भाद्र १४ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १४ गते । गृहमन्त्रालयले सुर्खेतमा मृत फेला परेका गाईगोरुका सम्बन्धमा जाँज गर्न छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठित सो समितिले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने छ । सुरक्षा निकायका प्रनिनिधि समेत रहने गरी चार सदस्यीय समिति गठन गरिएको गृहमन्त्रालयबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । ...
भाद्र १४ २०७६ ekhabarnepal
बुटवल, भदौ १५ मुख्यमन्त्री शंकर पोखरेल थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु समुदायमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो, विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् भन्दै विज्ञप्तिमा...
भाद्र १३ २०७६ ekhabarnepal
सुर्खेत, भदौ १३ गते । सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन मृत गाई फेला परे पछि प्रहरीले अनुसन्धानका लागि सात जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर ल्याएकोमा बिह...
भाद्र ११ २०७६ ekhabarnepal
सुर्खेत, भदौ ११ गते । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजम...
भाद्र १० २०७६ ekhabarnepal
गान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्यूटमा भएको वैठकमा सहभागी प्रतिनिधि डी.आर.घिमिरे पहिलोपटक सन् २००६ मा उत्तर कोरिया जाँदा चिनको वेइजिङ्ग र सांघाई शहर घुमेको थिएँ । यो पटक चिनकै भ्रमणका लागि समय लिएर गान्सु प्रान्तको भ्रमणमा निस्कनु अँघि वेइजिङ्ग र सांघाई जस्तो ठूलो शहरको तुलनामा अलि फिक्का हुने हो कि भन्ने आशंका भएपनि यति वर्षपछिको समृद्व...
भाद्र १० २०७६ ekhabarnepal
रासस काठमाडौँ, भदौ १० गते । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयम...
भाद्र ९ २०७६ ekhabarnepal
काठमाडौं,भदौ ९ पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा हुने भएका छन् । नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् । पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश द...
भाद्र ९ २०७६ ekhabarnepal
अर्घाखाँची,भाद्र ९ । लामो समय देखि ओझेलमा परिरहेको अर्घाखाँचीको सितगंगा नगरपालिकामा तत्काल लेन्डलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा बिस्तारको काम सुरू गर्न सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले कर्मचारीलाई निर्देशन दिनु भएको छ । रूपन्देहीको भैरहवामा बसेको बैठकमा दुरसंचारको क्षेत्रिय कार्यालयका संबन्धित कार्यालय प्रमुखहरूलाई सितगंग...
भाद्र ८ २०७६ ekhabarnepal
चितवन,भदौ ८ : चितवनको भरतपुरमा आइतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ। आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको कोइराल...
भाद्र ८ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ८ न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र 'रूकु' भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला व...
भाद्र ८ २०७६ ekhabarnepal
बुटवल ८ भदौ । पत्रकार किशोर पन्थीद्वारा लिखित “महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे” रुपन्देहीमा अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्...
भाद्र ७ २०७६ ekhabarnepal
नवलपरासी, भदौ ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको प...
भाद्र ७ २०७६ ekhabarnepal
नगरपालिकावाट ३ लाखको अक्षयकोष स्थापना, ५ लाख राहत बुटवल, ६ भदौ । पत्रकार डायलसन अधिकारी निधन भएको सातौं दिनमा तिलोत्तमा नगरपालिका, नेपाल पत्रकार महासंघक रुपन्देही, र नेपाल प्रेस युनियन रूपन्देहीले उनको निवास तिलोत्तमा ३ मा श्रद्धाञ्जली सभा गरेका छन् । सभामा बोल्ने बक्ताहरूले निष्ठावान पत्रकार अधिकारीको निधनले पत्रकारिता जगतमा नै ठूलो क्षत...
भाद्र ७ २०७६ ekhabarnepal
बुटवल ,साउन ६ । प्रदेश ५ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरेक...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौं ३ । सिंहदरबारस्थित राष्ट्रय योजना आयोगमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको तथ्य खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट राती ११ बजे केसी कार्यालय छिरेको देखिएको बताएको हो । राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरी...
साउन ३२ २०७६ ekhabarnepal
बुटवल,साउन ३२ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो । उनको दुःखद मृत्यु पश्चात् फेसवुकमा समवेदना दिनेहरु ठूलो संख्यामा देखिएका छन्...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँ,साउन ३० गते । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मु...
