँन थियो । तर उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन्। सन् १...
बैशाख १४ २०७५ ekhabarnepal
भारतका चर्चित स्वघोषित धर्मगुरु आसाराम बापुलाई किशोरी बलात्कार गरेको ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ । राजस्थनको एक अदालतले आज सन् २०१३ मा जोधपुरस्थित आश्रममा एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको ठहर गर्दै आसारामलाई आजीवन जेल सजाय सुनाएको हो। अन्य दुई जनलाई पनि २० वर्षका दरले जेल सजाय दिइएको छ। आसारामको आश्रमले भने अभियोग अस्वीका...
बैशाख १३ २०७५ ekhabarnepal
बैशाख १३, फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्। विशेषगरी राष्ट्रवाद र 'पहिला अमेरिका' भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे। बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेलको विश्लेषण। राष्ट्रपति माक्रोँले विश्...
बैशाख १२ २०७५ ekhabarnepal
बैशाख १२, अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो । समाचारमा उल्लेख भएअनुसार टीपीएस खारेज गरी १ वर्षको समय दिएर अमेरिकी ड...
बैशाख ११ २०७५ ekhabarnepal
काठमाडौं बैशाख ११, हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ ।“वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो । “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको...
बैशाख १० २०७५ ekhabarnepal
वैशाख १०, एजेन्सी। छिटो सूचना दिने क्रममा .एक घटनाको प्रत्यक्ष प्रसारण गरि रहेको समयमा गोली लागी पत्रकार मृत्यु भएको छ ।निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय मिडियाका अनुसार उनी पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्दे...
बैशाख ९ २०७५ ekhabarnepal
बीबीसी । सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् । अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट नमूना र अन्य प्रमाण संकलन गरेका छन् । डूमा अहिले सिरिया र रुसको नियन्त्रणमा छ । दुबै पक्षले त्यस्तो...
बैशाख ७ २०७५ ekhabarnepal
संयुक्त राष्ट्रसंघ बैशाख ७, सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन् ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार गत जुन २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् । नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी समन्वय कार्यालयलाई उदृत गर...
बैशाख ६ २०७५ ekhabarnepal
अफगानिस्तान वैशाख ६, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ । सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहे...
बैशाख ५ २०७५ ekhabarnepal
बैशाख ५, संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ।पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुशको कार्यालयलद्वारा जारी वक्तव्यमा परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मीका रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ। आफ्नो जीवनकालमा श्रीमान् र छोरा दुबै अमेरिकी राष्ट्रपतिको पदमा चयन भएको देख्न प...
बैशाख ४ २०७५ ekhabarnepal
चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो।हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ।तथ्यांकहरूले विश्वको दोस्रो ठूलो ...
बैशाख ३ २०७५ ekhabarnepal
बैशाख ३ , सिरिया मामिलामा रुस र अमेरिकाबीच चलिरहेको वाकयुद्ध रोकिने छाँटकाट देखिनेवाला छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै फेरि सिरियामा कुनै सैन्य आक्रमण भए त्यसको प्रतिक्रिया जे पनि हुन सक्ने बताएका छन् । डुमामा गराइएको रासायनिक आक्रमणपछि शनिबार अमेरिकी नेतृत्वमा सिरियाका तीन ठाउँमा बमबारी भएको थियो ।र...
बैशाख २ २०७५ ekhabarnepal
बेइजिङ बैशाख २, अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो। सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्राल...
बैशाख २ २०७५ ekhabarnepal
बैशाख २ एपी सिरियामा गएको हप्ता भएको भनिएको रसायन आक्रमणको जवाफ स्वरुप अमेरिका र उसका सहयोगी राष्ट्रले सिरियामा हवाई आक्रमण गरे । रसायन आक्रमणमा संलग्न रहेको आरोप लागेको सिरियाली सेना र उसलाई सहयोग गर्दै आएको रुसले अमेरिका, फ्रान्स तथा बेलायतले संयुक्त रुपमा गरेको हवाई आक्रमणको निन्दा गरेको छ । रसायन आक्रमणको आरोप अस्वीकार गर्दै ...
चैत्र ३० २०७४ ekhabarnepal
चैत्र ३०, रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने बताएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच तिक्ताता बढ्दै गएपछि दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् ।पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बता...
चैत्र २९ २०७४ ekhabarnepal
नयाँ दिल्ली चैत्र २९, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ ।उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भा...
चैत्र २८ २०७४ ekhabarnepal
काठमाडौं चैत्र २८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस–बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन ...
