विशेष

काठमाडौँ–केरुङ रेल मार्गबारे आज वार्ता हुँदै

मंसिर १० २०७६   ekhabarnepal

काठमाडौँ,मंसिर १० अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी नेपाल–चीन वार्ता मंगलबार काठमाडौँमा हुँदैछ । नेपाल र चीनका अधिकारी अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी छलफलका लागि पाँचौँपटक वार्तामा बस्न लागेका हुन् । वार्ता काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रियाअघि बढाउने विषयमा केन्द्रित हुनेछ । वार्ताका लागि चीनको नेशनल रेलवे अथोरिट...

माथिल्लो तामाकोशीको काम ढिलो :ऊर्जा सचिव र कुलमान ठेकेदार कम्पनीको मुख्यालय भारतमै पुगे

मंसिर ९ २०७६   ekhabarnepal

रमेश लम्साल काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कम्पनी टेक्सम्या...

बढी असुलेको शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार

मंसिर ९ २०७६   ekhabarnepal

काठमाडौं, मंसिर ९ विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्। सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन्। मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन्। शिक्षा, विज्ञान ...

ऊर्जामा थप लगानीका लागि मन्त्री पुनको आग्रह

मंसिर ९ २०७६   ekhabarnepal

रासस काठमाडौँ, मङ्सिर ९ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्वि...

संवेदनशील विषयमा आपत्तिजनक अभिव्यक्ति

मंसिर ९ २०७६   ekhabarnepal

काठमाडौँ, मङ्सिर ९ गते । “भारतीय सुरक्षा बल रहेको कालापानीलगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहने छ । ” प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत कात्तिक २३ गत...

प्रेस संगठनको २३५ सदस्यीय एकता टुंगियो, यी हुन केन्द्रीय कमिटी, प्रदेश पदाधिकारी र जिल्लाको भागबण्डा (सूचीसहित)

मंसिर ९ २०७६   ekhabarnepal

काठमाडौं, मंसिर ८ । प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज एकता टुंगो लगाएको घोषणा गर्नुभएको हो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकीकरण भइ प्...

क्यान्सर विरुद्ध जुटे नेपाली युवा

मंसिर ६ २०७६   ekhabarnepal

बुटवल, ६ मंसिर | दारी ग्याङ र क्यान्सर बिरुद्ध नेपाली युवा द्वारा नेपालभर संयुक्त रुपमा आयोजना भैरहेको अबुर्द (क्यान्सर) सम्बन्धि जनचेतना आज मणिग्राममा सम्पन्न भएको छ । दारी ग्याङ बुटवलको आयोजनामा श्री शान्ति नमुना मा.वि. , मणीग्रामका कक्षा ११ र १२ मा अध्ययनरत करिब ७० जना बिद्यार्थीहरु माझ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालनको असल...

अदालतले आलमलाई थुनामा पठायो

कार्तिक २९ २०७६   ekhabarnepal

काठमाडौं, कात्तिक २९ १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा बहस गरेका वर...

नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता

कार्तिक २७ २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक २७ गते । नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ । सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक प्रतिनिधि सभामा पेस हुने छ । सरकारले नीति अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा शासकीय सुधार गर्दै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना ...

नारायणगढ–बुटवल सडक: रूख काट्ने विवादले विस्तारमा अवरोध

कार्तिक २७ २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक २७ गते । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन । सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)बारे अन्तिम स्वीकृति प्रद...

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू, शिव सेना सर्वाेच्च अदालतमा

कार्तिक २६ २०७६   ekhabarnepal

काठमाडौं,कार्तिक २६ । भारतको महाराष्ट्रमा जारी राजनीतिक गतिरोधकाबीच राष्ट्रपति रामनाथ कोविंदले राष्ट्रपति शासन लागू गरेका छन्। महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीको सिफारिसमा राष्ट्रपति कोविंदले आज साँझ संविधानको धारा ३५६ अनुसार राष्ट्रपति शासन लागू गरेका हुन्। केही समय अघि महाराष्ट्रमा सम्पन्न निर्वाचनमा कुनै पनि पार्टीले बहुमत पाएका थ...