साउन ३० २०७६ ekhabarnepal
घरघरमा बन्न छाडे जनै, आयात घटाउन दिन थाले तालिम काठमाडौँ, साउन ३० गते । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँँ, साउन ३० गते । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो । धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सु...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँ, साउन ३० गते । साउन शुक्ल पूर्णिमाका दिन आमतागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् । आआफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रहेका हुन्छन् । ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्ही...
साउन २८ २०७६ ekhabarnepal
काठमाडौँ, साउन २८ गते । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/र७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । ...
साउन २८ २०७६ ekhabarnepal
अर्घाखाँची,साउन २८ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्। भुमिकास्थान नगरपालिक वडा नंं. ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका वडा नं. ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए।...
साउन २७ २०७६ ekhabarnepal
बाजुरा, साउन २७ गते । साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् । गत वर्ष म...साउन २६ २०७६ ekhabarnepal
–झण्डै आठ करोडमा ठेक्का सम्झौता, एक वर्षमा निर्माण सक्ने लक्ष्य बुटवल, साउन २६ । बुटटवल उपमहानगरपालिकाले जग्गाको अभाव भएसंगै बहुतले भवन निर्माणमा जोड दिन सुरु गरेको छ । कुन क्षेत्रमा कति तलासम्मको भवन बनाउन सकिन्छ भन्ने विषयमा प्राविधिक अध्यय्न भइरहेको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधु...
साउन २६ २०७६ ekhabarnepal
कपिलवस्तु, साउन २६ : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। कपिलवस्तुको मायादेवी गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएक...
साउन २५ २०७६ ekhabarnepal
धादिङ,साउन २५ गते । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा...
साउन २४ २०७६ ekhabarnepal
बुटवल,साउन २४ । तर नेपाल पत्रकार महासंघले पत्रकारहरुवाट हुने कमजोरीलाई हटाउनका लागि ब्यावसायिक सस्थाहरुसंग छलवmल गरेको छ । मिडियाले सधैभरि सत्य मात्र गर्देन कहिलेकाँही गल्ती पनि हुन सक्छ भनेर यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो । रुपन्देही पत्रकार महासंले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो सार्वजनिक सुनवाई कार्यक्रम गैर पत्रकारहरु...
साउन २४ २०७६ ekhabarnepal
बीबीसी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्। भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ। तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुर...
साउन २४ २०७६ ekhabarnepal
धादिङ, साउन २४ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी अहिलेसम्म ३ जनाको ज्यान गएको छ भने ११ जनाको उद्धार गरिएको छ । घाईतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ ।...
साउन २३ २०७६ ekhabarnepal
बुटवल,साउन २३ । कंचन गाँउपालिकाले घरजग्गा विहिनहरुलाई आज घर तथा जग्गा हस्तान्त्ररण गरेको छ । घर र जग्गा नभएका सवै वडाका ५० परिवारहरुलाई एक–एक कट्ठा जमिन सहित २ कोठे घर हस्तान्त्ररण गरेको होे । वडा नं. १ मा ५, वडा नं.२ मा ३०, वडा नं.३ मा ५, ४ मा ५, र ५ मा ५ वटा घर हस्तान्त्ररण गरिएको गाँउपालिकाले बताएको छ । जसमा दालित समुदायका २५ र मुसहर समुद...
साउन २३ २०७६ ekhabarnepal
इनर्वा (धनुषा), साउन २३ गते । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिब...
साउन २१ २०७६ ekhabarnepal
अर्घाखाँची, साउन २१। अर्घाखाँचीको छत्रदेव गाँउपालिका भित्रका सबै घरधुरीमा सोलार बत्ती बलेको छ । गाँउपालिकाले दलित घरधुरीमा दलितघर उज्यालो कार्यक्रम अन्तर्गत सबै घरमा निशुल्क सोलार वितरण गरेको हो । निशुल्क सोलार पाएपछि दलित घरपरिवारहरु हर्षित भएका छन । आर्थिक अभावका कारण विजुली बाल्नबाट बञ्चीत दलित परिवारको घरधुरीहरु निशुल्क सोलारपाएपछि हर्षित...
साउन २१ २०७६ ekhabarnepal
बुटवल, श्रावण २१ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बुटवल १० मा रहेको बुटवल कालिका क्याम्पसको नयाँ भवनको शिलन्यास गर्नुभएको छ । करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका (१० मा निर्माण हुने क्याम्पस भवनको आज विहान एक समारोहका बिच शिलन्यास गर्नुभएको हो । शिलान्यस समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले बिकास...