चैत्र २७ २०७४ ekhabarnepal
चैत २७ , भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुसनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।स्कुल बिदा भएपछि ६० जना विद्यार्थील...
चैत्र २६ २०७४ ekhabarnepal
चैत्र २६, बीबीसी,युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्थानीय संचार माध्यमहरुका अनुसार धेरै व्यक्ति हताहत भएकोअनुमान गरिएको छ । सिरियाको बिद...
चैत्र २५ २०७४ ekhabarnepal
चैत्र २५ , सिरियाको पूर्वी गुटा नजिकैको आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको छ । सिरियाको पूर्वीय क्षेत्र गुटामा पछिल्लो चरणमा चर्केको आन्तरिक गृहयुद्धमा रसायनिक हतियारको आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा ७० जनाको ज्यान गइसकेको छ । विद्रोहीको पक्कड क्षेत्र मानिने गुटा नजिकैको क्षेत्रमा भएको हिंसात्मक विद्रोह...
चैत्र २४ २०७४ ekhabarnepal
चैत २४, ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रहरीसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेका छन् । भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै अदालतले १२ वर्ष कैद सजाय सुनाए पनि ७२ वर्षका उनले दक्षिणी ब्रजिलमा रहेको प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । लुलाले आफूविरुद्धको ठहर राजनीतिक रूपमा प्रेर...
चैत्र २३ २०७४ ekhabarnepal
क्वालालम्पुर चैत्र २३, मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधिसभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ ।उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । उहाँले आगामी कार्यकालका लागि पनि...
चैत्र २२ २०७४ ekhabarnepal
केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकले बताएको छ । ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए । फेसबुकका प्रमुख मार...
चैत्र २० २०७४ ekhabarnepal
वासिङ्टन चैत २०, करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उहाँको कार्यसम्पादनको अनुमोदन गरेका छन् ।अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो बताएका छन् । अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन् । राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको र...
चैत्र १९ २०७४ ekhabarnepal
काठमाडौँ चैत्र १९, चीनले आफ्ना सामानको सीमा शुल्क बढाउने अमेरिकी निर्णयलाई उस्तै जवाफ दिएको छ । अमेरीकामा निर्यात हुने चिनीयाँ सामानमा अमेरिकाले सीमा शुल्क बढाएपछि चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा २५ प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको छ । चीनले चीनमा निर्यात हुने १ सय २८ प्रकारका अमेरिकी सामानको सीमा शुल्क २५ प्रतिशतसम्म...चैत्र १८ २०७४ ekhabarnepal
एजेन्सी। आजकल अन्तरिक्षमा मानव बस्ती बसाउने तयारी चलिरहेको छ । तर त्यहाँ बस्न खोज्नेहरूलाई भोजन र स्वास्थ्यसम्बन्धी चिन्ता छ । जिन्दगीको ५०० घन्टा अन्तरिक्षमा बिताएकी जापानकी ६६ वर्षीया एक महिलाले खाना उत्पादनको तयारी गरेकी छन् । उनले सन् २०३० सम्ममा चन्द्रमामा कोलोनी स्थापित गर्न सकिने बताएकी छन् । अन्तरिक्ष वैज्ञानिक चिआकी मुकाई ३० ...
चैत्र १८ २०७४ ekhabarnepal
चैत्र १८, बेल्जियमको संघीय संसद्को निर्णय अनुसार एक वर्षका लागि त्यहाँका राजकुमार लोराँको मासिक भत्तामा कटौती गरिएको छ।सरकारको अनुमति विनै गत वर्ष चिनियाँ दूतावासको एउटा कार्यक्रममा जलसेनाको पोशाकमा सहभागी भएका राजकुमारको भत्तामा कटौती गरिएको हो।सांसदहरूले राजकुमारलाई दिइने भत्तामा वार्षिक १५ प्रतिशतले कटौती गर्ने पक्षमा मतदान गरेका हुन...
चैत्र १७ २०७४ ekhabarnepal
चैत्र १७, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई–दुईवटा र पनामा तथा सिंगापुरका एक–एकवटा कम्पनी परेको बीबीस...
चैत्र १६ २०७४ ekhabarnepal
चैत १६ , चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो । उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो । सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका...
चैत्र १५ २०७४ ekhabarnepal
भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए। बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ।आगलागीको खबरपछि प्रहरी चौकीक...