प्रदेश-५ मा पूर्वाधार विकास प्राधिकरण गठन

कार्तिक २६ २०७६   ekhabarnepal

बुटवल,कार्तिक २६ प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्र...

कम्प्युटर एशोसिएशन नेपाल महासंघको अध्यक्षमा नवराज कुँवरको उम्मेद्वारी

कार्तिक २६ २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २६ कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को आगामी मङ्सिर ७ गते हुने १३औं कार्यसमिति निर्वाचनमा नवराज कुँवर समूहले उम्मेदवारी घोषणा गरेको छ । हालका वरिष्ठ उपाध्यक्ष रहेका कुँवर समूहले आज यहाँ आयोजित कार्यक्रममा १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो । घोषणा गरिएकामा संस्थागत साधारण समूहबाट राजन क...

डा. केसीको आमरण अनसन स्थगित

कार्तिक २६ २०७६   ekhabarnepal

अमरगढी,कात्तिक २६ गते । डडेल्धुरामा ९ दिनदेखि अनसरत डा.गोविन्द केसीले आजदेखि आफ्नो अनसन स्थगित भएको घोषणा गर्नुभएको छ । अनसन स्थलमै पत्रकार सम्मेलन गर्नुभएका डा.केसीले मुलुकमा राष्ट्रियताको मुद्दा उठेकाले हालका लागि अनसन स्थिगित भएको बताउनुभएको छ । गत सोमबारदेखि सातबुँदे माग सहित आफ्नो १७ औँ पटकको सत्याग्रह डडेल्धुराबाट थालेका डा.केसीले चार बर्...

बङ्‌गलादेशका राष्ट्रपति नेपाल आउँदै

कार्तिक २६ २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २६ : जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा ...

जापानले कृषि कामदार लैजाने

कार्तिक २६ २०७६   ekhabarnepal

काठमाडौं, कात्तिक २६ : नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदा...

शुल्क फिर्ता नगरे मेडिकल कलेजलाई कारबाही

कार्तिक २६ २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार...

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी

कार्तिक २५ २०७६   ekhabarnepal

बुटवल,कात्तिक,२५ । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १० अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश...

घुम्‍न गएका युवायुवतीलाई ब्ल्याकमेल गरी अश्लील भिडिओ

कार्तिक २५ २०७६   ekhabarnepal

दाङ, कात्तिक २३ घुम्न निस्केका युवायुवतीलाई अपहरण गरेका तीनजनालाई दाङ प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ। २३ कात्तिकमा दाङको तुलसीपुर–३, खमारीथित चमेरे गुफा घुमेर फर्कंदै गरेका एक युवा र एक युवतीलाई सोही ठाउँका बिमल वली, नवीन नेपाली र दुजबहादुर खत्रीले अपहरण गरेका थिए। उनीहरूलाई अपहरण गरेपछि कुटपिट गरिएकाे र डरत्रास देखाएर अश्लील...

लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु

कार्तिक २५ २०७६   ekhabarnepal

रासस रुपन्देही, कार्तिक २५ । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने ब...

‘लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न’ सरकारलाई संसदीय समितिको

कार्तिक २५ २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २५ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–भारत प्रबुद्ध व्यक्ति (इपीजी)ले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले नेपाल–भारत सीमामा स्थायी सुरक्षा व्यारेक स्थापना गर्न पनि सरकारलाई भनेको छ । संसद सचिवालय सिंहदरबारमा बसेको समिति बैठकले सरकारका मन्त्रीहरूसँगको छलफलपछि सरका...

सीमा विवादबारे दुई देशबीच कूटनीतिक पहल सुरू

कार्तिक २५ २०७६   ekhabarnepal

कात्तिक २५ नेपाल-भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ। दूतावासका अनुसार गएको शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन्। ...