साउन ९ २०७६ ekhabarnepal
काठमाडौं, साउन ९ आज (बिहीबार) तराईका भू-भागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए। ‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू- भाग हुँदै दक्षिणतिर गर्दै गएको छ,’ अर्याले नेप...
साउन ८ २०७६ ekhabarnepal
तानसेन,साउन साउन ८ पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो। रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि 'मलामी' समेत दंग भए। ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए। ...
साउन ७ २०७६ ekhabarnepal
रासस | काठमाडौं,साउन ७ : विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन ऐन बनाइनेब ताएका छन्। ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक–२०७५’ बारे प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकको छलफलमा सांस...साउन ७ २०७६ ekhabarnepal
भैरहवा, ७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बजेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ ल...
साउन ७ २०७६ ekhabarnepal
तम्घास, साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर मुत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयोे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गा...
साउन ७ २०७६ ekhabarnepal
काठमाडौँ, साउन ७ गते । हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ । रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम चिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको ...
साउन ६ २०७६ ekhabarnepal
उपभोक्ताले ५९ हजार मात्र तिरे पुग्छ काठमाडौँ,श्रावण ६ घरभित्र उत्पादन हुने कुहिने फोहोरबाट घरभित्रै ग्याँस र अर्गानिक मल उत्पादन गर्ने इजरेली प्रविधि नेपाल भित्रिएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखा परिरहेको बेला नेपालमा पहिलोपटक वातावरणमैत्री मानिने इजरेली होम बायोग्याँस प्रविधि नेपालमा भित्रिएको हो । तीन महिना...
साउन ६ २०७६ ekhabarnepal
काठमाडौँ, साउन ६ गते । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर...
साउन ४ २०७६ ekhabarnepal
शरद शर्मा/ रासस पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा नक्कली मोही खडा गरी मोहीको नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रले गरेक...
साउन ४ २०७६ ekhabarnepal
काठमाडाैं,साउन ४ बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले...
साउन ४ २०७६ ekhabarnepal
चितवन, साउन ४ गते । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो । चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँद...
साउन ३ २०७६ ekhabarnepal
बुटवल, साउन ३ माननीय मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिनुभएको छ । मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताउनुभयो । ‘असार लागेपछि बर्षायाम शुरु हुने ...
साउन ३ २०७६ ekhabarnepal
बार्षिक दुई अर्ब रुपियाँ खर्च जोगिने बारा, साउन ३ गते । भारतको पटनाबाट पाईपलाईन परीक्षणका लागि पठाईएको इन्धन शुक्रवार बिहान अमलेखगञ्ज आई पुगेको छ । पटना–मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको परिक्षणका लागि इंडियन आयल काँर्पोरेशन लिमिटेड (आईओसी) ले बिहिवार बिहान १० बजे पटना डिपोबाट पहिलोपटक पठाएको डिजेल शुक्रबार बिहान ६.०० बजे अमलेखगञ्ज आईप...
साउन ३ २०७६ ekhabarnepal
बुटवल, साउन ३ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार बुद्धकालिन संग्राहलय निर्माणमा लागेको बताउदै लुम्विनीसंग जोडिएका सडकहरुको बिस्तार र स्तर उन्नतिमा प्राथमिकताका साथ लागेको बताउनु भएको छ । पानस फाउण्डेसनको सहयोगमा उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले प्रकाशन भिजिटर गाइड पुस्तिकाको बिमोचन गर्दै प्रदेश सरकार लुम्विनीलाई पर्यटन, सम्पदा ...
साउन २ २०७६ ekhabarnepal
बुटवल, साउन २ सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्सलेन सडक डिभाइडरमा राखिएका भगवान गौतमबुद्धका मुर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगर नगर कार्यपालिकाको वैठकले घोर निन्दा र भ्रत्र्सना गरेको छ । राष्ट्रिय विभुति, शान्तिका अग्रदुत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले हामी सबै नगरबासीलाई दुःखी बनाएको छ, वैठक पछि जारी विज्ञप्तिम...
साउन २ २०७६ ekhabarnepal
बुटवल,साउन २ । रूपन्देहीको तिलोत्तमा नगरपालिले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियो...साउन १ २०७६ ekhabarnepal
तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले बुधबार नगरपालिका...