चैत्र १४ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १४, उत्तर कोरियाका नेता किम जोङ उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चिनियाँ संचारमाध्यमले नेता किमको चीन भ्रमण पुष्टी गर्दै ऐतिहासिक भएको जनाएका हुन् । यसअघि भ्रमणवारे अनुमानमात्र गरिएको थियो । चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा नेता उन बेइजिङ पुगेका हुन् । उनको आइतबारबाट शुरु चार दि...
चैत्र १३ २०७४ ekhabarnepal
अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ।सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो।दक्षिण कोरियाले ती अधिकारीको पहिचान थाहा हुन नसकेको बताएको छ। तर 'सावधानीपू...
चैत्र ११ २०७४ ekhabarnepal
सि चिनफिङ विचारधाराको उच्चतम् कार्यदिशा काठमाडौं, चैत १० गते । हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यसपटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रुपमा अथ्र्याएका छन् भने आलोचकले प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको कदम भनेका छन् । यही मार्च ५ मा सम...
चैत्र ९ २०७४ ekhabarnepal
काठमाडौं चैत ९ , सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अनलाइनखबरलाई बताए । सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान...
चैत्र ८ २०७४ ekhabarnepal
रुवाण्डा चैत ८, अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् । अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताउनुभयो । अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम...चैत्र ७ २०७४ ekhabarnepal
बीबीसी , म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएको उनको कार्यालयले घोषणा गरेको छ।उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन।तर एउटा औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका ७१ वर्षीय च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा चासो व्यक्त गरिँदै आएको थियो।दशकौंदेखिको सैनिक शासन अन्त्य गराएको महत्त्वपूर्ण चुनावपछि सन् २०१६ मा उ...
चैत्र ७ २०७४ ekhabarnepal
बेइजिङ,चैत्र ६ चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ। मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिए। उनले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए। प्रधानमन्त्री खछ्याङ्ले...
चैत्र ६ २०७४ ekhabarnepal
चैत्र ६, चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्न आउने भएका छन्। चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनि जापान जाने विचार गरेको बताइएको छ । ‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गरेका थिए त्यसैले यसै...
चैत्र ४ २०७४ ekhabarnepal
हेलसिन्की । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा ...
चैत्र १ २०७४ ekhabarnepal
चैत्र १ , बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले यो निर्णय गरेसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । बेलायतले रुसकाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले ब...
फागुन ३० २०७४ ekhabarnepal
फागुन ३०, भौतिक विज्ञान शास्त्रका प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा लण्डनमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको उनको परिवारले जानकारी दिएको छ । हकिङले ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। उनका तीन छोरा...
फागुन २८ २०७४ ekhabarnepal
फागुन २८, बिबिसी। भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् ।६ दिन हिँडेर नासिकबाट मुम्बई पुगेका हुन् ।मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन भएको हो । किसानले सोमबार मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गर्ने तयारी छ । सरकारले व्यवसायीको हितम...
फागुन २३ २०७४ ekhabarnepal
कोलोम्बो फागुन २३, श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ । पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा...
फागुन २२ २०७४ ekhabarnepal
काठमाडौं फागुन २२ , संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले विश्वभर नै बालविवाहको संख्यामा उल्लेख्य कमी आएको जनाएको छ। गएको दशकमा २ करोड २५ लाख बालबालिकाहरू कम उमेरमै हुने विवाहबाट जोगिएको युनिसेफको अनुमान छ। अहिले पाँच बालिकामध्ये करिब १ जनाको १८ वर्ष भन्दा कम उमेरमै विवाह हुन्छ। एक दशक अघि भने चार बालिकामध्ये १ को ...
फागुन २१ २०७४ ekhabarnepal
अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।बुर्किना फासोको राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ । घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले ...
फागुन १७ २०७४ ekhabarnepal
एजेन्सी , इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठाेकिएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले घाइतेको नजिकैकाे अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
फागुन १७ २०७४ ekhabarnepal
वाशिङ्टन फागुन १७ , अमेरिकाको वाशिङ्टनस्थित एक सैन्य अड्डामा बुधबार एक शंकास्पद पदार्थले भरिएको चिठिको खाम खोल्दा ११ जना बिरामी परेका छन् ।एफबीआईले यस मामलाको जाँच शुरु गरेको र यो खाम भर्जिनियाको आलिङ्गटनस्थित ज्वाइन्ट बेस फोर्ट मायर हेन्डरसन हलमा प्राप्त भएको बताइएको छ । उक्त खाम एक गनरी सर्जेन्ट (सातौं बरियताका सैनिक अधिकारी)ले खोलेका थि...