नेकपाका आयोगलाई पूर्णता, प्रवास संगठन नबनाउने

कार्तिक २५ २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २५ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका आयोगको नेतृत्वलाई पूर्णता दिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सांगठनिक एकीकरणका सन्दर्भमा बाँकी रहेका कामहरूमध्ये सोमवारको बैठकले आयोगको नेतृत्व टुंगो लगाएको जानकारी दिए । अनुशासन आयोगकको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक ...

अलिबाबा अनलाइनको १४ घण्टामै ३२ खर्ब कारोबार

कार्तिक २५ २०७६   ekhabarnepal

चिनियाँ ई कमर्श समूह अलिबाबाको अनलाइन प्लेट फर्ममा १४ घण्टामैं २८ अर्ब २६ करोड डलर (करिब रु. ३२ खर्ब) को कारोबार भएको छ । गत मध्यरातिदेखि २४ घण्टाका लागि सिंगल्स डे अफर शुरु भएसँगै रेकर्ड परिमाणमा कारोबार भएको हो । लत्ता कपडा, घरायसी र विद्युतीय सामानदेखि विलासिताका सामानसम्म ठूलो छूट दिइएको छ । बेइजिङको मध्यराति १२ बजे कारोबार शुरु भएको ९६ स...

बुटवल–नारायणगढ सडक ४ लेनको बनाउन ४६ हजार रुख काटिने

कार्तिक २४ २०७६   ekhabarnepal

बुटवल,कार्तिक २४ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ– बुटवल खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ रुख काटिने भएको छ । जिल्ला वन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी कृष्ण देवकोटाका अनुसार रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा निर्माण हुने सडकमा त्यति रुख काटिने भएको हो। सडक निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना स्...

तिनाउ पावर हाउसको उत्पादन क्षमता बढाउन अध्ययन शुरु

कार्तिक २४ २०७६   ekhabarnepal

कात्तिक २४ । रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत उत्पादन हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् उत्पादन बढाएर तीन...

नेपाल-भारत सीमा विवाद: वर्षौंसम्म नसुल्झिनुका कारणहरू

कार्तिक २४ २०७६   ekhabarnepal

बीबीसी बुटवल, कार्तिक २४ प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा समाधानका उपायबारे छलफल गर्न शनिवार सर्वदलिय बैठक आयोजना गरेका थिए। नेपाल र भारतको सीमा अवस्थाबारे अध्ययन गरिरहेका संयुक्त सीमा कार्यदलका प्राविधिक टोलीहरूले पाँच वर्षमा अर्थात् सन् २०१९ भित्र प्रतिवेदन बुझाउने भनिए पनि त्यो सम्भव नदेखिएको नेपाली अधिकारीले बताएका छन्...

उपभोक्ता हित संरक्षण मञ्चको २९ सूत्रीय घोषणापत्र

कार्तिक २४ २०७६   ekhabarnepal

बुटवल, कार्तिक २४ उपभोक्ता हित संरक्षण मञ्च नेपालको तेइसौ बार्षिक साधारण सभा २९ सूत्रीय घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रवार र शनिवार सौराहा चितवनमा सम्पन्न साधारणसभाले अनुचित क्रियाकलापहरु व्याप्त भई बजारमा अस्तव्यस्तता र दण्ड हिनता कायमै रहेको निष्कर्ष निकाल्दै गुनासो व्यवस्थापन, नियमन र बजार अनुगमन प्रभावकारी वनाउने अभिप्रायले न...

राम मन्दिरको पक्षमा फैसला, बाबरी मस्जिद सार्न आदेश

कार्तिक २३ २०७६   ekhabarnepal

काठमाडौं, कार्तिक २३ भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको छ। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको छ। सर्वोच्चले मुस्लिमहरुलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ। ३ महिनाभित्र ट्...

नयाँ वन ऐन, अधिकार दुरुपयोगको सम्भावना

कार्तिक २३ २०७६   ekhabarnepal

काठमाडौं, कात्तिक २३ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले वन ऐन २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका पदाधिकारीले सञ्चारकर्मीसँगको अन्तक्र्रियामा महासंघले उठाएका धेरै माग वन ऐनमा समेटिए पनि अन्य केही प्रावधानले सामुदायिक वनको विकासमा चुनौती स...

सिचाई र खानेपानीको पूर्वाधार सरकारको प्राथमिकतामा–मुख्यमन्त्री पोख्रेल

कार्तिक २३ २०७६   ekhabarnepal

राप्ती नदी जलाधार गुरुयोजना निर्माण : दाङ, कार्तिक २२ । सरकारले राप्ती नदी जलाधारको गुरुयोजना निर्माण गरेको छ । रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, बाँकेलगायतका विभिन्न स्थानलाई प्रत्यक्ष फाइदा पुग्ने गरी आयोजनाहरु समेटिएको गुरुयोजना निर्माण भएको जल तथा उर्जा आयोगले बताएको छ । त्यस आयोजनामा जलविद्युत उत्पादन, सिंचाईका लागि हाइड्याम निर्माणका यो...

नेपालबाट भारत हुँदै गाईगोरु तस्करी गरेर बाङ्ग्लादेश पुर्‍याइने प्रहरीको आशङ्का

कार्तिक २२ २०७६   ekhabarnepal

बीबीसी न्यूज नेपाली पूर्वी नेपालको झापा हुँदै गाईगोरु तस्करी गरेर भारत तथा नजिकको तेस्रो मुलुक बाङ्लादेशसम्म पुर्‍याइने गरिएको नेपाल प्रहरीका अधिकारीहरूले बताएका छन्। नवलपरासीबाट झापा हुँदै भारततिर लाँदै गरिएका ४९ वटा गोरु गत मङ्गलवार प्रहरीले झापाको सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ। पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुल...

ज्योति ग्रुपका रुपज्योति पक्राउ परे

कार्तिक २१ २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २१ प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ। रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो। उन...

प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता

कार्तिक २१ २०७६   ekhabarnepal

काठमाडौं, कातिक २१ गते । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की, दाङ, भक्तपुर र बाग्लुङमा मनोनयन दर्ता भएको छ । बिहीबार प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो । निर्वाचन आयोगले बिहीबारलाई रिक्त रहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि मनोनयन दर्ताको मिती तोकेको थियो । स्थानीय तहको निर्वाचनको लागि २७ गते मनोनयनको...

चोभारबाट पेस्तोल सहित तीन जना पक्राउ

कार्तिक २१ २०७६   ekhabarnepal

काठमाडांै, कात्तिक २१ गते । प्रहरीले कीर्तिपुरको चोभारबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा काठमाडौंका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रेहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाले बताउनुभयो । उनीहरूको साथबाट अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोली समेत बरामद भएको छ । साथै निजहरूले प्रयोग...

उपनिर्वाचनका लागि मनोनय दर्ता आज

कार्तिक २१ २०७६   ekhabarnepal

काठमाडौं, कार्तिक २१ प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र द...

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

कार्तिक २१ २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक २१ गते । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिम...

अखिल सडकमा सडकमा, ‘गो ब्याक इण्डिया’को नारा लाग्यो

कार्तिक २० २०७६   ekhabarnepal

काठमाडौं,कात्तिक २० नेपाली भूमिलाई मिचेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा सत्तारुढ नेकपाको भातृ संगठन अखिल सडकमा उत्रेको छ । नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभागमा पारेर भारतले नक्सा सार्वजनिक गरेको विरोधमा अखिलले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट शुरू भएको ...

‘कालापानी नेपालको भूभाग हो भन्नेमा सरकार स्पष्ट ’

कार्तिक २० २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक २० गते । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनिएको छ “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।” हालै भारत सरकारले नयाँ नक्साजारी गर्दा नेपा...

१४ वर्षीय बालक अपहरणमुक्त

कार्तिक २० २०७६   ekhabarnepal

काठमाडौं, कार्तिक २० पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई मुक्त गरेको छ। वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो। अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको ...

यस्ता छन् प्रदेश नम्बर ५ कोे मन्त्रिपरिषद् बैठकका निर्णय

कार्तिक १९ २०७६   ekhabarnepal

बुटवल,कात्तिक १९ । प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले गरेको निर्णय मंगलबार बुटवलमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो । बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालय स्थापना गर्नेदेखि प्रदेश सूचना तथा सञ्चार प्राविधि प्रतिष्ठानको कार्यकारी नियुक्त गर्नेसम...

प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ

कार्तिक १९ २०७६   ekhabarnepal

काठमाडौं, कात्तिक १९ राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा उहाले शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्...

सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

कार्तिक १९ २०७६   ekhabarnepal

रासस काठमाडौँ, कात्तिक १९ गते । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले ...

आलम विरुद्ध जन्मकैदको मुद्दा दर्ता,८०० पृष्ठको मिसिल

कार्तिक १८ २०७६   ekhabarnepal

रौतहट, कात्तिक १८ गते । २०६४ साल फागुन २७ गते चुनाव प्रसारको क्रममा रौतहटमा भएको बम विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै इटा भट्टामा जलाएको अभियोगमा आफताब आलम लगायत ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय रौतहटले उहाँहरू विरुद्ध जन्म कैद समेतका माग गरी तीनवाट छुट्टाछुटै मुद्दा दर्ता गराएको हो । कर्तव्य ज्यान मुद्दा, ज्यान...

विषालु ग्यासको च्याम्बर दिल्ली,राज्य सरकारले घोषणा गर्यो आपतकालीन अवस्था

कार्तिक १८ २०७६   ekhabarnepal

दिल्ली, कात्तिक १८ भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो। केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै आपतकालीन अवस्था घोषणा गर्दै स्कुल विदा दिने निर्णय गरेको हो। करिब चार हजार स्...

सुरुङ भित्र फसेका चार जना कामदार मध्ये तीन मृत फेला

कार्तिक १८ २०७६   ekhabarnepal

बझाङ, कात्तिक १८ गते । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने सुरुङ भित्र फसेका छन् चार जना कामदार मध्ये तीन जना मृत फेला परेका छन् । आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरू सुरुङ भित्र हराए पछि खाेजीका लागि काठमाडाैबाट हेलिकाेप्टर टाेली खाेजीका लागि पुगेका थियाे । तिहार लगायतका चाडका बेला काम ...

डडेल्धुराबाट डा. केसीको १७औं अनशन, यस्ता छन् सत्याग्रहका मागहरू

कार्तिक १८ २०७६   ekhabarnepal

काठमाडौं,कार्तिक १८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले १७औं अनशन शुरु गरेका छन्। डडेल्धुरा सदरमुकाम तुफानडाँडामा उनले सत्याग्रह शुरू गरेका हुन्। चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्। गत १६ असोजमा डा. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए। य...

निवर्तमान सभामुख महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

कार्तिक १८ २०७६   ekhabarnepal

काठमाडौं, कात्तिक १८ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको अभियोगमा प्रतिनिधिसभाका तात्कालिन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आज भएको थुनछेक बहसप...

राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रमुख नियुक्त

कार्तिक १८ २०७६   ekhabarnepal

काठमाडौं,कार्तिक १८ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशमा प्रमुख नियुक्त गरेकी छन्। आज दिउँसो मन्त्रिपरिषद्ले रिक्त रहेका प्रदेश प्रमुखमा नियुक्तिका लागि गरेको सिफारिस अुनसार चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार(प्रदेश २), सिराहाका धर्मनाथ यादव(प्रदेश...

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारको योग्यताका लागि मापदण्ड

कार्तिक १८ २०७६   ekhabarnepal

काठमाडौँ, कात्तिक १८ गते । आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन र स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ तयारी गरी उपनिर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यतामा पनि कड...
To Top